• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १०, २०८२ Sat, Jan 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

अब कविताको भाषा बदल्नुपर्छ

64x64
धनु विश्वकर्मा शनिबार, फागुन २१, २०७८  १८:१६
1140x725

नामजस्तै शान्त कविता। सरल, तर संवेगको भुईं हलचल गराउने शब्द। शब्द प्रयोगको मिठास उस्तै राम्रो। शान्ति प्रियवन्दना नाम हुनुको अर्थ कविताहरूमा प्रशस्त भेटिन्छ।

सरिता तिवारीले भनेजस्तै उनका कविता कुनै ‘मिसन’का लागि होइनन्। कुनै अकथ्य सत्य भन्नका लागि पनि होइनन्। कविताहरू पढुन्जेल मैले पनि यस्तै अनुभूति गरेँ।

‘उनी प्रायः स्वःस्फुर्त लेख्छिन्, सरर जीउलाई छोएर बहने हावा जस्ता नरम कविता।’

सरिता तिवारीको यो भनाइले नै शान्ति प्रियवन्दनाका कविताका अंश मौन विद्रोहमा छन् भन्ने अनुमान लगाउन सकिन्छ। हेटौँडाकी कवि प्रियवन्दनाको पुस्तक ‘जिल खाइरहेको एक्काइसौँ शताब्दी’ कवितामा एउटा हस्तक्षेपकारी कृति हो। यस्तो लेख्दा उनलाई फुर्काएको वा माथि उचालेको ठहर्दैन। कविता, निबन्ध र अखबारी लेखनमा उनेको छुट्टै पहिचान छ। उनको मिहिनेत र शब्दलाई केलाएर प्रयोग गर्न सक्ने क्षमताकै कारण त्यो पहिचान बनेको हो। उनको अर्को सबल पक्ष भनेको सिर्जनामा महिलाका मुद्दा मिहिन रूपमा ल्याउन सक्ने क्षमत  हो।

उनका कविताबारे लेख्नु नै छ। त्यसअघि थोरै आफ्नै अनुभूति।

कवितासँग आजभोलि मेरो नाता गाँसिएको छ। योभन्दा पहिला कवि केशव सिलवालको ‘चिबेचरा’ र कवि केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ पढेको थिएँ। कवि सिलवालको कविता ‘हेडमास्टारको चाबुक’ र कवि बिनाबीको ‘कन्यादान’ कविताले लामो समय चिमोटे। अनि आफैँलाई बारबार प्रश्न गरेको थिएँ। यी उन्मुक्त पुस्ताका प्रगतिशिल कविता अध्ययनपछि खहरेबाट एकाएक समुन्द्रमा झरेँ। खहरे निकै खतरनाक हुन्छन्। तर, समुन्द्र त समुन्द्र हो। शान्त, तर छालले हुत्याउने र पछार्ने। असीमित, अपार र भव्य। तर, समुन्द्र बन्न ती खहरे उर्लिनै पर्छ।

समुन्द्रजस्ता कविता लेख्ने कवि शान्ति प्रियवन्दनामा नै फर्किन चाहन्छु।

उनी एक्काइसौँ शताब्दीलाई हेरेर जिल खाइरहेकी छिन्। कवि मात्र यो विवशतामा छैनन्। उनीभन्दा तलको पुस्ता हामी पनि जिल खाइरहेका छौँ। समय बदलियो, तर शोषण, विभेद र अन्याय बदलिएन। बरु शोषण, विभेद र अन्यालका नयाँ शैली र प्रविधि आए। उनको कवितासंग्रहमा भएका ३५ वटा कविताले महिलाहरुको हिजो र आजको अवस्थालाई देखाएको छ। जीवन र जगतसँग जोडेर हेरेको छ।

Ncell 2
Ncell 2

कहिलेकाहीँ निकै अनौठा संयोग हुन्छन्। मेरो हातमा कवि प्रियवन्दनाको कृति छ र मनमा मेरो बस्तीका आमाहरू छन्। त्यति मात्र होइन अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोधमा बानेश्वरमा मसाल बोकिराखेकी शिलु, फूलमती पनि दिमागमा आएका छन्। साया किरण आएका छन्। अनि यी कवितामा म माइती घर मन्डलमा ४१ दिन धर्ना बसेकी महिला अधिकारकर्मी रुबी खान खोजिरहेको छु। बिहानको लाली किरण नझर्दै कलंकीको जाडो छलेर माइती घर आइपुगेपछि खुल्ने उनको मुस्कान सम्झिरहेको छु। 

उनका कवितामा मैले बस्तीमा पसिना झारिरहेका फूलमती भेटेँ, तर बानेश्वरमा मसाल बाल्ने फूलमती भेटिनँ। महिलाले बालेको मसाल भेटिनँ। त्यसैले उनका कविताले चुलोका कथा बोकेका छन्, घाँस–दाउराका व्यथा बोलेका छन्। विद्रोह त्यही चुलो र पाखाहरूबाट सुरु गरेकी छिन्। यी कवितामा साँझ–बिहानका नित्य कर्मका कथा भेटिन्छन्। तर, यो कथामा मसाल बोक्ने तयारी भेटिन्छ।
यो पक्षपाती घामविरुद्ध
अर्को एउटा नयाँ घाम
आविष्कार नगरी भाछैन
अव म यो कविता यहि टुङ्गग्याउँछु र,
मसाल बोक्नेहरुसँग मिसिन जान्छु
(पक्षपाती घामबाट)

यो लाईनले मलाई निकै तान्यो। हो अब बस्तीका महिला बजार आएका छन्। पृतिसत्तावादी समाजको संरचना भत्काउन मसाल बोक्नेहरुसँग मिसिन जानुछ। अब बस्तीका महिला पनि बालुवाटारलाई चुनौती दिदैँछन्।
आउँदो युद्धमा 
कति धारिलो भएर
प्रस्तुत हुनेछु म
मलाई आधा धर्ती होइन
सिङ्गै धर्ती चाहिन्छ
(आउँदो युद्धमाबाट)

‘आधा आधा’ भन्ने भाष्यले झन महिलालाई साँघुरो पारेको थियो। महिला श्रृष्टिका सर्जक भन्ने तर, आधाको अर्थमा व्याख्या गर्ने समाजविरुद्ध यहाँ खरो प्रश्न छ। महिला शिवशक्ति वा अर्धाङ्गिनी भनिने शिव पुराणका पार्वती होइनन्। शान्तिले भने झै आधा होइन सिङ्गो धर्तीका साझेदार हुन्।

यो समाज विरोधाभाषपूर्ण छ। महिलालाई एकातिर देवी भनेर पुज्छ भने अर्कोतिर दास ठान्छ। बोक्सीको आरोपमा अमानवीयता प्रदर्शन गर्छ। रजश्वलालाई पनि ‘पाप’ सम्झिन्छ। 

कविले महिला विद्रोहलाई देखाउन मिथकका पात्रहरूलाई प्रयोग गरेकी छिन्। तर, मिथकभन्दा यथार्थ पात्रलाई प्रयोग गर्दा अझ सशक्त हुनसक्थ्यो। योगमाया प्रयोग गर्दा निर्मला पन्तलाई अझ सशक्त बिम्ब बनाउन सकिन्छ। सीता, अहिल्या, द्रौपदी, तारा। मन्दोरी एक्काइसौँ शताब्दिमा जिउँदै छन्। कतै पीडामा छन्, कतै संघर्षमा। अब त कमला ह्यारिस, एन्जेला मर्केल, ग्रेट थन्ना पनि बिम्ब बन्न सक्छन्। 
म ठान्थे 
आमा उठेपछि मात्रै
धर्तीमा बिहान हुन्छ
पानी, घाँसदाउरा, मेलापात, भातभान्छा
आमाका हरेक अङ्गगहरु गतिमा हुन्थे
अनि न चल्थ्यो यो संसार 
(कुन माटोले बन्छन् आमाहरुबाट)

समाज उही हो। परिवेश र संस्कार एकै हो। यी आमाका कथा हाम्रै आमाका लागि बनेका शब्द हुन्। घरमा आमाले बिहानको झिसमिसेमा दैलो नखोलेसम्म दिन सुरु हुँदैन। बिहानको चिसो सिरेटोमा भाउजूले पँधेराबाट ग्रागीभरि पानी नल्याएसम्म घर भरिदैँन। हाम्रो गाउँ त्यसरी नै बाँचेको छ। महिला ‘मसिन’ बनेका छन्। रिमोट बासँग छ। जो बटन थिचिराख्छन्, आमा रोबोटजस्तै बनिदिन्छिन्। 

उनका कविताले १० वर्षसम्म चलेको सशस्त्र युद्धलाई पनि छोएका छन्। 
जनयुद्धमा 
निस्किएको उनको एउटा होनहार छोरा
फर्किएन आजसम्म
खाडीबाट बाकसमा बन्द भएर
फर्कियो अर्को छोरो
छोरी मलेसिया जान
म्यानपावर कम्पनी धाईरहेकी छे
(केत्तुकेको नाम्लोबाट)

प्रिय कवि, यो कवितामा छोरोलाई ‘जनयुद्ध’मा र छोरीलाई मलेसियामा पठाइएको होला। के छोरीलाई बन्दुकसँग डराउने बिम्ब बनाइएको हो। छोरीले युद्धमा भाग लिएका छैनन्। यथवा, प्रसंगवश् यसरी आयो? 

उता अर्को कविता छ, पोस्टमार्टम रिर्पोट। यो कविताले पूरै कृतिलाई गहकिलो बनाएको छ। समाजको यथार्थ चित्रण गरेको छ। कविले भने जस्तै महिलाको शरीर पदार्थले मात्र होइन उत्पीडन, अपमान, अत्याचार, संस्कार, नियम, कानुन, दाइजो बोक्सी प्रथा..... ले भरेको छ। 
दश वर्षे ‘जनयुद्ध’ले महिला सशक्तीकरणका लागि उल्लेख्य भूिमका खेल्यो। महिला हक अधिकार सुनिश्चितका लागि आवाज उठाइरह्यो। यति हुँदा पनि महिला अझै हिंसा पीडित छन्। सामाजिक बन्धनहरूबाट मुक्त छैनन्। 

कवि पनि त्यो ‘दयनीय’ अवस्थाबाट माथि उठ्न नसकेकै देख्छु। इतिहासलाई निचोरेर एक्काइसौँ शताब्दीमा पाखेकी छिन्। प्रत्येक कवितामा पीडा र वेदना छ। तर, कवि स्वयंको कलमले उस्तो विद्रोह बोलेको छैन, जस्तो पीडा र यातनालाई बिम्ब बनाइएको छ। 
अबको समय भनेको राजनितिक चेतसहितको विद्रोही सिर्जनाको हो। प्रिय कवि! अब कविताको भाषा बदल्नुपर्छ। 

प्रकाशित मिति: शनिबार, फागुन २१, २०७८  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
मुम्बईमा गोली चलाएको आरोपमा अभिनेता केआरके पक्राउ शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
लेखक तथा विश्लेषक युग पाठक नेकपा प्रवेश शनिबार, माघ १०, २०८२
भारी हिमपातका कारण सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित शनिबार, माघ १०, २०८२
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
डा. बाबुराम भट्टराईद्वारा उम्मेदवारी फिर्ताको घोषणा शुक्रबार, माघ ९, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
कांग्रेसबाट टिकट नपाएपछि बागी उठेका कालिकोटका शाही र बैतडीका चन्दले लिए उम्मेदवारी फिर्ता शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्