• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
उडान इतिहासका ५५ वर्ष

दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ

64x64
सुनिल उलक शनिबार, फागुन २८, २०७८  १८:०१
1140x725
जर्मन राष्ट्रपतिको भ्रमणका क्रममा नेपालमा पहिलो पटक अवतरण भएको बोइङ। २०२९ मा शानेवानिले खरिद गरेको पहिलो बोइङ (इन्सेटमा)।

हवाइ उडानको क्षेत्रमा नेपालले आजभन्दा ५५ वर्षअघि निकै ठूलो फड्को मारेको थियो। दक्षिण एशियामै पहिलो पटक २०२३ फागुन २७ गते नेपालमा बोइङ उत्रिएको थियो। यसरी हवाइ उडानमा कीर्तिमानी बनाएको नेपालले त्यहीअनुसार आफ्नो क्षमता विस्तार गर्न भने सकेन।

५५ वर्षअघि काठमाडौं उत्रिएको जहाज नेपालको भने थिएन। त्यो जहाज उत्रिनु केहीअघिसम्म पनि विमानस्थलको धावनमार्ग निकै छोटो थियो। त्यो पुरानो विमानस्थललाई नयाँ स्वरुप दिइएपछि मात्र बोइङ उत्रिन संभव भएको थियो। त्यसबेलासम्म यो विमानस्थलले नयाँ नामसमेत पाइसकेको थियो।

नेपालको अन्तराष्ट्रिय विमानस्थलको पुरानो नाम गाैचर हवाइ अड्डा हो। यसलाई पशुपति गौचर पनि भनिन्थ्यो। २०२० साल (सन् १९६४) मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नामकरण गरिएको थियो। तर, अन्तराष्ट्रिय उडानमा कहलिएका ठूला जहाजहरु अवतरण हुन सकेको थिएन।

तस्बिर : नेपाल एयरलाइन्स

२०२३ सालमा जर्मन राष्ट्रपतिको सवारीको लागी विमानस्थलको सुधार गरियो। त्यति बेला धावनमार्गलाई तीन हजार ७५० फिटबाट ६ हजार ६०० फिट लामो बनाइयो, जसले गर्दा ठूला जहाजबाट अन्तराष्ट्रिय उडान गर्न संभव भयो।

जर्मनीका तत्कालीन राष्ट्रपति हेनरिक लुब्क २०२३ फागुन २७ मा लुफ्थान्सा एयरको बोइङ ७०७ को विशेष विमानमा नेपाल आएका थिए। उक्त विमान नेपाल आएको पहिलो जेट थियो। यसरी जर्मन राष्ट्रपतिको यात्राले नेपालको एक मात्र विमानस्थल अन्तराष्ट्रिय उडानका लागि योग्य भन्ने प्रमाणित भएको थियो। त्यसपछि २०२५ सालमा थाई एयरले काठमाडौं उडानको नियमित तालिका बनाएको थियो।

नेपालको सरकारी विमान सेवा तत्कालीन शाही नेपाल वायुसेवा निगम (शानेवानि)ले पनि बोइङ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढायो। फलस्वरुप २०२९ भदौ १ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भर्खरै तयार भएको नयाँ बोइङ ७२७ को सी३ विमान अवतरण गर्‍यो। यो विमान दक्षिण एशियाली देशले किनेको पहिलो बोइङ थियो।

विशेष किसिमको रङरोगन गरिएको यो विमानको पछाडि पुच्छरमा नेपालको ठूलो झण्डा बनाइएको थियो र साथमा नेपाल भनेर लेखिएको थियो। बीचमा लामो रातो र निलो धर्साको रुपमा झ्यालको भागलाई अगाडिदेखी पछाडिसम्म छुट्याइएको थियो। अगाडि ककपिटमा पाइलटको झ्यालको तल शानेवानिको प्रतीक चिन्हको रुपमा पखेटा फिँजाएको आकाश भैरव कोरिएको थियो। आकाशको सुरक्षाको रुपमा पूजिने देवताको रुपमा राखिएको यो प्रतीक चिन्हलाई त्यो बेला धेरैले प्रशंसा गरेका थिए।

नेपाल ल्याइएपछि यसको संकेतांक ९एन-एबीडी (9N-ABD) राखियो। यो विमानको नाम 'यति' राखिएको थियो। यतिको आगमनले शानेवानिको स्वर्णिम युगको शुरुवात भयो। पहिलो उडानको रुपमा हङकङमा बेलायती सेनामा रहेका गोर्खाली सैनिकहरुको ओसारपसारमा केन्द्रित रह्यो। कतिपय चार्टर्ड उडान गरेको शानेवानिलाई तत्कालै अर्को विमान खाँचो भयो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, शानेवानिले अर्को नयाँ बोइङ किन्ने आँट गर्न सकेन। जसले गर्दा ल्याटिन अमेरिकी राज्यहरुमा १० वर्ष उडान गरिसकेको पुरानो बोइङ किनेको थियो। २०३६ वैशाखमा नेपाल आइपुगेको यस विमानको संकेतांक 9N-ABN राखिएको थियो। साथै, यो विमानको नाम नेपालको राष्ट्रिय चराको नाममा 'डाँफे' राखियो। दुई वटा बोइङ विमानको साथ नेपालले अन्तर्रा‍ष्ट्रिय उडानहरुमा प्रभुत्व राख्न सफल भयो।

थाइल्यान्डको राजधानी बैंककबाट अन्तर्राष्ट्रिय उडानको शुरुवात गरेको शानेवानिले आफ्नो गन्तव्य थप्दै गएको थियो। यूरोपको फ्रान्कफर्ट उडानका लागि लुफ्थान्सा एयरको बोइङ ७५७ पनि भाडामा लिएको थियो।

कर्णाली विमान।

अन्तर्राष्ट्रिय उडानको महत्त्वलाई ध्यानमा राखेर निगमले २०४४ असोज ३ गते बोइङ कम्पनीकै अर्को ठूलो जहाज बोइङ ७५७ खरिद गरेको थियो। दुई पाइलटले उडाउन सकिने हुँदा यसको खर्च केही कम हुने थियो। यो विमानको नेपालमा संकेतांक 9N-ACA र नाम 'कर्णाली' राखियो। यसको एक वर्ष पुग्न लाग्दा २०४५ भदौ १६ मा निगमले फेरी अर्को बोइङ भित्र्याएको थियो। बेलायती गोर्खा सैनिकहरु र शाही सेनाको लेबनान मिसनमा जाने शान्ति सेनाको संख्याको बढोत्तरीले गर्दा कार्गो तथा यात्रु बोक्न सक्ने बोइङ खरिद गरेको थियो। 9N-ACB संकेतांक दिइएको यो विमानको नाम भने 'गण्डकी' गण्डकी राखिएको थियो। यसरी निगमसँग केही समय आफ्नै चार वटा बोइङ र भाडाको बोइङसमेत थियो।

सन् ७०को दशकमा निगमले वार्षिक करिब दुई लाख यात्रु ओसार्थ्यो। निगमको उडान कोलम्बो, ढाका, कराँची, दुबई, फ्रान्कफर्ट, लण्डन, पेरिस, ओसाका, सांघाइ, हडकङ, सिङ्गापुर, बैंककलगायत भारतको बैंगलोर, कलकत्ता, दिल्ली, पटना तथा मुम्बईसम्म जोडिएको थियो।

गन्डकी विमान।

निगमको दुवै बोइङले धेरै उडान गरेपछि अन्तत २०५० सालमा हटाउन बाध्य भयो। २०५० वैशाख १२ मा 'यती'ले र त्यही वर्ष पुष ९ गते 'डाँफे'ले अन्तिम उडान गरे। चार्टर्डबाहेक 'यति'को उडान नेपाली आकाशमा मात्र सीमित रहेको थियो। 'डाँफे' भने शानेवानिले बेचेपछि पनि अफ्रिकी देशहरुमा उडान भइरहेको थियो। यो विमान २०६२ माघसम्म अफ्रिकी आकाशमा उडिरह्यो।

२०४७ सालमा देशमा राजनैतिक उथलपुथल हुँदा नेपालको हवाइ उड्यन भने धराशयी हुने क्रम सुरु भयो। २०५० सालमा शानेवानिको युरोपको लागि मुख्य एजेन्ट नियुक्त भएका दिनेश धमिजाको कारण निगमले झण्डै ४० करोड नोक्सानी बेहोर्नु परेको थियो। यसमा कांग्रसबाट निवार्चित तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाम पनि मुछिएको थियो।

२०५४ सालमा चेज एयर काण्ड भयो। विमान नै नभएको चेज एयरसँग बोइङ ७५७ भाडामा ल्याउने सम्झौताका कारण निगमले ९ लाख डलर गुमायो। गिरिजाकै नेतृत्वमा रहेको कांग्रेस-एमाले सरकारको समय यो काण्ड भएको थियो। यो काण्डमा दुवै दलका नेताहरुको नाम मुछिएको थियो। त्यसैगरी, २०५५ सालमा चाइना साउथवेष्टको विमान भाडा प्रकरणमा पनि निगमले करिब २२ करोड रुपैयाँ गुमायो।

२०५७ सालमा लाउडा एयरको विमान भाडा प्रकरणले शानेवानिले करिब २ अरब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नु परेको थियो। यो प्रकरणमा नाम चलेका राजनितिज्ञदेखि शानेवानिका कर्मचारी तथा व्यापारीसमेत जोडिए।

२०७३ वैशाखबाट 'कर्णाली'को उडान रोकिएको थियो भने २०७५ असोजबाट 'गण्डकी'को उडान पनि रोकियो। २०७६ को अन्तमा पार्किङमा रहेका कर्णाली र गण्डकीको 'चिरफार' गरेर सामान लिएर गएपछि नेपालको इतिहासबाट बोइङ सदाको लागि मेटियो। अब निगमसँग अन्तर्राष्ट्रिय उडानको लागी एयरबसहरु मात्र छन्।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुनिल उलक
लेखकबाट थप
त्यो फागुन ७ र नेहरुको चालबाजी
किन पूरा हुन सकेन वीरशम्शेरको बेलायत यात्राको चाहना?
दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्