काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो जेठ ४ स्थानीय तह निर्वाचन तयारीका लागि पर्याप्त समय रहेको बताएका छन्।
मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटपछि नेपाल लाइभलाई प्रतिक्रिया दिँदै उनले आयोगले यसअघि जेठ ४ मा निर्वाचन गर्न आयोगलाई समस्या नरहेको बताए।
आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ मा स्थानीय निर्वाचन गर्न सहमति जनाएका छन्। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिका विषयमा निर्णय गर्ने प्रधानमन्त्रीले आयोगका पदाधिकारीहरूलाई बताएका थिए।
निर्वाचनका लागि समय पुग्छ त? भन्ने प्रश्नमा उनले भने, ‘अब एक सय दिनभन्दा बढी समय छ। हामी सक्छौं। जेठ ५ गते भन्दा उता जान मिल्दैन। मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि हामी तयारी अघि बढाउँछौं।’
जेठ ५ अगाडि चुनाव गर्न कानुनले पनि नछेक्ने थपलियाले बताए। बजेट, शान्ति–सुरक्षा लगायतको काम सरकारले निर्णय गरेर आएपछि अघि बढ्ने थपलियाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।