• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ २, २०८२ Fri, May 16, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नेपालमा साइकल प्रवेश : पहिलोको मूल्य १०० रुपैयाँ, प्रजातन्त्र आएपछि त्रिभुवनलाई पनि चढ्ने रहर
64x64
सुनिल उलक शनिबार, माघ ८, २०७८  ०७:०९
1140x725

इस्ट इन्डिया कम्पनी सरकारले सन् १९१० मा ३५ हजार थान साइकल बेलायतबाट भारत भित्र्याएका थिए। त्यति बेला साइकल आविष्कारको करिव १०० वर्ष पुग्न लागेको थियो। ती साइकल अनेक प्रयोजनको लागि भारत भित्र्याइएको थियो।

भारत भित्रिएका तिनै साइकलमध्ये केही नेपाल पनि भित्रिएको अनुमान गरिएको छ। त्यस बेलाका राणा श्री ३ महाराजाका छोरा नातिहरुको लागि केही साइकल भित्रिएको हुनसक्ने अनुमान छ। 

श्री ३ वीरशमशेरका वैज्ञानिक छोरा गेहेन्द्रशमशेरको निधन भइसकेको थियो। नेपालमा साइकलको कुनै वैज्ञानिक खोज र आविष्कार हुन नै पाएन। तर, गेहेन्द्रशमशेरका छोरा शूरशमशेर भने नेपालमा साइकल चढ्ने पहिलो व्यक्ति भएको अनुमान गरिएको इतिहास भेटिन्छ।

तीर्थनारायण मानन्धरले आफ्नो पुस्तक ‘काठमाडौ : उहिले र अहिले’मा शूरशमशेर नै साइकल भित्राउने व्यक्ति रहेको अनुमान गरेका छन्। उनको अनुमानमा सन् १९०३ मा साइकल भित्रिएको हो। तर, भारतमा अंग्रेज सरकारको समयमा पहिलो खेपमा ३५ हजार थान साइकल भित्राएको नै सन् १९१० मा भएको हुँदा सोही समयमा नै नेपालमा पनि साइकल भित्रिएको हुनुपर्छ।

सुनिल उलक

यसपछि भारतीय व्यापारी सुधिरकुमार सेनले भारतमा साइकलको व्यवसाय शुरुवात नै गरेका थिए। उनले बेलायतको प्रख्यात साइकल रेलै साइकलसँग मिलेर सेन रैले साइकल उत्पादनसमेत गरेका थिए।

सन् १९१० अर्थात् विसं १९६७ ताका नेपालमा पहिलो पटक साइकल भित्र्याउने शूरशमशेर सौखिन राणाका सन्तति थिए। श्री ३ वीरशमशेरले आफ्ना छोरा गेहेन्द्रशमशेरको लागि त्यति बेलाको सबैभन्दा सुविधा सम्पन्न सेतो दरबार बनाइदिएका थिए। तर, गेहेन्द्रको युवाकालमा नै देहान्त भएपछि यो दरबार शूरशमशेरको हकमा आएको थियो।

सौखिन शूरशमशेरले त्यति बेला नै मूक चलचित्र (साइलेन्ट मुभी) को ठूलो संग्रह सेतो दरबारमा राखेका थिए। साथै उनि अत्तरका सौखिन थिए। जसले गर्दा विभिन्न किसिमका अत्तरहरुको संग्रह पनि गरेका थिए। 

बाजे धीरशम्शेर लखनउमा आक्रमणमा जाने समय नबाबको दरबारबाट लिएर आएका विभिन्न अत्तरहरु पनि उनको संग्रहमा। तर, १९९० वैशाखमा सेतो दरबारमा भएको भयानक आगलागीमा दरबार मात्र होइन उनको संग्रहमा रहेको कतिपय महत्वपूर्ण वस्तु पनि जलेर नष्ट भए। भनिन्छ उनको संग्रहका अत्तरहरुको संग्रहमा आगलागी हुँदा त्यसको वासनाले काठमाडौं शहर नै सुगन्धित भएको थियो।

Ncell 2
Ncell 2

यसरी शूरशमशेरको समयमा साइकल केवल सौखिन राणाहरुबीच मात्र सीमित थियो। त्यसबाहेक दरबारका कर्मचारी र निकटका व्यक्तिले साइकल चढ्थे। 

नेपालमा साइकलले व्यापकता पाएको भने दोस्रो विश्वयुद्धपछि हो। तत्कालीन प्रधानमन्त्री महाराजा श्री ३ जुद्धशम्शेरले अंग्रेजको सहायतार्थ नेपाली युवाहरुलाई गोर्खाली सैनिकको रुपमा युद्धमा होमिन बाध्य बनाए। नेपाली सेनालाई बबरशम्शेरको नेतृत्वमा विश्वयुद्धमा पठाए। युद्धमा लाखौँ नेपाली होमिए भने हजारौँले जीवन गुमाए। हजारौँ अंगभंग भए। 

युद्धमा धेरै नेपाली युवाको मृत्यु भए पनि फर्किएका नेपाली लाहुरेले भने तत्कालीन समयमा नै करिब १५ करोड रुपैयाँ बराबरको भारतीय तथा अन्य कम्पनीका विभिन्न जिन्सी भित्र्याएका थिए। यसरी भित्रिएको जिन्सीमा साबुन, चुरोट, लाइटर, ब्लेड, तास, जुत्ता, मोजा आदि थिए। यसको साथै कतै कतै आफूले युद्धमा प्रयोग गरेको साइकल पनि लिएर आएको विभिन्न स्रोतमा उल्लेख भएको पाइन्छ।

त्यसअघि प्रथम विश्वयुद्धमा नै सैनिक प्रयोजनको लागि विशेष प्रकारको आर्मी साइकलको उत्पादन भएको थियो। बन्दुक राख्न मिल्ने गरि बनाइएका साइकलमा सैनिकहरू लाम लागेर हिँड्दथे। छिटो पुग्न सकिने र सहजै आक्रमणको लागि तयार हुन सक्ने हुँदा पनि साइकल युनिट नै खडा गरिएको थियो। ५० देखि १०० माइलसम्मको दूरीमा दैनिक हिँड्न सकिने हुँदा पनि साइकल युनिटको महत्व प्रथम विश्वयुद्धमा अत्यधिक भएको थियो।

shivam cement

shivam cement

प्रथम विश्वयुद्धको समाप्तिपछि स्वदेश फर्किएका केही गोर्खाली सैनिकहरुले विसं १९७५-७७ तिर नेपालमा साइकल भित्र्याएको अनुमान गरिएको थियो। १९८१ सालमा आइपुग्दा भने राशन व्यापारी अष्टनारायणले असन कमलाक्षीको आफ्नै घरमा आफ्नो बुबाको नाम जोडेर पञ्चनारायण अष्टनारायण साइकल पसल खोलेका थिए। 

अष्टनारायण कामको सिलसिलामा कलकत्ता पुग्दा उनले बजारमा देखेको साइकल किनेर नेपालमा पनि बिक्री गर्ने अठोट गरे। उनले कलकत्ताबाट ६ वटा बेलायती हर्क्युलस साइकल किने। कलकत्ताबाट रक्सौलसम्म तथा रक्सौलबाट अमलेखगञ्जसम्म रेलमा ती साइकल आइपुग्यो। अमलेखगञ्जबाट लरीमा भिमफेदी ल्याएर त्यहाँबाट बोकेर काठमाडौं ल्याइएको थियो। 

खर्चसर्च जोडेर एउटा साइकलको १०० रुपैयाँ पुग्न गयो। त्यति बेला एउटा ठूलै अफिसरको तलव बल्ल महिनाको १०० हुन्थ्यो। हत्तपत्त कसैको साइकल किन्ने आँट आउँदैनथ्यो। त्यसैले ६ वटा साइकल बिक्न निकै लामो समय लाग्यो। 

करिब १ वर्षमा साइकल सबै बिकेपछि फेरी कलकत्ताबाट नै साइकल ल्याइयो। यसपटक भने रोपवे बनिसकेको हुँदा भिमफेदीदेखि भरियालाई बोकाउनु परेन। यसरी फिलिप्स, रेलै, हर्कुलस साइकल ल्याएर बेच्न थालिएको थियो।

अष्टनारायणको साइकल पसल र इन्सेटमा प्रथम विश्व युद्धमा सहभागी साइकल युनिटका जवान। तस्बिर : लेखकको संकलनबाट।

तस्विरमा अष्टनारायणको साइकल पसल देख्न सकिन्छ। सन् २०३२ सालको कार्तिकमा नेवारी नयाँ वर्ष ‘न्हू दयाँ भिन्तुना’ निस्कने तयारीमा साइकल चालकहरु देख्न सकिन्छ।

खानेकुराको व्यापार गर्ने पञ्चनारायणको परिवारमा छोरा अष्टनारायणले साइकल बेच्न थाल्दा निकै गाली खाएका थिए। तर, पछि भने अष्टनारायणका छोरा तीर्थनारायणले पनि साइकल व्यवसायलाई नै निरन्तरता दिए। तीर्थनारायणपछि त्रिरत्न मानन्धरले पनि व्यवसायलाई निरन्तरता दिए। 

तीर्थनारायणका छोरा त्रिरत्नको समयमा भने साइकल आममानिसको लागि आवश्यक भइसकेको थियो। बाबुको साइकल व्यवसायमा होमिएका त्रीरत्न मेकानिकल इञ्जिनियरिङ अध्ययन गर्न पोलाण्ड पुगे। बाजेको समयदेखिको पसलको नाम भने केही छोटो बनाएर पञ्च अष्टनारायण साइकल पसल राखे। 

निकै ठूलो सपना बोकेर साइकल व्यापारमा होमिएका त्रीरत्नको अचानक २०४० सालमा मोटरसाइकल दुर्घटनामा देहान्त भयो। जसले गर्दा व्यवसायमा व्यवधान आयो। छोराहरु सानै भएको हुँदा काकाहरुसहितको संयुक्त परिवारले नै व्यवसाय धानिरहदा निरन्तरता दिन मुस्किल परेको थियो। तर, अहिले त्रीरत्नका कान्छा छोरा तिरेकले युवाहरुको रोजाइसँग भिज्दै पीएएनसी साइकल नामबाट व्यवसायलाई अझ बढी बिस्तार गरेका छन्।

अन्तत: तीर्थनारायणका नाति तिरेकले साइकल व्यवसायलाई निरन्तरता दिइरहेका छन्। नयाँ पुस्ताको नयाँ सोचसँगै अब तयारी साइकल मात्र होइन आफूलाई मन पर्ने सामग्री राखेर नयाँ साइकल पनि बनाउने गरिन्छ।

राणा शासनको समय साइकल भित्रिए पनि राणा श्री ३ वा सोभन्दा तलका कमाण्डिङ जनरल, जर्नेल, कर्णेलहरुले साइकल चलाएर हिँडेको कुनै ऐतिहासिक जानकारी छैन। तर, देशमा प्रजातन्त्र आउनुअगाडि तथा प्रजातन्त्र आएपछि भने सर्वसाधारण तथा राणाविरोधी आन्दोलनमा लागेका केहीले साइकलमा विभिन्न स्थान पुग्ने गरेको जानकारी पाउन सकिन्छ।

राणा शासनकालमा स्वतन्त्र रुपले दरबारबाहिर घुम्न नपाएका राजा त्रिभुवन देशमा प्रजातन्त्र आगमनपछि साइकलमा दरबारबाहिर निस्कने गरेको विभिन्न व्यक्तिले देखेको विवरणहरु वा लेखहरु भेटिन्छ। राजा स्वयंले साइकल चढेर घुम्न निस्कँदा राजाका अंगरक्षकहरुलाई निकै समस्या पर्दथ्यो। दुई अंगरक्षक पनि साधारण हतियारको साथ साइकलमा नै पछिपछि लाग्दथे। 

राजा त्रिभुवनको साइकल। तस्बिर लेखकलाई हनुमानढोका संग्रहालयका प्रमुख सन्दीप खनालबाट प्राप्त भएको हो। बायाँ इन्सेटमा साइकल चढेर गफिइरहेका लक्ष्मीप्रसाद देवकोटाको तस्बिर स्रोत मदनपुरस्कार पुस्तकालय।

तस्बिरमा देखाइएको साइकल राजा त्रिभुवनको हो। यो बेलायती रेलै हो। यस साइकलको सिरियल नम्बर (इन्सेटमा) हेर्दा यो साइकल २००७ सालपछि बनेको हो।

प्रजातन्त्र आएपछिका अर्का प्रमुख साइकल चालक थिए बीपी कोइराला। बीपी कोइराला पनि प्रायः साइकलमा नै कुद्थे। नेतागणहरु गणेशमानसिंह, टंकप्रसाद आचार्य तथा कृष्णप्रसाद भट्टराई पनि साइकलमा भेटिन्थे। 

महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि साइकलमा नै हुन्थे। उनको साइकल चलाउने क्रम भने राजा महेन्द्रको समय केआई सिंह मन्त्रीमण्डलमा शिक्षामन्त्री बनेको समयमा पनि रहेको चर्चा सुनिन्छ। मन्त्री बने पनि डिल्लीबजारको उनको घरसम्म सरकारी गाडी पुग्न कठिन भएको हुँदा घरबाट गाडी पुग्ने ठाउँसम्म साइकलमा नै निस्कने गर्दथे। साथै मन्त्रालयबाट फर्कँदा पनि गाडीबाट झरेपछि साइकलमा नै घरसम्म खेतको आलीआली साइकल कुदाउँथे।

महाकवि देवकोटा पनि बेलायती साइकल रेलै नै चढ्दथे। साधारण रुपमा कतै हिँडेर जानुपर्दा सुस्त र गम्भीर रुपमा हिँड्ने देवकोटा साइलकमा भने सधैँ बेतोड कुदाउन मन पराउँथे। १९९१ सालमा आमाको देहान्त हुँदा एक महिना कडा आशौच बार्दै उनले साइकल पनि चढेनन्। 

गणेशमान सिंह अर्थात हिराकाजीको साइकलको पनि रमाइलो कथा छ। १९९० सालको भूकम्पभन्दा अगाडि १७ वर्षे अल्लारे उमेरमा गणेशमान सिंह रुद्रशमशेरको दरबारमा रहेको मुलुकी अड्डामा बहिदार थिए। त्यो बेला राणाशासनको समय साइकलमा बत्ती र घन्टी हुनैपर्दथ्यो। तर, गणेशमान भने बत्ती र घन्टी नभएको साइकल हुइकाउँदै मुलुकी अड्डा पुगेछन्। ढोकाबाहिर उभिएका आठपहरिया (सैनिक)ले रोकेछन् र ‘सुकुलगुण्डा न्यार’ भनेछन्। 

गणेशमान पनि के कम आठपहरियालाई मुक्काइदिएछन्। आठपहरियाको गुनासो रुद्रशमशेरसम्म पुगेछ। रुद्रशमशेरले समातिएको साइकल त गणेशमानलाई फिर्ता गराइदिए, तर सजायवापत आठपहरियाकै हातबाट चारपटक कान समाएर उठबस गर्ने सजाय दिएछन्। रिसाहा गणेशमानले तत्कालै जागीर छोडेर कलकत्तातिर लागेछन्। 

मलाई आमाले सुनाउनु भएको मेरो बुबाको साइकलको कथा पनि याद आउँछ। २००२ सालतिर बुबाले पनि साइकल किन्नुभएको रहेछ। त्यति बेला साइकल कुदाउनेहरुको शान नै अलग्गै हुने गर्दथ्यो। बुबा पनि साइकल किनेपछि आफूलाई विशेष नै मान्न थाल्नु भएछ। 

भक्तपुर मूलढोकामा रहेको घरबाट पाटन सुन्धारामा रहेको ससुराली झण्डै १० किमी टाढा साइकलमा जानु हुँदोरहेछ। ससुराली नजिक पुगेपछि साइकलका अनेक खेल देखाउन थाल्नुहुदोरहेछ। कहिले बेस्सरी कुदाउने, कहिले दायाँ बायाँ गर्दै कुदाउने। 

यस्तैमा एकदिन साइकलबाट नराम्रोसँग लड्नुभएछ। साइकलबाट लड्नुको चोटभन्दा बढी लज्जाबोध भएछ बुबालाई। त्यसपछि भने ससुरालीमा साइकलमा जान नै छोड्नु भएछ।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुनिल उलक
लेखकबाट थप
त्यो फागुन ७ र नेहरुको चालबाजी
किन पूरा हुन सकेन वीरशम्शेरको बेलायत यात्राको चाहना?
दक्षिण एशियामै पहिलो पटक नेपाल उत्रिएको त्यो बोइङ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्