काठमाडौं– भ्लगर चेतन कार्की ब्राउनसुगरसहित पक्राउ पक्राउ परेका छन्। कार्कीलाई लागु औषध ब्राउनसुगर र गाँजासहित सिन्धुली प्रहरीले पक्राउ गरेको हो।
सिन्धुलीका एसपी गोविन्द थपलियाका अनुसार उनलाई खुर्कोटबाट पक्राउ गरिएको हो। लागू औषध मुद्दामा ७ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरिएको छ।
काठमाडौं सामाखुसीका ३७ वर्षीय कार्की बर्दिबास काठमाडौं आउँदै गर्दा खुर्कोटमा पक्राउ परेका हुन्। बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक चलाएर कार्की काठमाडौं आइरहेका थिए। सो क्रममा उनले चलाएको गाडी जाँच गर्दा लागू औषध भेटिएको हो।
उनको साथबाट ४ दशमलव १३० ग्राम ब्राउनसुगर र ६ दशमलव ९४० ग्राम गाँजा बरामद भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।