काठमाडौं- मे २०२० मा गलवान उपत्यकामा भारत र चीनका सैनिकबीच सीमा विवादलाई लिएर झडप भएको थियो। हालसम्म भारत र चीनबीच सीमा विवाद छ।
चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनले गलवान उपत्यकामा घाइते भएका पीएलएका कमाण्डर किइ फाबाओलाई बेइजिङ शीतकालीन ओलम्पिक २०२२ को टर्च बियरर बनेका छन्।
फाबाओ सिनजांग सैन्य कमाण्डमा रेजिमेन्टल कमाण्डर हुन्। १५ जुन २०२० मा गलवान उपत्यकामा दुई देशबीचका सैनिकसँग भएको झडपमा फाबाओको टाउकोमा गम्भीर चोट लागेको थियो।
उनले बुधबार शीतकालीन ओलम्पिक पार्कमा चीनका चार पटकका ओलम्पिक पदक विजेता वाङ मेङबाट टर्च ग्रहण गर्नेछन्।
शीतकालीन ओलम्पिक खेलकुदका लागि करिब १२०० टर्च बियरर छनोट भएका छन् भने पाराओलम्पिक खेलकुदबाट करिब ६०० टर्च बियरर छनोट भएका छन्।
भारत–चीन सीमामा रहेको गलवान उपत्यकामा भएको हिंसामा २० भारतीय सैनिकको मृत्यु भएको छ। चीनले आफ्ना कति सैनिक मारिए भन्ने आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।