काठमाडौं– जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो प्रणालीअनुसार सेवा दिने भएको छ। कोरोना भाइरसको संक्रमण बढेसँगै केही दिन अत्यावश्यकबाहेकका सेवा बन्द गरेको कार्यालयले भोलिदेखि आलोपालो सेवा दिन लागेको हो।
प्रशासनले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिसलगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म रोकेको थियो।
आलोपालो प्रणाली अनुसार आइतबार, मंगलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।