काठमाडौं– बागमती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा बिदा दिने भएको छ। प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा माघ १९ गते (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
बैठकले चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा पनि सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ।
यस्तै प्रदेश सरकारले प्रदेशका नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने निर्णय गरेको छ। दुर्घटनामा परी वा आकस्मिक रुपमा उपचार गराउनुपर्ने बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।