काठमाडौं– सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ रुपैयाँ बढाउने निर्णय गरेको हो। सरकारको निर्णयसँगै दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ रुपैयाँ कायम गरेको छ। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।
लिटरमा १३.१७ प्रतिशते वृद्धि भएको हो।सरकारले समर्थन मूल्य बढाएसँगै उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तय गर्नेछ। दूध उत्पादन लागत बढेको भन्दै किसानले मूल्य बढाउन माग गर्दै आएका थिए।
केन्द्रीय दुग्ध सहकारी संघले दूधको लागत मूल्यसमेत नउठेको जनाउँदै मूल्यवृद्धिका गरेको अनुरोधपछि कृषि विकास मनत्रालयले अध्ययनका लागि समिति गठन गरेको थियो। समितिले दिएको रायसुझावसहितको प्रतिवेदनका आधारमा मूल्य बढाइएको मन्त्रालयले जनाएको छ।
विगतमा प्रत्येक वर्ष मूल्य समायोजन हुँदै आए पनि पछिल्लो समय साढे दुई वर्षयता दूधको मूल्य समायोजन भएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।