हत्या गरिएका ३ जना व्यवसायी
काठमाडौं– तीनजना व्यवसायी राजेन्द्रकुमार श्रेष्ठ, शम्भु चौधरी र मोहन लिम्बूको हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले २ जना नेपाली नागरिकलाई हत्या आरोपमा पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरुको विवरण भने खुलाएको छैन।
माघ १२ र १२ गते मोरङको गत माघ १२ र १३ गते मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा २ जना (सिरहा घर भइ काठमाडौं बस्दै आएका शम्भु चौधरी र धरान घर भइ भक्तपुर बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ)को शव फेला परेको थियो।
चौधरी र श्रेष्ठको हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा शव फेला परेपछि अनुसन्धानमा जुटेको प्रहरीले बिहीबार मात्रै ललितपुरको गोदाबरी नगरपालिकाअन्तर्गत धापाखेलमा मोहन लिम्बूको शव फेला पारेको थियो।
प्रहरीले हत्या घटनामा संलग्न भएको आरोपमा यसअघि नै ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो। पक्राउ परी सार्वजनिक हुनेमा सिरहाको सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौंको बल्खु बस्ने ३१ वर्षीय अनिल मण्डल, मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरका ६२ वर्षीय नासिर आलम र मोरङको जहदा गाउँपालिका–४ सिस्वनी घर भएका अमित साह भनिने दिनानाथ सोनार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।