• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नेपालमा साइकल–२

जुद्धशमशेरकी नातिनी थिइन् पहिलो महिला साइकल चालक

64x64
सुनिल उलक शनिबार, माघ २२, २०७८  १८:१७
1140x725
पहिलो महिला साइकल चालक किशोरी राणा (बायाँ) र ‘साइकलवाली’ देव कुमारी। तस्बिर : लेखकको संग्रहबाट

सन् १८१८ मा साइकलको पहिलो स्वरूप आए पनि पूर्णरूपको सुरक्षित साइकल बन्न करिब ७२ वर्ष लाग्यो। सुरक्षित नहुँदासम्म महिलाले साइकल चलाउन नै खोजेनन्। सन् १८९० को दशकमा बल्ल युरोप र अमेरिकाका महिलाले साइकल चलाउन थालेका थिए।

महिलाले पनि साइकलबाट पृथ्वीलाई पहिलो पटक चक्कर भने सन् १८९४ मा लगाएकी थिइन्। अमेरिका बसोबास गर्ने लाट्भियन मूलकी एनी लंडनडेरीले ख्यालठट्टामा नै बाजीको लोभमा साइकलबाट विश्व भ्रमण गरेकी थिइन्।

उनी सन् १८९४ जुन २७ (१९५१ असार १४ गते) बिहान ११ बजे अमेरिकास्थित बोस्टनको बेकन हिलबाट विश्वयात्राका लागि निस्किएकी थिइन्। सिकागोमा उनलाई स्टर्लिङ साइकल वर्क्सले नयाँ साइकल दिँदै यात्राको सम्पूर्ण खर्चको जिम्मेवारी लिएको थियो। उनले न्यूयोर्कबाट पेरिससम्म र योकोहामाबाट सानफ्रान्सिस्कोसम्म भने पानीजहाजमा यात्रा गरेकी थिइन्। अन्ततः उनले तय गरिएको मिति एक वर्षभन्दा १४ दिनअगाडि सिकागो पुगेर विश्वलाई एक फन्को मारिन्। त्यसवापत उनले १० हजार डलर पुरस्कार पाइन्।

यसरी लाट्भियन अमेरिकी महिलाले साइकलमा विश्व भ्रमण गरिसक्दा पनि भारत तथा नेपालमा साइकल नै आइपुगेको थिएन। सन् १९१० मा भारतमा साइकलको प्रवेशपछि नेपालमा पनि आगमन भयो। तर, यो केवल धनाढ्य र राणा शासकमा सीमित थियो। यस्तैमा प्रथम विश्वयुद्धले साइकलको प्रयोगमा व्यापकता ल्यायो। 

प्रथम विश्वयुद्धमा हजारौँ नेपालीको मृत्यु भयो, धेरै बेखबर भए। अंग्रेज सरकारले ती अज्ञात नेपालीको मृत्युवापत वार्षिक दश लाख रुपैयाँ नेपाललाई सहयोग गर्ने वाचा गर्‍यो। त्यही रकमले चन्द्रशमशेरले त्रिचन्द्र अस्पताल (सैनिक अस्पताल), रोपवे तथा रेलवे जस्ता विकासका काम गरे। युद्धको समाप्तिपछि फर्केका नेपाली सैनिकले करिब १५ करोड रुपैयाँ बराबरको कम्पनी भारु भित्र्याए। साधारण नेपालीले पनि आफ्ना आवश्यकताका सामग्री किन्न सक्ने हैसियत बनाए। यही समयमा साइकल राणा परिवार र उच्च सम्भ्रान्त परिवारबाट आम नेपालीसम्म पुग्यो।

विसं १९८१ तिर काठमाडौँ कमलाक्षीका व्यापारी अष्टनारायण मानन्धरले साइकल पसल खोले। नेपालमा पहिलो पटक साइकल चलाउने सर्वसाधारण महिला अष्टनारायणकी छोरी सरोजिनी मानन्धर थिइन्। खुला विचारधारा भएको परिवारमा सरोजिनीको जन्म १९९४ सालमा भयो। बाबु अष्टनारायणले उनलाई शान्ति निकुञ्ज स्कुलमा भर्ना गरिदिएका थिए।

विसं १९८१ तिर काठमाडौँ कमलाक्षीका व्यापारी अष्टनारायण मानन्धरले साइकल पसल खोले। नेपालमा पहिलो पटक साइकल चलाउने सर्वसाधारण महिला अष्टनारायणकी छोरी सरोजिनी मानन्धर थिइन्।

२००२ सालमा खुलेको छात्र तथा छात्रा एकसाथ पढ्ने यो नेपालकै पहिलो स्कुल थियो। यसको स्थापनाका लागि अष्टनारायणले पनि सहयोग गरेका थिए। यसरी पढाइमा परिवारको साथ पाएकी सरोजिनीले साइकल चलाउन पनि छुट पाइन्। देशमा प्रजातन्त्र प्राप्तिको समय उनले सडकमा साइकल गुडाउन थालिसकेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक कार्यमा लागेकी सरोजिनी कांग्रेस नेता गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंहद्वारा स्थापित नेपाल महिला संघको सक्रिय कार्यकर्ता पनि थिइन्। उनले २०१६ सालतिर डिल्लीबजारको कन्या स्कूल (हालको पद्म कन्या)मा पढाउन थालिन्। उनी साइकलमा नै कलेज जान्थिन्। 

तर, सरोजिनीभन्दा अगाडि पनि नेपाली महिलाले साइकल चलाएको पाइन्छ। महेन्द्रका पत्नीद्वय युवराज्ञी इन्द्र राज्यलक्ष्मी तथा बडामहारानी रत्नका बहिनी किशोरी राज्यलक्ष्मीले बागदरबारभित्र साइकल कुदाएको बताइन्छ। उनले १९९९ सालतिर नै साइकल दौडाउन थालिसकेकी थिइन्। त्यसैले उनी नै नेपालकी पहिलो महिला साइकल चालक हुन्। उनी जुद्धशम्शेरकी नातिनी तथा हरिशमशेरकी छोरी हुन्।

१९८७ सालमा जन्मिएकी किशोरी राज्यलक्ष्मीले केवल १२ वर्षको उमेरमा नै बागदरवारको कम्पाउण्डभित्र साइकल कुदाउन थालेकी थिइन्। २००७ सालमा मोहनविक्रम शाहसँग विवाह हुनु अगाडिसम्म उनी साइकल चलाएर काठमाडौँका विभिन्न ठाउँ पुग्थिन्। युवराज दीपेन्द्रकी प्रेमिका भनिएकी सुप्रिया शाह उनकै नातिनी हुन्।

यो पनि पढ्नुहोस्

नेपालमा साइकल प्रवेश : पहिलोको मूल्य १०० रुपैयाँ, प्रजातन्त्र आएपछि त्रिभुवनलाई पनि चढ्ने रहर

२०३० सालसम्म आइपुग्दा साइकल चलाउने महिलाको संख्या उल्लेख्य भइसकेको थियो। साइकल महिलाहरूको दैनिकी भने बन्न सकेको थिएन। विवाहपछि नयाँ घरमा सासू ससुराबाट साइकल चलाउन बन्देज लगाउने गर्थे। साइकलमा बजार जाँदा छरछिमेकीले कुरा काट्ने समस्या धेरै महिलाले भोगे।

तराईतिर भने २०३० कै दशकतिरबाट महिलाले साइकललाई दैनिक कामकाजको लागि पनि उपयोग गर्न थालिसकेका थिए। बजारमा दुध दही बिक्री गर्न तथा नजिकै वनमा घाँस दाउरा बटुल्न साइकलको उपयोग हुन थाल्यो। जसले गर्दा विवाहमा दाइजोको रुपमा साइकल दिने चलन सुरुवात भयो। पछि त विद्यालय जान, कार्यलय जान पनि साइकल नै प्रयोग हुन थाल्यो। पुरुष मात्र नभइ महिलाले पनि सजिलो दैनिकीका लागि यसैलाई प्रयोग गरे।

साइकल प्रयोग गरेरै सामाजिक अभियानमा लागकी देव कुमारी चर्चित बनिन्। उनी ‘साइकलवाली’ भनेर चिनिन्छिन्। लैङ्गिक हिंसाविरुद्ध सामाजिक चेतना फैलाउँदै उनी साइकलमा गाउँ गाउँ डुल्थिन्। यसरी साइकलका कारण आफ्नो पहिचान र प्रतिष्ठा बनाउने महिला तराईमा अरु पनि भेटिन्छन्। तर, पहाडी भूभागमा साइकल चलाउन कठिनाइ हुने हुँदा चलाउने महिला पनि ज्यादै कम भेटिन्छन्।

भारतमा साइकलको उपयोगबाट साहसी कार्य गर्ने एक किशोरी चर्चामा आएकी थिइन्। कोरोनाको कारण विश्वको अधिकांश भाग ठप्प हुँदा भारतमा पनि यातायात बन्द भएको थियो। दैनिक क्रियाकलाप प्रभावित भएका थिए। त्यस समयमा १३ वर्षकी ज्योति कुमारीले उपचार नपाएका आफ्ना बाबुलाई बोकेर साइकलमा १२ सय किलोमिटर लामो यात्रा गरेकी थिइन्। उनले बाबुलाई भारतको राजधानी दिल्ली नजिकै गुरुग्रामबाट आठ दिन लगाएर साइकलमा आफ्नो गाउँ दरभंगा पुर्‍याएकी थिइन्।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुनिल उलक
लेखकबाट थप
त्यो फागुन ७ र नेहरुको चालबाजी
किन पूरा हुन सकेन वीरशम्शेरको बेलायत यात्राको चाहना?
दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी सोमबार, भदौ २९, २०८३
पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन सोमबार, भदौ २९, २०८३
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्