काठमाडौं– सेवाग्राहीसँग ३ हजार ५०० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बाराको एउटा नगरपालिकाका वडा सचिव (नायब सुब्बा) पक्राउ परेका छन्।
बारको कोल्हवी नगरपालिका, वडा नम्बर ११ रामपुर्वाका वडासचिव नासु बिनोद प्रसाद साह ३ हजार ५०० रुपैयाँ घुससहित पक्राउ परेका हुन्।
जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीलाई साहलाई पक्राउ गरेको हो।
साहलाई सेवाग्राहीबाट घुस रकम लिइ सकेको अवस्थामा अवस्थामा उक्त रकमसहित उनकै कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवप्रसाद भण्डारीले जानकारी दिए।
मण्डारीका अनुसार घुससहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।