चितवन- जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ। राष्ट्रिय भूमि आयोगले जग्गा नापीको काम सुरु गर्न लागेको हो।
आयोगले जग्गा नाप्नुपूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो। आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका तीन/तीन वडाबाट काम सुरु गर्न लागिएको हो। सुरुआत गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिनेछ।
भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरी सम्बन्धित पालिकामा लगत बुझाउनेगरी योजना बनाइएको छ।
पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउनेछ। तिमिल्सिनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।