काठमाडौं– निर्वाचन आयोगले स्थानीय तहको चुनाव एकै चरणमा गर्नुपर्ने प्रस्ताव सरकारलाई बुझाएको छ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको आयोगका पदाधिकारीहरुको छलफलमा आयोगले एकैदिन एकै चरणमा निर्वाचन गर्नु किन उपयुक्त छ भनेर केही सुझाव दिएको छ।
निर्वाचन खर्चमा मितव्ययिता हुने, सुरक्षा व्यवस्थापनमा सहजता हुने, समग्र निर्वाचन व्यवस्थापन सजिलो हुने, मतदाता शिक्षा सामग्रीहरुमा एकरुपता हुने, निर्वाचन प्रचार प्रसार खर्च कम हुने आयोगको भनाइ छ।
निर्वाच्न अनुगमन र पर्यवेक्षण सहज हुने, अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि उपयुक्त वातावरण तयार हुने, आचारसंहिताको अवधि कम हुने हुँदा अन्य काम प्रभावित नहुने र एक ठाउँको निर्वाचन परिणामले अर्को ठाउँको निर्वाचन प्रभावित नपार्ने लगायतका विषयलाई आयोगले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।