काठमाडौं– कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतदेखि सुरु हुने भएका छन्।
आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभए सम्मका लागि परीक्षाहरु स्थगित गरिएको जानकारी दिएको थियो।
आयोगले फागुन ६ गतेदेखि उपसचिवका लिखित परीक्षाहरु सुरु हुने जानकारी दिएको छ।
लिखित परीक्षा सञ्चालन गर्दा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरिने आयोगले जनाएको छ। आयोगले निर्धारित लिखित परीक्षाका परीक्षा केन्द्र तोकेर यथाशीध्र जानकारी गराइने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।