• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
इतिहास किन पूरा हुन सकेन वीरशम्शेरको बेलायत यात्राको चाहना?
64x64
सुनिल उलक शनिबार, वैशाख १०, २०७९  ०७:०१
1140x725
वीरशम्शेर (बायाँ) र काठमाडौमा बेलायती रेसिडेन्ट हेनरी वाइली कलकत्ता गएको समय सहायक रेसिडेन्टले वीरशम्शेरको बेलायत भ्रमण मिलाइदिन कलकत्ताका भाइसरायलाई पठाएको पत्र। तस्बिरहरू: सुनिल उलकको संकलन

नेपालको प्रधानमन्त्री तथा श्री ३ को रुपमा सत्तामा रहेका ठूलोबुबा रणोद्वीप सिंह कुँवर तथा जङ्गबहादुरका सन्तानहरुको हत्या गरि धीरशम्शेरका छोराहरुले एकछत्र रुपमा राणा शासनको बागडोर सम्हाल्न पुगेका थिए। ४२ साल पर्वको नामले बदनाम यस षडयन्त्रमा जङ्गबहादुरका छोरा नातिहरु या त मारिए या लखेटिए। यसरी आफ्नै ठूलोबुबा तथा अन्य दाजुभाइको हत्या गरि श्री ३ बनेका वीरशम्शेरलाई भारतमा रहेको अंग्रेज सरकारले मान्यता दिन आनाकानी गरेपछि वीरशम्शेरले अंग्रेजका विभिन्न शर्तहरु मान्न तयार भएका थिए। भारतीय सेनामा रहेको गोर्खालीहरुको संख्या बढाउनसमेत मञ्जुरी दिएका थिए।

भारतमा रहेका अंग्रेज भाइसराय लर्ड डफरिनले रणोद्वीपको हत्या गरेर सत्तामा आउनेलाई मान्यता दिन खोजेनन्। यता रेसिडेन्टका रुपमा रहेका गर्ल्डस्टोन पनि नेपाललाई स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार गर्न नचाहने तथा भारतमा गाभ्ने षडयन्त्रमा लागेका थिए। उनले पनि सहयोग गरेनन्। तसर्थ यसको लागि अंग्रेज सरकारका प्रतिनिधीहरुले विभिन्न माग श्री ३ वीरसामु राख्न थाले। बेलायती सेनामा गोर्खालीहरुको भर्ति केन्द्र नेपालमा नै राख्ने चाहना प्रमुख थियो भने बेलायतीहरुलाई सहज प्रवेश तथा व्यापार गर्न छुट दिनसमेत मागेका थिए। वीरशम्शेरले आफ्नो सरकारको मान्यता प्राप्त गर्न अंग्रेजका केही चाहना पूरा गरिदिएका थिए।

यसरी सरकारको मान्यता पाएको वीरशम्शेरको सम्बन्ध लर्ड डफरिनसँग खासै राम्रो रहेन। तर, त्यसपछिका भाइसरायहरु लर्ड ल्यान्सडाउन तथा लर्ड एल्गिनको समयमा भने बिस्तारै सुधार हुन थालेको थियो। सन् १८९२ मार्चमा भारतमा रहेका बेलायती सेनाका सेना प्रमुख लर्ड रबर्ट्सको नेपाल भ्रमणले बेलायत सरकारको चाहना अझ बढी पूरा भयो। वीरशम्शेरको निमन्त्रणामा आइपुगेका लर्ड रबर्ट्स निकै कठिनताका साथ अप्ठ्यारो बाटो हुँदै घोडामा चढेर काठमाडौं पुगेका थिए। उनलाई धुमधामका साथ स्वागत गर्न लाखौ रुपैयाँका पटाकाहरु पड्काइएको थियो।

काठमाडौंमा उनको लागि १८ हजार सैनिकहरुबाट मार्चपास तथा सलामी दिइएको थियो। त्यसबेला नेपाली सेनाका प्रमुख देवशम्शेर थिए। नेपालमा भएको स्वागतबाट प्रभावित भएका लर्ड रबर्ट्सले नेपाली सेनामा बेलायती सैनिक अफिसरबाट तालिम दिने व्यवस्थासमेत मिलाइदिएका थिए। यसको एक वर्ष नबित्दै श्री ३ वीर शम्शेर १८९३ फेब्रुअरीमा कलकत्ता भ्रमणका लागि निस्किए। नयाँ भाइसराय लर्ड ल्यान्सडाउनको पाहुना भइ केही समय भ्रमणमा रहे। यस भ्रमणमा वीरशम्शेरले बेलायतसँग आठ हजार मार्टिनी हेनरी राइफलको अर्डर दिएका थिए भने मनग्गे गोलाबारुदको पनि माग गरेका थिए ।

यसरी कलकत्ता भ्रमणबाट निकै प्रफुल्लित भएर फर्केका वीरशम्शेर बेलायत घुम्ने सपना देख्न थाले। ठूलोबुबा जंगबहादुरको बेलायत भ्रमणको कथा राणा परिवारमा निकै चर्चा हुने गर्दथ्यो। त्यसैले वीरशम्शेरलाई पनि बेलायत जाने रहर जाग्यो। सन् १८९५ को अन्ततिर काठमाडौंमा रहेको रेसिडेन्टमार्फत अनुरोध पत्र पठाए। तत्कालीन भाइसराय लर्ड एल्गिनले सहयोग गर्ने आश्वासन दिएको हुँदा श्री ३ वीर ढुक्क थिए। यता भाइसराय भित्रभित्र चिन्तित थिए - कतै बेलायतबाट अस्वीकृत भयो भने नेपालसँगको सम्बन्ध बिग्रन सक्ने आ‌कलन गर्दै भ्रमण सकभर गराउने प्रयत्नमा लागेका थिए।

वीरशम्शेरको बेलायत भ्रमणको चाहनाको साथ अर्को ध्येय पनि थियो। नेपाल एक स्वतन्त्र राष्ट्रको राजा पृथ्वी वीरविक्रम शाहदेवको राजदूतको रुपमा बेलायत भ्रमण गर्ने वीरशम्शेरको चाह थियो। तर, त्यसबेला बेलायत नेपाललाई पूर्णरुपमा स्वतन्त्र राष्ट्रको रुपमा मान्यता नदिने पक्षमा थियो। यो थाहा पाएका वीरशम्शेरले बेलायत भ्रमण त्याग्न सक्ने, तर स्वतन्त्र राज्यको अधिकार त्याग्न नसक्ने जानकारी पठाएका थिए। भाइसरायको प्रयास बावजुद पनि वीरशम्शेरको यात्रा हुन सकेन। जसक‍ो कारण तिब्बतसँगको सम्बन्धका कारण वीरले नेपाल छोड्न नचाहेको प्रचार गरियो।

वीरशम्शेर जन्मदेखि नै 'अभागी' थिए। उनको जुन समय जन्म भयो, त्यो दिन राशीमा 'अशुभ दिन' चलिराखेको थियो। उनको जन्मको केही समयपछि आमाको निधन भएको हुँदा पनि उनलाई ज्योतिषको सल्लाहअनुसार घर राखिएन। १२ वर्षको उमेरसम्मका लागि ठूलोबुबा जङ्गबहादुरको थापाथली दरबारमा राखियो, जहाँ जङ्गबहादुरकी रानी पुतली महारानीले आफ्नै छोराझैं आफ्ना छोराहरुका साथ हुर्काइन्।

थापाथली दरबारमा रहँदा बाल्यकालमा जङ्गबहादुरले उनलाई 'कैले' भनेर बोलाउँथे। जङ्गले नै उनको नाम 'वीर' भनेर राखिदिएका थिए। उनका दौतरीहरुमा जङ्गका सन्तान बबरजंग, दीपकुमारी तथा खड्गकुमारीहरु थिए। तर, बि*म्बना यिनै वीरशम्शेरले आफ्नो स्याहारसुसार गर्ने जङ्गबहादुरका सन्तानहरुलाई नै मार्न लगाए।

Ncell 2
Ncell 2

ठूलोबुबा जङ्गबहादुरको सामिप्यमा रहँदा उनले शुरुमा दरबार हाइस्कूल र पछि डोबटन कलेज, कलकत्तामा अध्ययन गरे। जङ्गकै कार्यकालमा कलकत्तामा वकिलका रुपमा गए। त्यहाँ उनले नेपालको राजकाजसम्बन्धी कार्य अंग्रेज सरकारका बीच गर्दथे। कलकत्तामा निकै अनुभवहरु संगालेका उनी अंग्रेजी राम्रै बुझ्दथे। बोल्न अलि कम सक्थे। साथमा हिन्दी, उर्दु र पर्सियन राम्रैसँग बोल्दथे। जङ्गले केही गर्न सक्ने भतिजाको रुपमा उनको चर्चा गर्दथे।

नेपाल फर्किए पछि पनि उनको रहनसहन बिशेष थियो। उनी विशेष तामझामका साथ निसाफ गर्न पुग्दथे। साथमा उनको निजी सौखले बेलायत तथा भारतबाट समेत मगाएर पालिएका विशेष नस्लका गाईहरुको फार्म नै थियो। सो निरीक्षण गर्न दैनिक जसो पुग्दथे। उनको खान्की तथा खवाइको भाडाहरु विशेष थियो। शुद्ध सुनको थाल, कचौरा तथा ग्लासहरुको तौल ३६२ तोलाको थियो। झण्डै दुइ धार्नीको उनको सुनका सामग्रीमा खाना पस्किने गरिन्थ्यो। उनको ठूलो थालको तौल नै १४५ तोलाको थियो। १२० तोलाको तीन वटा कचौरा थिए भने ६० तोलाको पानी पिउने जग थियो। साथै १२ तोलाको चम्चा पनि थियो।

हिन्दू धर्म प्रति कट्टर उनी खाना शुद्ध ब्राम्हणबाट पकाएको मात्र खान्थे। खाना खानुअगाडि कतै विष मिसाएका हुनसक्ने भन्दै एक पण्डितलाई खान लगाएर मात्र आफू खान्थे। खान बस्ने चौकीको वरपर गाईको गोबरले लिप्न लगाई शुद्ध र कीटाणुमुक्त गराउँथे। हरेक पटक गंगाजलले मात्र हात धुने गर्दथे। खानापछि शुद्ध सुनले बनेको हुक्कामा तम्बाकु तान्दथे। उनको  लवाई पनि विशेष हुने गर्दथ्यो। उनले ज्याकेट बेलायतबाट मगाउँथे। प्राय: उनी कोटमा भन्दा बढी ज्याकेटमा नै देखिन्थे। उनको टोपी पनि फ्रान्सेली सैनिकहरुले लगाउने क्याप हुने गर्दथ्यो। 

ठूलोबुबा जङ्गबहादुरझैं उनि पनि संगीत तथा नृत्यको सौखिन थिए। उनी दरबारमा सेनाको ब्याण्डले बजाएको संगीत सुन्दथे भने भारतीय शास्त्रीय गीतसंगीत तथा नाचको पनि सौखिन थिए। यही सौखका कारण नेपालमा पहिलोपटक शास्त्रीय संगीतको भेला नै भएको थियो। 'बगडीको जल्सा' नामले प्रख्यात यो भेला वीरगञ्‍ज नजिकैको गाउँ बगहीमा भएको थियो। त्यस वृहत संगीत भेला १९५६ पुसमा भएको थियो। त्यस भेलामा भारतीय शास्त्रीय संगीतकारहरुको मेला नै लागेको थियो। सयौ संगीतकार तथा रागगायनका माहिरहरुको जमघट नै थियो। 

shivam cement

shivam cement

उनले बनाएको चारबुर्जा दरबार तत्कालीन समयको आधुनिक महलमा पर्दथ्यो। वास्तुकलाविद् जोगवीर स्थापितको डिजाइनमा बनेको यस दरबार पछि छोरा रुद्रशम्शेरलाई दिए। १९९० सालमा जुद्धशम्शेरबाट लखेटिएपछि यो दरबार बहादुर शम्शेरको हकमा पुग्यो। बहादुर भवनको नाम रहन गएको यो दरबार बोरिसद्वारा नेपालकै पहिलो 'रोयल होटल'को रुपमा रहन पुग्यो। हाल यस भवनमा निर्वाचन आयोगको कार्यालय छ।

यसको साथै रणोद्वीपको नारायणहिटी दरबार भत्काएर त्यहाँ नयाँ दरबार बनाउन लगाएका थिए। जुन दरबारआफ्ना ज्वाइँ पृथ्वी वीरिवक्रमलाई दिए। जसले गर्दा पछिसम्म शाह राजाहरुको दरबारका रुपमा रहन गयो। नारायणहिटीको दायाँतर्फ विशाल सेतो दरबार बनाए, जुन छोरा गेहेन्द्रशम्शेरका लागि दिए। बायाँतर्फ फोहरा दरबार बनाए जुन छोरा प्रतापशम्शेरलाई दिए। फेरी अर्को फोहरा दरबार कान्छी महारानीका लागि पनि बनाइदिए। पहिलो फोहरा दरबार राजा महेन्द्रले भत्काइ नारायणहिटी भित्र गाभे। दोश्रो फोहरा दरबार अमेरिकी राजदूतावासले किन्यो। भाइ जुद्धशम्शेर र उनकी आमा जुहारकुमारीका लागि जावलाखेल दरबार बनाइदिएका थिए। छोरा धर्मशम्शेरका लागि भाटभटेनी दरबार बनाइदिए। भाइ भीमशम्शेरका लागि टंगाल दरबार बनाइदिए। कान्छी रानी तोपकुमारी देवीका लागि लाल दरबार बनाइदिए, जुनमा हाल याक एण्ड यती होटल छ।

यस्तै वीरशम्शेरले जनताका लागि अस्पताल बनाउन लगाए, जसको नाम शुरुमा पृथ्वी वीर अस्पताल थियो। यो अस्पताल पहिले रानीपोखरीको पश्चिम हाल राष्ट्रिय नाचघर रहेको ठाउँमा थियो। पछि वीरशम्शेरले नै हालको स्थानमा विशाल भवन बनाउन लगाइ अस्पताल सारे। वीरशम्शेरले बेलायती बिग बेनको नक्कल गर्दै रानीपोखरीको पूर्वमा घण्टाघर बनाउन लगाएका थिए। दरबार हाइस्कूलका नाममा स्कूल त थियो तर, स्थाइ रुपमा भवन थिएन। वीरशम्शेरले दरबार हाइस्कूलको लागि लामो टहरा रुपी भवन बनाइदिए। गहवामाईको मन्दिर रहेको सानो गाउँको नाम गहवा थियो। जसलाई वीरगञ्ज नामाकरण गराइ बस्ती बसाए। साथै त्यहाँ मुडुली दरबार बनाइदिएका थिए।

उनी आफू कान्छी रानी तोपकुमारी देवीका साथ लालदरबारमा बस्दथे। उनले सो दरवारमा अत्याधुनिक सामग्रीहरुले सजाएका थिए। उनको कोठाहरु बेलायती फर्निचरहरुले सजिएको थियो। काँचका भाडाकुडा किसिम किसिमका थिए। भेनेटिएन (इटलीको) ग्लासका रुपमा प्रख्यात सामग्रीहरुले भरिएका थिए। कोठाका भुईंहरुमा इटालियन मार्बल राखिएको थियो भने त्यसमाथि पर्सियन (इरान) कार्पेट ओछ्याइएको ‍थियो। कोठाहरुमा ग्याँस ल्याम्पबाट उज्यालो बनाइन्थ्यो। कोठाका छतहरुमा किसिम किसिमका बेल्जियन क्रिस्टल झुमरहरु झुण्ड्याइएका थिए। बगैंचामा समेत बाफको जेनरेटरबाट कार्वन लाइटहरु बालेर रातमा समेत आकर्षक बनाइएको थियो।

वीरशम्शेरको विवाह उपेन्द्र (राजा सुरेन्द्रको भाइ) वीरविक्रमको छोरी दिव्येश्वरी राज्यलक्ष्मीसँग भएको थियो। वीरशम्शेरले आफ्नी रानीको लागि सुसारेको रुपमा ठिमीकी नेवार्नी खञ्जँ (उच्चारण गलत पनि हुन सक्छ) नाम गरेकी मैयाँलाई राखे। तर, यिनै नेवार्नी मैयाँ वीरकी प्यारी कान्छी महारानी बनिन्, जसको नाम पछि तोपकुमारी राखियो। 

यिनको सम्बन्धमा पनि रोचक कथा छ। रानी दिव्येश्वरीको सुसारेको रुपमा राखिएको खञ्जँ निकै राम्री थिइन्। बुबा उपेन्द्रले ती सुसारेलाई हटाउन भने पनि पतिका कारणले सुसारेबाट हटाउन सकेनन्। एकदिन खञ्जँ राति सुतेको समयमा रानी दिव्येश्वरीले अनुहारमा एसिड खन्याइदिए। यस घटनाले वीरको प्रेम खञ्जँप्रति झन् प्रगाढ भयो। उनले अनुहारको उपचार गराए साथै उनीसँग विवाह पनि गरे। साथै महारानीको दर्जा पनि दिलाए।

खञ्जँको आँखा राम्रै देख्न सक्ने भयो। अनुहारमा भने केही दाग रह्यो। वीरले महारानीको दर्जा दिलाएका खञ्जँबाट जन्मिएका रुद्रशम्शेर (पोखरा तथा भक्तपुरका बडाहाकिम धनशम्शेरका बुबा)लाई रोलक्रममा पनि राखे। तर, पछि जुद्धशम्शेरले ल्याइतेबाट जन्मिएका सन्तान भएको हुँदा रुद्रशम्शेरको रोलक्रम खोसिदिए र पाल्पा धपाए। यिनै तोपकुमारीबाट जन्मिएका दुइ छोरीलाई राजा पृथ्वी वीरविक्रमसँग विवाह गराइदिएका थिए।

वीरको चाहना आफ्नो नाति भविष्यको राजा बनाउने थियो। लामो समयसम्म पृथ्वी वीरविक्रमको छोराको जन्म भएन। जेठी छोरी लक्ष्मी राज्यलक्ष्मीलाई पहिलो पटक राजाको उत्तराधिकारीको रुपमा नियुक्त गरियो। अन्तत: करिब ११ वर्षपछि १९६३ असारमा पंजाबबाट विवाह गरि ल्याइएका रानीबाट त्रिभुवनको जन्म भएपछि युवराज घोषणा गरियो।

ठूलोबुबा रणोद्वीपको हत्या गरेर सत्तामा पुगेका वीरशम्शेर निकै शंकालु थिए। आफ्नो हत्या गरी भाइहरु सत्तामा आउने षडयन्त्र रच्न सक्ने शंकामा रातदिन रहन्थे। यही क्रममा भाइ खड्गशम्शेर पनि पाल्पा धपाइएका थिए। रातमा पनि ३-४ पटक कोठा फेरेर सुत्थे। निदाउँदा एक हातले सिरानी च्याप्ने र अर्को हातमा रिभल्बर बाेक्ने गर्थे। कोठा बदली गर्दा कान्छी महारानी तोपकुमारी पनि एक हातमा चाँदीको पिकदान र अर्को हातमा सुराही बोकेर पछिपछि लाग्थिन्।

वीरशम्शेरका जेठा छोरा गेहेन्द्रशम्शेर नेपालकै पहिलो वैज्ञानिक थिए। उनले विभिन्न किसिमका हतियारहरु बनाएका थिए। उनले सेतो दरबारमा विशाल ज्यासल नै बनाएका थिए, जहाँ हावाबाट चल्ने ठूला पंखाबाट बिजुली निकालेका थिए। तर, केवल ३६ वर्षको उमेरमा उनको निधन भयो। उनको अप्रत्याशित निधनलाई चन्द्रशम्शेरले विष दिएर हत्या गरेको भन्ने गरिन्छ। 

वीरशम्शेरले अन्तत: सन् १९०१ अप्रिलमा भारतका लागि नयाँ नियुक्त भाइसराय लर्ड कर्जनलाई शिकार खेल्न नेपाल आउनको लागि निम्तो पठाए। पत्रमा उनले जानकारी दिए, स्वास्थ्यको कारण आफू शिकारमा उपस्थित हुन नसके पनि व्यवस्था सबै मिलाइनेछ। तर शिकारको निम्तो दिएको एक महिनाअगाडि नै सन् १९०१ मार्च ३ अर्थात् १९५७ फागुन २३ गते मंगलबार फागु पूर्णिमाको दिन केवल ४८ वर्ष २ महिनाको उमेरमा वीरशम्शेरको मृत्यु भयो। रक्तचापका कारण उनको मृत्यु भएको थियो। 

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुनिल उलक
लेखकबाट थप
त्यो फागुन ७ र नेहरुको चालबाजी
दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ
त्यो फागुन ७ र नेहरुको चालबाजी
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्