काठमाडौं- वेस्ट इन्डिजसँग हुने तीन ओडीआई र तीन टी-२० आई सिरिजअघि क्याम्पमा रहेका चार भारतीय खेलाडीसहित सात जनालाई कोरोना संक्रमण भएको छ।
सिरिजका लागि टोलीमा रहेका ओपनर शेखर धवन, ऋतुराज गायकवाड, श्रेयस ऐर र वैकल्पिक खेलाडी नवदीप सैनीसहित फिल्डिङ प्रशिक्षक टी दीलिप, सुरक्षा सम्पर्क अधिकारी बी लोकेश र मसाज थेरापिस्ट राजीव कुमारलाई कोरोना संक्रमण भएको हो।
बीसीसीआईका अनुसार धवन र सैनीको पहिलो पीसीआर टेस्ट रिपोर्ट 'पोजिटिभ' देखिएको थियो। पुन: परीक्षण गर्दा पनि पोजिटिभ आएको हो।
यता, ऋतुराजको मंगलबार पहिलो परीक्षणमा पोजिटिभ आएको हो। श्रेयसको सुरुआती दुई टेस्टमा नेगेटिभ आए पनि बुधबार पोजिटिभ आएको हो।
तीन खेलाडीमा कोरोना संक्रमण देखिएपछि भारतले युवा मयंक अग्रवाललाई टिमा बोलाएको छ।
भारत र वेस्ट इन्डिजबीचको पहिलो ओडीआई खेल आइतबार नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा हुनेछ। तर, भारतीय तीन खेलाडीलाई कोरोना संक्रमण भएपछि पहिलो खेल सर्न सक्ने सम्भावना रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।