काठमाडौं- भारतले घरेलु मैदानमा श्रीलंकासँग टेस्ट र टी२०आई सिरिज खेल्ने भएको छ।
बीसीसीआईका अनुसार भारतले वेस्ट इन्डिजविरुद्धको सिरिज लगतै श्रीलंकाविरुद्ध दुई खेलको टेस्ट तथा तीन खेलको टी२० सिरिज खेल्ने पक्का भएको हो।
सिरिज फेब्रुअरीको अन्त्यतिरबाट सुरु हुने जनाइएको छ। त्यसअघि भारतले वेस्ट इन्डिजविरुद्ध तीन ओडिआई र तीन टि२० आई सिरिज खेल्दैछ।
भारत र वेस्ट इन्डिजको सिरिज फेब्रुअरी ६ देखि २० तारिखसम्म हुनेछ। भारत र वेस्ट इन्डिजबीचको पहिलो ओडिआई खेल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ।
तर, भारतीय तीन खेलाडीलाई कोरोना संक्रमण भएपछि पहिलो खेल सर्न सक्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।