काठमाडौँ– देशभरका प्रमुख सहरहरूको मौसम आज शनिबार प्रायः बदली रहने देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज दिउँसो प्रायजसो सहरमा ‘मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। देशका अधिकांश भागमा दिनभर बादल लाग्ने र वर्षा हुने देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था छ।
दिउँसोको समयमा तराईका केही जिल्लाहरूमा भने गर्मीको महसुस हुनेछ। धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम सबैभन्दा बढी ३५ देखि ३७ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ भने दिपायलमा ३३ देखि ३५ डिग्री सेल्सियस रहनेछ। गर्मी भए तापनि यी क्षेत्रमा दिउँसो वर्षाको सम्भावना भने २० देखि ४० प्रतिशतको हाराहारीमा मात्र रहेको छ।
आज दिउँसो पानी पर्ने उच्च सम्भावना भएका स्थानहरूमा डडेल्धुरा, पोखरा र ताप्लेजुङ रहेका छन्। यी सहरहरूमा ६० प्रतिशत वर्षाको सम्भावना रहेको छ जहाँ मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ।
हेर्नुहोस मौसम पूर्वानुमान:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।