काठमाडौं- सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेको छ।
सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अधिकारीलाई महानिर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए।
अधिकारी यसअघि प्राधिकरणअन्तर्गत राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका निर्देशक थिए।
उमेर हदका कारण राजकुमार क्षेत्रीको अवकास भएपछि प्राधिकरणमा महानिर्देशक पद रिक्त रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।