• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

महाभाराको यात्रा– वल्लो घाट न पल्लो तिर!

64x64
धनु विश्वकर्मा शनिबार, माघ २९, २०७८  १५:५३
1140x725

साहित्य बजारमा अहिले ‘हट केक’ बनेको छ पत्रकार बसन्त बस्नेतद्वारा लिखित उपन्यास महाभारा। सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म महाभाराको चर्चा भएपछि पढ्नका लागि म पनि आकर्षित भएको हुँ। मजस्ता पाठक कति होलान्!

कवि भूपी शेरचनले त भनेकै छन्, यो हल्लै हल्लाको देश हो। महाभाराले पनि साहित्य बजारमा उधुमै हल्ला चलायो। अनि म उही ‘ट्रक’ चढेर लागेँ महाभाराको यात्रामा।

मेरो यात्रामा कथाको पात्र डुक्पा तामाङले निकै पटक ‘ब्रेक’ लगाइदियो। किताबभरि डुक्पा नै डुक्पा छ। डुक्पाकै कथा भएपछि ऊ आउने नै भयो। पढुन्जेल ‘बोर’ लागेन, सरल भाषाले तानिरह्यो।

महाभाराको कथा माओवादी सशस्त्र युद्धको समय वरिपरि घुमेको छ। तर, सशस्त्र युद्धलाई आत्मसात् गर्न सकेको छैन, मात्र द्रष्टा भएको छ। मूल पात्रलाई नै लेखकले विचलनतिर धकेलेका छन्।

डुक्पा सानै हुँदा उनका आमाको मृत्यु हुन्छ। उनलाई बुबा बाबुछिरीले हुर्काउँछन्। तर, पढाइमा रुचि हुँदैन। प्रमुख पात्रको पढाइ कमजोर देखाउँदा ऊ तामाङ समुदायकै हुनु के संयोग मात्र होला त? कि लेखकले परम्परागत सोचलाई ‘न्यारेसन’ बनाए? प्रश्न दिमागमा उठेकै हो।

‘स्यालको मन फोक्सोमाथि’ भनेझैँ डुक्पाको मन ड्राइभर हुनेमै छ। डुक्पाहरू ड्राइभर नै हुन्छन् र ती जाँडरक्सी अनिवार्य खान्छन् भन्ने अर्को न्यारेसन लेखकले खडा गर्न खोजेका छन्। यसको बचाउका लागि ‘कथाले मागेको’ जवाफ त दिन सकिएला, तर यहाँ उपन्यासमा बुनिएको समाजमाथि प्रश्न गर्न सकिने ठाउँ प्रशस्त छन्। 

सुदूरपूर्वको गाउँमा जन्मिएको डुक्पासँग जिन्दगीको ठूलो सपना छैन। बस् ड्राइभर हुने सपना छ। सामान्य जीवन बिताउने सपना छ। ऊ पहाडबाट मधेस झर्छ, अनि गाडी चलाउन सिक्छ। डुक्पा वास्तवमै आफ्नो माटोमा रमाउने पात्र हो। आफ्नो सपनामा रमाउने पात्र हो।

बाल्यकालको सारथी सुक्मती लिम्बुमार्फत डुक्पाले प्रेमको सपना देखेको छ। उनी अचानक गाउँको मेलामा भेटिन्छिन्। मेलातिर भेट हुनु, नाताकुटुम्बबीच मायाप्रेम हुनु, जिस्किँदाजिस्किँदै तानेर विवाह हुनु पूर्वका जनजातिको संस्कृति हो। उपन्यासभरि यो संस्कृतिसँग मजाले भिज्न पाइन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

डुक्पा श्रमिक हो। श्रमप्रति ऊ इमान्दार छ। प्रेममा पनि इमान्दार छ र राजनीतिमा पनि। महाभाराको कथा प्रेम, राजनिति र धर्मको त्रिकोणात्मक द्धन्द्धमा बुनिएको छ। तर, यी तीन विषय सतही रूपमा मात्र आएका छन्। 

उपन्यास पढिरहँदा मनमा धेरै प्रश्न उठे। पहिलो त, औपचारिकताका लागि मात्रै डुक्पाको प्रेमिकाको रूपमा सुक्मतीलाई उभ्याइएको छ। ३८८ पृष्ठको मोटो पुस्तकमा सुक्मतीलाई डुक्पाको प्रेमिकामा मात्र सीमित गर्दा उही परम्परागत नेपाली फिल्मका अभिनेत्रीको सम्झना गराउँछ। बढीमा उनी भट्टी पसलकी साउनी भएकी छिन्। यो त वास्तवमै पितृसतात्मक सोच हो।

उपन्यासको पात्र छनौटमा पनि प्रश्न उठाउन सकिने ठाउँ छन्। पात्र कुनै जात, वर्ग वा समुदायबाटै लिइन्छ। तर, ती पात्रको भाषा र संस्कृतिको जडसम्म पुग्न सक्नुपर्छ। त्यो समुदायको पहिचानलाई ध्यान दिनै पर्छ। लबजलाई मात्र टिपेर पहिचान खुल्दैन। माओवादी युद्धको सेरोफेरोमा कथा बुन्ने बित्तिकै जनजाति, दलित, महिला, आदिवासी र विपन्न वर्गलाई जोडेर मात्र पहिचान कायम हुँदैन। यो त पुरातन शैली भइसक्यो।

जनजातिबाट पात्र उभ्याएपछि जाँड र रक्सी जोड्नुपर्छ, केही भद्दा शब्दहरू उल्लेख गर्नुपर्छ भन्ने जस्ता सूत्रहरूलाई पनि उपन्यासमा मजाले प्रयोग गरिएको छ। रक्सी र ‘रफ’ शब्दले मात्र पहिचानलाई स्पष्ट पार्ने हो र?

लेखक उपल्लो समुदायको भएपछि त्यसको छायाँ आख्यानका पात्रमा पनि परेको छ। जस्तो, उत्पीडित समुदाय भन्ने बित्तिकै मुर्ख हुन्छन् र युद्धका कथामा बन्दुक बोकाउन सजिलो हुन्छ भन्ने मनोदशा कहीँ न कहीँ झल्किन्छ। पढाइप्रति ध्यान नदिने न्यारेसन पनि यहीँबाट उठ्छ। तर, उत्पीडित वर्गले किन पढाइप्रति ध्यान नदिएको र किन कथित उच्च वर्ग र जातिले जस्तो पढ्न नसकेको भन्ने सामाजिक यथार्थमा पस्न लेखक चाहँदै चाहँदैनन्। 

यदि डुक्पाको ठाउँमा नामले रामप्रसाद र थरले पौडेल, भण्डारी भएको भए कथामा केही फरकपन हुन्थ्यो? आमाको मृत्यु होस् वा बुवा, के ऊ ‘वनारस’ पढ्न नगएर युद्धमा होमिएको लेखिन्थ्यो? शिक्षालाई आर्जनको अवसरको रूपमा कुन समुदायले बुझ्छ? अनि त्यो समुदाय त जन्मिदैमा ‘ज्ञानी’ हुन्छ। कहाँ युद्धमा होमिन्छ र?

उपन्यासमा डुक्पा युद्धरत् पार्टी माओवादीमा लागेको प्रष्ट उल्लेख छैन। न त राजनीतिक चेत नै स्पष्ट पारिएको छ। ऊ त मात्र ‘सवारी चालक’ हो।

डुक्पा राजनितिक दलको जनवर्गीय संगठनको सदस्य बन्दैमा कथा राजनीतिको वरिपरि हुँदैन। यस्ता हल्का विषयले देशका लागि वास्तवमै ज्यानको आहुति दिन युद्धमा होमिएका, यातना भोगेका, घाइते भएका र मृत्युवरण गरेकाको अपमान मात्र गर्छ। सशस्त्र युद्धको बाछिटा हरेक नागरिकमा पर्नु स्वाभाविक हो। डुक्पालाई युद्धको बाछिटाले मात्र छोएको हो। ऊ आफैँ उत्पीडित समुदायको भएको हुँदा माओवादी युद्धलाई पछ्याइरहनु अन्यथा होइन। 

गाउँको डुक्पा शहरमा आएर डेनी बन्छ। माओवादी युद्धमा जोडिएर ‘कमरेड थेवा’ हुन्छ।  एकै व्यक्ति तीन वटा चरित्रमा बाँडिएको छ। तर, देशमा भएको ठूलो राजनीतिक परिवर्तनमा उपन्यासको मूल पात्रको भूमिका कति थियो त भनेर प्रश्न गर्न सकिन्छ।

डुक्पा विद्यालय पढ्दै गर्दा आफू धामीझाँक्री भएको नक्कल (अभ्यास?) गथ्र्यो। पछि ऊ एकाएक भौतिकवादी भयो। माओवादी युद्धलाई सहयोग गर्‍यो। तर, पूर्णतया संलग्न भएन। विरोधाभास यहाँ पनि छ।

उपन्यासको विषय राजनीति पनि हो। अझ मूल विषय नै हो। त्यसो भए राजनीतिमा महिलाको प्रत्यक्ष भूमिका छैन र? सुक्मतीको प्रेमको कथा डुक्पा हुँदै तान्छोहाङ्गसम्म आउँछ। महिलालाई पुरुषसँग जोडेर मात्र पात्रको रूपमा उभ्याइएको छ। आफूमाथि परेको अन्याय,  अत्याचार र हिंसाबारे बोल्न पनि पुरुषकै सहारा चाहिने न्यारेसन खडा गरिएको छ। 

महिला स्वयम् उत्पीडित समुदायको ठूलो हिस्सा हो। महिलामा साहस, आँट र चेतना पुरुषको कारणले मात्र आएको होइन। महिलालाई स्वर्गको अप्सराका रूपमा हेर्न त सुविन भट्टराईका आख्यान पर्याप्त छन्, किन वसन्त बस्नेतले कलम चलाउनुपर्छ र?

धर्म समाजको निकै संवेदनशील विषय हो। धर्मले गर्ने विभेदबारे उपन्यासमा उल्लेख छ। यस्तो विभेद इस्लामिकका सिया र सुन्नीबीच वा इशाईको क्याथोलिक र प्रोटेस्टेरियनबीच पनि छ। किरातभित्र पनि छ। यी कुरा उपन्यासमा आएका छन्। तर, हिन्दू धर्मको जात व्यवस्थाका कारण हुने विभेदलाई कतै पनि उल्लेख गरिएको छैन। 

प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्