फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले विभिन्न विषयमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिएका छन्। गृहमन्त्री खाणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत् जानकारी लिएका हुन्।
गृहमन्त्री खाणले सुनसरी, मोरङ, झापा, बारा, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, कैलाली, बाँके, बर्दिया, दाङ, पर्सा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरेका छन्। त्यसैगरी नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग पनि कुराकानी गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
उनले प्रजिअहरूसँग जिल्लामा कोभिड-१९ संक्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्ला प्रशासन कार्यालयमा कोभिड-१९ संक्रमण, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको संख्या र आवश्यकता, जिल्ला सुरक्षा समितिको बैठकको नियमितता लगायत विषयमा जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।