काठमाडौं- बाक्लो तुवाँलोका कारण विहानैदेखि आन्तरिक उडान ठप्प भएको छ। विहान साढे ६ बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी कम हुँदा उडान हुन सकेको छैन। उडानमात्र नभएर अवतरण पनि हुन सकेको छैन्।
स्तानबुल र कोलम्बोबाट काठमाडौं आएका दुईवटा विमान अवतरण हुन नसकेपछि आकाशमा फन्को मारिरहेका छन्।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ।
पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खरावी आएपछि विहान नौ वजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन।
तर काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक रहेपनि एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ। विहीबारका लागि एक सय १२ वटा नियमीत उडान तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।