काठमाडौं- बर्दियामा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।
बर्दियाको बढैयाताल गाउँपालिका–३ सतपतियामा टिपरले ठक्कर दिँदा अन्य तीनजना गम्भीर घाइते छन्। दुर्घटनामा स्थानीय ४५ वर्षीय सोमबहादुर विक र ४५ वर्षकै रामु थारुको मृत्यु भएको थियो। विकको घटनास्थलमै र थारुको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
सोमबार बेलुका करिब ८ बजे भे १ क १४९५ नम्बरको टिपरले घरअगाडि आगो तापिरहेका पाँच जनालाई एकैसाथ ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते भएका स्थानीय ३५ वर्षीया प्रमिला चौधरी, ४० वर्षीया चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय लक्ष्मण सुनारको उपचार भइरहेको प्रहरीले जनाएको छ।
टिपर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।