काठमाडौं- २०७३ को पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य सम्मान अर्पण गरिएको छ।
राजधानीको कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा बिहीबार आयोजित कार्यक्रममा साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा र रोचक घिमिरेलाई साधना सम्मान र 'सगरमाथाको गहिराइ' कविताकृतिका लागि नवराज पराजुलीलाई साहित्य सम्मान वितरण गरियो।
खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले दुवै सम्मानको घोषणा गत भदौ १५ गते गरेको थियो । प्रतिष्ठानले सम्मान हरेक वर्ष बडादशैंको कोजाग्रत पूर्णिमाको अवसरमा दिने गर्छ।
कार्यक्रममा सम्मानित सर्जकहरुलाई अभिनन्दनसहित प्रमाणपत्र दिइएको थियो । पद्मश्री साहित्य सम्मानको राशि दुई लाख रुपैयाँ छ भने संयुक्त रुपमा दिइएको साधना सम्मानको राशि संयुक्त रुपमा दुई लाख रुपैयाँ रहेको छ।
कार्यक्रममा कवि पराजुलीले कविता वाचन समेत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।