• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
शनिबार सिनेमा

मानवीय संवेदना बोकेका तीन छोटा फिल्म : सत्यजित रायको ‘टु’देखि एल्भिरा लिण्डको ‘द लेटर रूम’सम्म

64x64
युवराज भट्टराई शनिबार, माघ २२, २०७८  ११:३८
1140x725

काठमाडौं– धेरै लघु चलचित्रहरुको चर्चा हुँदैन। फेस्टिभलमा छनोट भएमा मात्रै लघु चलचित्रहरुको चर्चा हुने गर्छ। अधिकांश लघु चलचित्रहरु बन्छन् र हराउँछन्। निर्देशक वा ती फिल्ममा अभिनय गरेका कलाकारहरुको निकटमा मात्रै यसको चर्चा हुन्छ। बाँकी दर्शकको माझमा भने गुमनामजस्तै हुन्छन्।

फिल्म इतिहासको सुरुवातमा सबै छोटा फिल्म नै हुन्थे। तत्कालीन अवस्थामा प्रविधिको अभाव र रिलमा खिचिने भएकाले प्रायः फिल्महरुलाई एक मिनेट वा त्यो भन्दा कम बनाइन्थ्यो। 

तर, १९१० पछि प्रविधिमा विकास हुन थाल्यो। फिल्मको अवधि बढ्न थालेसँगै फिचर फिल्म र कम समयावधिका लघु चलचित्रहरु बन्न थाले। अहिलेको अवस्थासम्म आइपुग्दा लघु चलचित्र आफैंमा फिल्मको एउटा आयामको रुपमा विकास भइसकेको छ।

तर, यहाँसम्म आइपुग्दा व्यावसायिक रुपमा लघु चलचित्रहरुको विकास भने भएको देखिदैन। लघु चलचित्रहरु महोत्सवमा केन्द्रित छन्। वा, निर्देशकले आफ्नो ‘पोर्टफोलियो’का लागि निर्माण बढी मात्रामा भइरहेको छ। आम्दानीको हिसाबमा शून्यप्रायः बन्ने लघु चलचित्रप्रति अहिले आएर निर्देशक/निर्माताको रुचि पनि पहिलेजस्तो देखिँदैन।

शनिबार सिनेमाको यो अंक यीनै लघु चलचित्रको विषयमा छ। फरक भूगोलका तीन लघु चलचित्रहरुको समीक्षात्मक चर्चा यहाँ गरिनेछ। जसमा भारतीय निर्देशक तथा विश्वभर फिल्म क्षेत्रका आदरणीय सत्यजित रायदेखि अमेरिकी निर्देशक एल्भिरा लिण्डसम्मको सिनेमाको चर्चा छ।

टु : भियतनाम युद्धमाथि सत्यजित रायको कलात्मक विद्रोह
‘टु’को निर्माण सन् १९६४ मा भएको थियो। ‘इस्सो वर्ल्ड थिएटर’ले निर्देशक सत्यजित रायलाई लघु फिल्म निर्माणको लागि अनुरोध गरेको थियो। रायले यसअघि केही फिचर फिल्मसँगै सिक्किममाथि एउटा ऐतिहासिक डकुमेन्ट्री पनि निर्माण गरिसकेका थिए। 

‘टु’ दुई बालकहरुको कथा हो। फिल्ममा उनीहरु आफ्नो अस्तित्वका लागि संघर्ष गरिरहेका हुन्छन्। १५ मिनेट लामो यो फिल्ममा प्रस्तुत दुई बालकहरु तत्कालीन अमेरिका र भियतनामका बिम्ब हुन्। उनीहरुले गरेको संघर्ष तत्कालीन राजनीतिको पृष्ठभूमिमा भइरहेको भियतनाम र अमेरिकी युद्धको प्रस्तुति हो। फिल्ममा अन्तर्राष्ट्रिय राजनीतिक पृष्ठभूमिमाथिको टिप्पणीमात्रै नभएर भारतीय समाजमा भएको जातीय तथा आर्थिक असमानतालाई पनि प्रस्तुत गरिएको छ। 

‘टु’को सुरुवात एउटा सम्पन्न परिवारबाट हुन्छ। आफ्ना अभिभावक घरबाहिर गएसँगै कथाको पात्र बालक आफ्ना महंगा खेलौनाहरुसँग खेल्न थाल्छ। तर, उसको ध्यान बिथोल्छ, कतैबाट आइरहेको बाँसुरीको धुनले। धनी र सम्पन्न परिवारको बालक त्यो धुन पछाडीको अनुहारको खोजी गर्छ। उसँग विज्ञान र पैसाले आर्जन गरेका खेलौनाहरु हुन्छन्। 

Ncell 2
Ncell 2

तर, ठीक विपरीत बाँसुरीको धुन भने प्रकृति नजिक र असम्पन्न वर्गको पात्रले बजाइरहेको हुन्छ। एउटै उमेरका उनीहरुको अवस्था फरक हुन्छ। जुन उनीहरुको खेलौना र उनीहरु भएको अवस्थाले देखाउँछ। 

धनी र सम्पन्न बालक अग्लो बंगलामा हुन्छ। तर, बाँसुरी बजाइरहेको बालक भने भूइँमा हुन्छ। झुपडी उसको घर हुन्छ। धनी बालक उसको बाँसुरीको धुनको विपक्षमा आधुनिक बाजा बजाउँछ। 

दुई बालक आफ्ना आफ्ना खेलौनामार्फत एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। गरिब बालक चंगा उडाउँछ। तर, धनी बालक आफ्नो महंगो ‘एयर गन’ले गोली हानेर उसको चंगालाई भूइँमा झारिदिन्छ। 

आफ्ना असंख्य प्रयासमा पनि असफल बन्छ गरिब बालक। सम्पन्न बालकसँग भएका आधुनिक खेलौनासँग ऊ प्रतिस्पर्धा गर्न सक्दैन। सम्पन्न बालकको विजय हुन्छ। 

गरिब बालक आफ्नो असफलतामा निराश हुन्छ। तर, निराशाले जीवन चल्दैन। जीवनको गति रोक्न मिल्दैन। ऊ फेरि आफ्नो सुरुवातकै अवस्थामा फर्किएर हातमा बाँसुरी लिएर आफूभित्रै रमाउन थाल्छ। आफ्नो पुरानै अवस्थामा फर्किएर ऊ प्रकृतिको निकट भइ रमाइरहेको हुछ। 

तर, यसको विपरीत सम्पन्न बालक भने विजयको उत्सव मनाउन सक्दैन। ऊ आत्मग्लानीमा पिरोलिन्छ। उसँग महंगा खेलौना र सम्पन्नता छ। तर, सन्तुष्टि छैन। उसका वरिपरि भएका महंगा खेलौनाले ककर्स आवाज निकालिरहेका हुन्छन्। सम्पन्नता हुँदाहुँदै पनि ऊ आत्मग्लानीमा पिरोलिएर बस्छ। यतिबेला भने आफ्नो पुरानै अवस्थामा फर्किएर बाँसुरी बजाइरहेको बालकको धुनले उसका आधुनिक खेलौनाहरुको ककर्स आवाजलाई जितिरहेको हुन्छ। 

‘टु’ भियतनाम युद्धमाथि सत्यजित रायको कलात्मक र मौन विद्रोह हो। मौन यसकारण कि फिल्मभर कतै पनि पात्रको बोली छैन। केवल दृश्य र धुनले बोलिरहेका हुन्छन्। रायलाई अति प्रभावित गरेको भियतनाम युद्धमाथि उनले बनाएका ‘प्रतिद्वन्द्वी’ नाटक (जुन १९७० मा पहिलो पटक मञ्चन भएको थियो) र ‘गुपी गाइन बाघा बाइन’ (सन् १९६९ मा सार्वजनिक) पनि ‘टु’मार्फत उनले भनेकै भाष्यको निरतरता थिए। 

शक्ति राष्ट्रको अहंका कारण युद्धबाट ग्रसित भएको भियतनामको कथा उनको सिनमाले भनेको छ। रायको सिद्धान्तअनुसार युद्ध जसले जितेपनि युद्ध हार्ने क्षतविक्षत भएको हुन्छ। युद्धमा पराजित हुनेसँग आफ्नो पुरानै जीवनशैलीमा फर्किनु र पुरानै गतिलाई निरन्तरता दिनुको विकल्प नहुने कुरा फिल्ममा देखाइएको छ। तर, जित्नेहरुले पनि एक न एक दिन आत्मग्लानी भोग्नुपर्ने विचार रायले राखेका छन्। 

‘टु’ मुलतः भियतनाम युद्धमाथि रायले लिएको दृष्टिकोण भएपनि सँगसँगै उनले आधुनिकता र प्रकृतिबीचको अन्तरद्वन्द्व पनि प्रस्तुत गरेका छन्। सँगसँगै दृश्यमार्फत उनले आर्थिक असमानता पनि उजागर गरेका छन्। 

सन् २००५ मा अस्कर एकेडेमीले फिल्मलाई पुनः उत्पादन (रिइस्टोरेसन) नगर्दासम्म यसको खासै चर्चा थिएन्। रायको उत्कृष्टमध्येको एक भएपनि यो लघु चलचित्र गुमानाम थियो। तर, पुनः उत्पादनपछि भने यसमाथि विभिन्न फिल्मकर्मी र दर्शकले पनि आफ्ना विचार राखेका छन्। फिल्म दर्शकको नजरसम्म पुगेको छ। फिल्ममा दुई बालकको भूमिकामा रवि किरण र एक सडक बालकलाई अभिनय गराइएको छ। 

द लेटर रुम : संवाद र मानवीय संवेदना सम्बन्ध
३२ मिनेट लामो लघु फिल्म ‘द लेटर रुम’ले मानिसले बुझ्ने संवेदनाको गहिराइलाई नापेको छ। डेनिस निर्देशक एल्भिरा लिण्डको निर्देशनमा बनेको यो फिल्म सन् २०२० मा सार्वजनिक भएको थियो। फिल्ममा अभिनेता अस्कर आइज्याक (रिचार्डको रुपमा अभिनित) र आलिया शव्काट (रोसिटाको रुपमा अभिनित)को अभिनय छ।

‘द लेटर रुम’ले सरल, तर गहिरो कथा भन्छ। व्यक्ति व्यक्ति बीचमा हुने संवादसँगै यसले संवादमार्फत हुने संवेदनाको साटासाटलाई लिएर कथा भनेको छ।

रिचार्ड अमेरिकाको कुनै ठाउँमा जेलको गार्ड हुन्छन्। उनी जेलमा भएका कैदीहरुलाई गर्ने व्यवहारका कारण पनि सबैसँग प्रिय छन्। यति नै बेला उनले आफ्नो प्रमोसनका लागि दरखास्त दिएका हुन्छन्। त्यसपछि उनी जेलको ‘कम्युनिकेसन डिपार्टमेन्ट’को अधिकारीको रुपमा नियुक्त हुन्छन्। 

रिचार्ड कम्युनिकेसन शाखामा नियुक्त भएपछिको कथा फिल्मको मूल कथा हो। उक्त शाखामा उसको काम जेलभित्र आउने चिठ्ठी र जेलबाट बाहिर जाने चिठ्ठीहरुको निगरानी गर्नु हुन्छ। जसमा उसले कतै चिठ्ठीमार्फत कुनै निषेधित काम भएको छ कि भन्ने ध्यान दिनुपर्ने हुन्छ। 

यसबीच जेलमा दुई कैदी हुन्छन्, जो मृत्युदण्ड पाएर आफ्नो सजाय हुने (मारिने) दिनको पर्खाइमा हुन्छन्। एउटा, ज्याक्सन, जसले आफ्नो छोरीको चिठ्ठी दुई वर्षदेखि पाएको हुँदैन। रिचार्डसँग उसको व्यवहारका कारण निकट भएको ज्याक्सनले उसलाई चिठ्ठीबारे विवरण राख्ने प्रणालीमा फेरि एकपटक हेर्न अनुरोध गर्छ। उसको शंका अधिल्लो अधिकारीले उसका चिठ्ठीहरु नदिएको भन्ने हुन्छ। 

ठीक विपरीत, मृत्युदण्ड नै पाएको क्रिस भने निरन्तर चिठ्ठी पाइरहेको हुन्छ। रोसिटा नाम गरेकी महिलाले उसलाई चिठ्ठी पठाइरहेकी हुन्छिन्। प्रायः कामुक किमिसका कुराहरु लेखेर चिठ्ठी पठाउने रोसिटाले क्रिसलाई एकपटक उसको मृत्युदण्डको सजाय भएको दिन आफूले पनि आत्महत्या गर्ने कुरा खेलेर पठाउँछिन्। यो कुराले रिचर्डलाई विचलित बनाउँछ। 

दुई फरक फरक कैदीको अवस्था निगरानी गरिरहेको रिचार्डलाई भने मानवीय संवेदनाले छुन्छ। पहिलो, ज्याक्सनले अझै छोरीको चिठ्ठीको आशा गरिरहेको, दोस्रो, रोसिटाले क्रिसको मृत्युदण्डमा आफू पनि मर्ने कुरा गरेको। यी दुवै कुराले विचलित हुन्छ ऊ। रोसिटासँग भेट्न पुग्छ। जुन उसको कार्यक्षेत्रभन्दा बाहिरको काम हो। तर, यसलाई ऊ भने ‘एउटा नागरिकको कर्तव्य’को रुपमा परिभाषित गर्छ।

रोसिटाले केही समयअघि विवाह गरिसकेकी हुन्छिन्। क्रिस उसको प्रेमी हुन्छ, जसको मृत्यु भएको उनी चाहँदिनन्। वैवाहिक रुपमा अरु कसैको भइसकेपनि उनमा क्रिसप्रतिको प्रेम उस्तै हुन्छ। जसकारण उनी निरन्तर चिठ्ठी लेखिरहन्छिन्।

रिचार्डसँगको भेटमा रोसिटा आफू मृत्युदण्डको दिन अनुपस्थित हुने बताउँछिन्। किनकी उनको पेटमा करिब आठ महिनाको बच्चा हुर्किरहेको हुन्छ। 

रोसिटासँगको भेटपछि विचलित बनेको रिचार्ड आफैं ज्याक्सनका लागि छोरी बनेर चिठ्ठी लेख्ने सोच्छ। व्यक्तिलाई उसका आफ्नाहरुले गर्ने संवादको कति महत्त्व हुन्छ भन्ने उसले रोसिटासँगको भेट, कुराकानी र उनले क्रिसलाई लेख्ने सन्देशले बुझेको हुन्छ। जसको परिणाम, रिचार्ड ज्याक्सनलाई आएको पुरानो चिठ्ठी हेरेर उसकै छोरीको अक्षरको नक्कल गर्दै ज्याक्सनलाई चिठ्ठी लेखेर दिन्छ। 

यी सबै कुराको ज्ञात ज्याक्सनलाई हुन्छ। चिठ्ठी नक्कली भएको पनि बुझ्छ उसले। तर, रिचार्डले उसलाई र क्रिसलाई गरेको मानवीय व्यवहारले भने ऊ पग्लिन्छ। 

‘द लेटर रुम’ फिल्मले मानवीय संवेदनाका लागि संवाद कति आवश्यक छ भन्ने प्रस्तुत गर्छ। सँगै सबैभन्दा ठूलो कुरा, मानवता भएको भाष्य यसले स्थापित गर्छ। व्यक्ति अपराधी नै भएपनि उसमा एउटा नाजुक मन हुन्छ। र, त्यो मनले प्रेमको अपेक्षा गर्छ। जुन पाउँदा ऊ पग्लिन्छ भन्ने कुरा फिल्ममा प्रस्तुत छ। 

कथाकार : नयाँ सुरुवातको कथा
माथि उल्लेखित दुई लघु फिल्मले मानवीय संवेदनाका पक्ष र असमानताको विपक्षमा वकालत गरेका छन्। ‘कथाकार’ले भने नयाँ सुरुवातको कथा भन्छ। सन् २०१७ मा प्रदर्शनमा आएको यो लघु फिल्मलाई अभिमन्यु कको डियाले निर्देशन गरेका हुन् भने फिल्ममा मुख्य भूमिका अभिनेता पियुष मिश्र (प्रकाशको भूमिकामा अभिनित) रहेका छन्।

‘कथाकार’ एउटा पात्रको वरिपरि घुम्छ, जो आधुनिकताका कारण आफ्नो प्रिय र वर्षौंदेखि गर्दै आएको पेशाबाट हट्नुपर्छ। प्रकाश सिनेमा हेर्न एकदमै रुचाउने व्यक्ति हुन्छ। जसकारण उसको पेशा पनि सिनेमा हलमा सिनेमा देखाउने हुन्छ। सिनेमा हेर्नु र कथा सुन्नुमा उसको अत्यधिक रुचि छ। सँगै आफूले सुनेका कथा र हेरेका सिनेमाबाट प्रेरित भइ कथा सिर्जना गर्दै अरुलाई सुनाउनमा ऊ पोख्त छ।

तर, दुर्भाग्यवश ऊ आफ्नो पेशाबाट हट्नुपर्छ। आधुनिक मल्टिप्लेक्सले उसले काम गरिरहेको सिनेमा हललाई किन्छ। काममा युवा राख्ने भएकाले प्रकाशलाई कमबाट हटाइन्छ। जसकारण आफ्नो जागिर गुमाएको ऊ आफ्नो गाउँ फर्किन्छ।

गाउँ फर्किएको प्रकाशमा असन्तुष्टिहरु हुन्छन्। थुप्रै असन्तुष्टिहरुका बीच मुख्य असन्तुष्टि उसको प्रिय पेशा गुमाउनु हुन्छ। तर, गाउँ भने फेरिएको हुँदैन। गाउँमा अहिले पनि बच्चाहरु गुच्चा खेल्छन्। बृद्धहरु चौतारामा भेला भएर गफिन्छन्। 

प्रकाश आफूले सिनेमा हलमा काम गर्दाको अनुभव र आफूमा भएको कथा भन्ने क्षमतालाई यहाँ प्रस्तुत गर्छ। पहिलोपटक खाना नखाएको एक बच्चालाई कथा सुनाएर उभित्रको कथाकारको यात्रा सुरु हुन्छ। विस्तारै बच्चाहरु कथा सुन्न उसका वरिपरि झुमिन्छन्। र, एक दिन गाउँको चौतारामा गाउँभरकै मानिसहरु भेला हुन्छन्। 

घरको झ्यालबाट प्रकाश बाहिर हेर्दै बोल्छ– हाउसफूल। 

‘कथाकार’ फिल्मले परिस्थिति जस्तो सुकै भएपनि आशा गुमाउन नहुने कथालाई प्रस्तुत गरेको छ। १३ मिनेटको यो फिल्म, करोडौंको बजेटमा बन्ने हिन्दी सिनेमाभन्दा अब्बल छ। मिश्रको अभिनयको त के कुरा, सुन्दर हुन्छ नै। सँगै फिल्म सिनेमेटोग्राफी र कथा भन्ने शैली पनि निकै सुन्दर छ। 

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  ११:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
किताब जात्रामा कविताका साथमा गुन्जिए नायक नाजिर हुसेन उनले आफ्नो सानो हत्केलामा बाआमाका औंला समात्दै तातेताते गर्दै हिँडेको अनुभूति मात्र व्यक्त गरेनन्। आमाको न्यानो काख र कोखको चर्चा गर... बिहीबार, मंसिर २५, २०८२
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
ताजा समाचारसबै
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
कांग्रेसद्वारा बागी उम्मेदवारको कारबाही फुकुवा आइतबार, पुस १३, २०८२
एमाले सचिवालय बैठक, समानुपातिकको उम्मेदवार टुंगो लगाइने आइतबार, पुस १३, २०८२
चुनावमा उम्मेदवारी नदिने पम्फा भुसालको घोषणा आइतबार, पुस १३, २०८२
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
बालेन-रवि सहमतिबारे पोखरेलको टिप्पणी: ‘नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको तयारी हुँदैछ’ आइतबार, पुस १३, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्