• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
शनिबार सिनेमा

मानवीय संवेदना बोकेका तीन छोटा फिल्म : सत्यजित रायको ‘टु’देखि एल्भिरा लिण्डको ‘द लेटर रूम’सम्म

64x64
युवराज भट्टराई शनिबार, माघ २२, २०७८  ११:३८
1140x725

काठमाडौं– धेरै लघु चलचित्रहरुको चर्चा हुँदैन। फेस्टिभलमा छनोट भएमा मात्रै लघु चलचित्रहरुको चर्चा हुने गर्छ। अधिकांश लघु चलचित्रहरु बन्छन् र हराउँछन्। निर्देशक वा ती फिल्ममा अभिनय गरेका कलाकारहरुको निकटमा मात्रै यसको चर्चा हुन्छ। बाँकी दर्शकको माझमा भने गुमनामजस्तै हुन्छन्।

फिल्म इतिहासको सुरुवातमा सबै छोटा फिल्म नै हुन्थे। तत्कालीन अवस्थामा प्रविधिको अभाव र रिलमा खिचिने भएकाले प्रायः फिल्महरुलाई एक मिनेट वा त्यो भन्दा कम बनाइन्थ्यो। 

तर, १९१० पछि प्रविधिमा विकास हुन थाल्यो। फिल्मको अवधि बढ्न थालेसँगै फिचर फिल्म र कम समयावधिका लघु चलचित्रहरु बन्न थाले। अहिलेको अवस्थासम्म आइपुग्दा लघु चलचित्र आफैंमा फिल्मको एउटा आयामको रुपमा विकास भइसकेको छ।

तर, यहाँसम्म आइपुग्दा व्यावसायिक रुपमा लघु चलचित्रहरुको विकास भने भएको देखिदैन। लघु चलचित्रहरु महोत्सवमा केन्द्रित छन्। वा, निर्देशकले आफ्नो ‘पोर्टफोलियो’का लागि निर्माण बढी मात्रामा भइरहेको छ। आम्दानीको हिसाबमा शून्यप्रायः बन्ने लघु चलचित्रप्रति अहिले आएर निर्देशक/निर्माताको रुचि पनि पहिलेजस्तो देखिँदैन।

शनिबार सिनेमाको यो अंक यीनै लघु चलचित्रको विषयमा छ। फरक भूगोलका तीन लघु चलचित्रहरुको समीक्षात्मक चर्चा यहाँ गरिनेछ। जसमा भारतीय निर्देशक तथा विश्वभर फिल्म क्षेत्रका आदरणीय सत्यजित रायदेखि अमेरिकी निर्देशक एल्भिरा लिण्डसम्मको सिनेमाको चर्चा छ।

टु : भियतनाम युद्धमाथि सत्यजित रायको कलात्मक विद्रोह
‘टु’को निर्माण सन् १९६४ मा भएको थियो। ‘इस्सो वर्ल्ड थिएटर’ले निर्देशक सत्यजित रायलाई लघु फिल्म निर्माणको लागि अनुरोध गरेको थियो। रायले यसअघि केही फिचर फिल्मसँगै सिक्किममाथि एउटा ऐतिहासिक डकुमेन्ट्री पनि निर्माण गरिसकेका थिए। 

‘टु’ दुई बालकहरुको कथा हो। फिल्ममा उनीहरु आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका हुन्छन्। १५ मिनेट लामो यो फिल्ममा प्रस्तुत दुई बालकहरु तत्कालीन अमेरिका र भियतनामका बिम्ब हुन्। उनीहरुले गरेको संघर्ष तत्कालीन राजनीतिको पृष्ठभूमिमा भइरहेको भियतनाम र अमेरिकी युद्धको प्रस्तुति हो। फिल्ममा अन्तर्राष्ट्रिय राजनीतिक पृष्ठभूमिमाथिको टिप्पणीमात्रै नभएर भारतीय समाजमा भएको जातीय तथा आर्थिक असमानतालाई पनि प्रस्तुत गरिएको छ। 

‘टु’को सुरुवात एउटा सम्पन्न परिवारबाट हुन्छ। आफ्ना अभिभावक घरबाहिर गएसँगै कथाको पात्र बालक आफ्ना महंगा खेलौनाहरुसँग खेल्न थाल्छ। तर, उसको ध्यान बिथोल्छ, कतैबाट आइरहेको बाँसुरीको धुनले। धनी र सम्पन्न परिवारको बालक त्यो धुन पछाडीको अनुहारको खोजी गर्छ। उसँग विज्ञान र पैसाले आर्जन गरेका खेलौनाहरु हुन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, ठीक विपरीत बाँसुरीको धुन भने प्रकृति नजिक र असम्पन्न वर्गको पात्रले बजाइरहेको हुन्छ। एउटै उमेरका उनीहरुको अवस्था फरक हुन्छ। जुन उनीहरुको खेलौना र उनीहरु भएको अवस्थाले देखाउँछ। 

धनी र सम्पन्न बालक अग्लो बंगलामा हुन्छ। तर, बाँसुरी बजाइरहेको बालक भने भूइँमा हुन्छ। झुपडी उसको घर हुन्छ। धनी बालक उसको बाँसुरीको धुनको विपक्षमा आधुनिक बाजा बजाउँछ। 

दुई बालक आफ्ना आफ्ना खेलौनामार्फत एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। गरिब बालक चंगा उडाउँछ। तर, धनी बालक आफ्नो महंगो ‘एयर गन’ले गोली हानेर उसको चंगालाई भूइँमा झारिदिन्छ। 

Xtrem

Xtrem

आफ्ना असंख्य प्रयासमा पनि असफल बन्छ गरिब बालक। सम्पन्न बालकसँग भएका आधुनिक खेलौनासँग ऊ प्रतिस्पर्धा गर्न सक्दैन। सम्पन्न बालकको विजय हुन्छ। 

गरिब बालक आफ्नो असफलतामा निराश हुन्छ। तर, निराशाले जीवन चल्दैन। जीवनको गति रोक्न मिल्दैन। ऊ फेरि आफ्नो सुरुवातकै अवस्थामा फर्किएर हातमा बाँसुरी लिएर आफूभित्रै रमाउन थाल्छ। आफ्नो पुरानै अवस्थामा फर्किएर ऊ प्रकृतिको निकट भइ रमाइरहेको हुछ। 

तर, यसको विपरीत सम्पन्न बालक भने विजयको उत्सव मनाउन सक्दैन। ऊ आत्मग्लानीमा पिरोलिन्छ। उसँग महंगा खेलौना र सम्पन्नता छ। तर, सन्तुष्टि छैन। उसका वरिपरि भएका महंगा खेलौनाले ककर्स आवाज निकालिरहेका हुन्छन्। सम्पन्नता हुँदाहुँदै पनि ऊ आत्मग्लानीमा पिरोलिएर बस्छ। यतिबेला भने आफ्नो पुरानै अवस्थामा फर्किएर बाँसुरी बजाइरहेको बालकको धुनले उसका आधुनिक खेलौनाहरुको ककर्स आवाजलाई जितिरहेको हुन्छ। 

‘टु’ भियतनाम युद्धमाथि सत्यजित रायको कलात्मक र मौन विद्रोह हो। मौन यसकारण कि फिल्मभर कतै पनि पात्रको बोली छैन। केवल दृश्य र धुनले बोलिरहेका हुन्छन्। रायलाई अति प्रभावित गरेको भियतनाम युद्धमाथि उनले बनाएका ‘प्रतिद्वन्द्वी’ नाटक (जुन १९७० मा पहिलो पटक मञ्चन भएको थियो) र ‘गुपी गाइन बाघा बाइन’ (सन् १९६९ मा सार्वजनिक) पनि ‘टु’मार्फत उनले भनेकै भाष्यको निरतरता थिए। 

शक्ति राष्ट्रको अहंका कारण युद्धबाट ग्रसित भएको भियतनामको कथा उनको सिनमाले भनेको छ। रायको सिद्धान्तअनुसार युद्ध जसले जितेपनि युद्ध हार्ने क्षतविक्षत भएको हुन्छ। युद्धमा पराजित हुनेसँग आफ्नो पुरानै जीवनशैलीमा फर्किनु र पुरानै गतिलाई निरन्तरता दिनुको विकल्प नहुने कुरा फिल्ममा देखाइएको छ। तर, जित्नेहरुले पनि एक न एक दिन आत्मग्लानी भोग्नुपर्ने विचार रायले राखेका छन्। 

‘टु’ मुलतः भियतनाम युद्धमाथि रायले लिएको दृष्टिकोण भएपनि सँगसँगै उनले आधुनिकता र प्रकृतिबीचको अन्तरद्वन्द्व पनि प्रस्तुत गरेका छन्। सँगसँगै दृश्यमार्फत उनले आर्थिक असमानता पनि उजागर गरेका छन्। 

सन् २००५ मा अस्कर एकेडेमीले फिल्मलाई पुनः उत्पादन (रिइस्टोरेसन) नगर्दासम्म यसको खासै चर्चा थिएन्। रायको उत्कृष्टमध्येको एक भएपनि यो लघु चलचित्र गुमानाम थियो। तर, पुनः उत्पादनपछि भने यसमाथि विभिन्न फिल्मकर्मी र दर्शकले पनि आफ्ना विचार राखेका छन्। फिल्म दर्शकको नजरसम्म पुगेको छ। फिल्ममा दुई बालकको भूमिकामा रवि किरण र एक सडक बालकलाई अभिनय गराइएको छ। 

द लेटर रुम : संवाद र मानवीय संवेदना सम्बन्ध
३२ मिनेट लामो लघु फिल्म ‘द लेटर रुम’ले मानिसले बुझ्ने संवेदनाको गहिराइलाई नापेको छ। डेनिस निर्देशक एल्भिरा लिण्डको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा सार्वजनिक भएको थियो। फिल्ममा अभिनेता अस्कर आइज्याक (रिचार्डको रुपमा अभिनित) र आलिया शव्काट (रोसिटाको रुपमा अभिनित)को अभिनय छ।

‘द लेटर रुम’ले सरल, तर गहिरो कथा भन्छ। व्यक्ति व्यक्ति बीचमा हुने संवादसँगै यसले संवादमार्फत हुने संवेदनाको साटासाटलाई लिएर कथा भनेको छ।

रिचार्ड अमेरिकाको कुनै ठाउँमा जेलको गार्ड हुन्छन्। उनी जेलमा भएका कैदीहरुलाई गर्ने व्यवहारका कारण पनि सबैसँग प्रिय छन्। यति नै बेला उनले आफ्नो प्रमोसनका लागि दरखास्त दिएका हुन्छन्। त्यसपछि उनी जेलको ‘कम्युनिकेसन डिपार्टमेन्ट’को अधिकारीको रुपमा नियुक्त हुन्छन्। 

रिचार्ड कम्युनिकेसन शाखामा नियुक्त भएपछिको कथा फिल्मको मूल कथा हो। उक्त शाखामा उसको काम जेलभित्र आउने चिठ्ठी र जेलबाट बाहिर जाने चिठ्ठीहरुको निगरानी गर्नु हुन्छ। जसमा उसले कतै चिठ्ठीमार्फत कुनै निषेधित काम भएको छ कि भन्ने ध्यान दिनुपर्ने हुन्छ। 

यसबीच जेलमा दुई कैदी हुन्छन्, जो मृत्युदण्ड पाएर आफ्नो सजाय हुने (मारिने) दिनको पर्खाइमा हुन्छन्। एउटा, ज्याक्सन, जसले आफ्नो छोरीको चिठ्ठी दुई वर्षदेखि पाएको हुँदैन। रिचार्डसँग उसको व्यवहारका कारण निकट भएको ज्याक्सनले उसलाई चिठ्ठीबारे विवरण राख्ने प्रणालीमा फेरि एकपटक हेर्न अनुरोध गर्छ। उसको शंका अधिल्लो अधिकारीले उसका चिठ्ठीहरु नदिएको भन्ने हुन्छ। 

ठीक विपरीत, मृत्युदण्ड नै पाएको क्रिस भने निरन्तर चिठ्ठी पाइरहेको हुन्छ। रोसिटा नाम गरेकी महिलाले उसलाई चिठ्ठी पठाइरहेकी हुन्छिन्। प्रायः कामुक किमिसका कुराहरु लेखेर चिठ्ठी पठाउने रोसिटाले क्रिसलाई एकपटक उसको मृत्युदण्डको सजाय भएको दिन आफूले पनि आत्महत्या गर्ने कुरा खेलेर पठाउँछिन्। यो कुराले रिचर्डलाई विचलित बनाउँछ। 

दुई फरक फरक कैदीको अवस्था निगरानी गरिरहेको रिचार्डलाई भने मानवीय संवेदनाले छुन्छ। पहिलो, ज्याक्सनले अझै छोरीको चिठ्ठीको आशा गरिरहेको, दोस्रो, रोसिटाले क्रिसको मृत्युदण्डमा आफू पनि मर्ने कुरा गरेको। यी दुवै कुराले विचलित हुन्छ ऊ। रोसिटासँग भेट्न पुग्छ। जुन उसको कार्यक्षेत्रभन्दा बाहिरको काम हो। तर, यसलाई ऊ भने ‘एउटा नागरिकको कर्तव्य’को रुपमा परिभाषित गर्छ।

रोसिटाले केही समयअघि विवाह गरिसकेकी हुन्छिन्। क्रिस उसको प्रेमी हुन्छ, जसको मृत्यु भएको उनी चाहँदिनन्। वैवाहिक रुपमा अरु कसैको भइसकेपनि उनमा क्रिसप्रतिको प्रेम उस्तै हुन्छ। जसकारण उनी निरन्तर चिठ्ठी लेखिरहन्छिन्।

रिचार्डसँगको भेटमा रोसिटा आफू मृत्युदण्डको दिन अनुपस्थित हुने बताउँछिन्। किनकी उनको पेटमा करिब आठ महिनाको बच्चा हुर्किरहेको हुन्छ। 

रोसिटासँगको भेटपछि विचलित बनेको रिचार्ड आफैं ज्याक्सनका लागि छोरी बनेर चिठ्ठी लेख्ने सोच्छ। व्यक्तिलाई उसका आफ्नाहरुले गर्ने संवादको कति महत्त्व हुन्छ भन्ने उसले रोसिटासँगको भेट, कुराकानी र उनले क्रिसलाई लेख्ने सन्देशले बुझेको हुन्छ। जसको परिणाम, रिचार्ड ज्याक्सनलाई आएको पुरानो चिठ्ठी हेरेर उसकै छोरीको अक्षरको नक्कल गर्दै ज्याक्सनलाई चिठ्ठी लेखेर दिन्छ। 

यी सबै कुराको ज्ञात ज्याक्सनलाई हुन्छ। चिठ्ठी नक्कली भएको पनि बुझ्छ उसले। तर, रिचार्डले उसलाई र क्रिसलाई गरेको मानवीय व्यवहारले भने ऊ पग्लिन्छ। 

‘द लेटर रुम’ फिल्मले मानवीय संवेदनाका लागि संवाद कति आवश्यक छ भन्ने प्रस्तुत गर्छ। सँगै सबैभन्दा ठूलो कुरा, मानवता भएको भाष्य यसले स्थापित गर्छ। व्यक्ति अपराधी नै भएपनि उसमा एउटा नाजुक मन हुन्छ। र, त्यो मनले प्रेमको अपेक्षा गर्छ। जुन पाउँदा ऊ पग्लिन्छ भन्ने कुरा फिल्ममा प्रस्तुत छ। 

कथाकार : नयाँ सुरुवातको कथा
माथि उल्लेखित दुई लघु फिल्मले मानवीय संवेदनाका पक्ष र असमानताको विपक्षमा वकालत गरेका छन्। ‘कथाकार’ले भने नयाँ सुरुवातको कथा भन्छ। सन् २०१७ मा प्रदर्शनमा आएको यो लघु फिल्मलाई अभिमन्यु कको डियाले निर्देशन गरेका हुन् भने फिल्ममा मुख्य भूमिका अभिनेता पियुष मिश्र (प्रकाशको भूमिकामा अभिनित) रहेका छन्।

‘कथाकार’ एउटा पात्रको वरिपरि घुम्छ, जो आधुनिकताका कारण आफ्नो प्रिय र वर्षौंदेखि गर्दै आएको पेशाबाट हट्नुपर्छ। प्रकाश सिनेमा हेर्न एकदमै रुचाउने व्यक्ति हुन्छ। जसकारण उसको पेशा पनि सिनेमा हलमा सिनेमा देखाउने हुन्छ। सिनेमा हेर्नु र कथा सुन्नुमा उसको अत्यधिक रुचि छ। सँगै आफूले सुनेका कथा र हेरेका सिनेमाबाट प्रेरित भइ कथा सिर्जना गर्दै अरुलाई सुनाउनमा ऊ पोख्त छ।

तर, दुर्भाग्यवश ऊ आफ्नो पेशाबाट हट्नुपर्छ। आधुनिक मल्टिप्लेक्सले उसले काम गरिरहेको सिनेमा हललाई किन्छ। काममा युवा राख्ने भएकाले प्रकाशलाई कमबाट हटाइन्छ। जसकारण आफ्नो जागिर गुमाएको ऊ आफ्नो गाउँ फर्किन्छ।

गाउँ फर्किएको प्रकाशमा असन्तुष्टिहरु हुन्छन्। थुप्रै असन्तुष्टिहरुका बीच मुख्य असन्तुष्टि उसको प्रिय पेशा गुमाउनु हुन्छ। तर, गाउँ भने फेरिएको हुँदैन। गाउँमा अहिले पनि बच्चाहरु गुच्चा खेल्छन्। बृद्धहरु चौतारामा भेला भएर गफिन्छन्। 

प्रकाश आफूले सिनेमा हलमा काम गर्दाको अनुभव र आफूमा भएको कथा भन्ने क्षमतालाई यहाँ प्रस्तुत गर्छ। पहिलोपटक खाना नखाएको एक बच्चालाई कथा सुनाएर उभित्रको कथाकारको यात्रा सुरु हुन्छ। विस्तारै बच्चाहरु कथा सुन्न उसका वरिपरि झुमिन्छन्। र, एक दिन गाउँको चौतारामा गाउँभरकै मानिसहरु भेला हुन्छन्। 

घरको झ्यालबाट प्रकाश बाहिर हेर्दै बोल्छ– हाउसफूल। 

‘कथाकार’ फिल्मले परिस्थिति जस्तो सुकै भएपनि आशा गुमाउन नहुने कथालाई प्रस्तुत गरेको छ। १३ मिनेटको यो फिल्म, करोडौंको बजेटमा बन्ने हिन्दी सिनेमाभन्दा अब्बल छ। मिश्रको अभिनयको त के कुरा, सुन्दर हुन्छ नै। सँगै फिल्म सिनेमेटोग्राफी र कथा भन्ने शैली पनि निकै सुन्दर छ। 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्