काठमाडौं– चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरिएको छ।
चिकित्सा शिक्षा आयोग सानोठिमी भक्तपुरले परीक्षाको नतिजा प्रकाशन गरिएको जनाएको छ।
चिकित्सा शिक्षा आयोगले माघ ८ देखि १० गतेसम्म सञ्चालन गरेको चिकित्सा शिक्षा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
राष्ट्रिय चिकित्सा शिक्षा, नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अंक प्राप्त गर्ने उम्मेदवारको हकमा सो अंकसहित समावेश गरी कायम हुन आएको कूल अंकको आधारमा योग्यताक्रम निर्धारण गरिएको आयोगले जनाएको छ।
नतिजामा चित्त नबुझी पुनर्योय गर्न चाहने उम्मेदवारहरूले चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ को अनुसूची १ बमोजिमको ढाँचामा निवेदन दिन सकिने बताइएको छ।
आयोगले चिकित्सा शिक्षा अन्तर्गतका विभिन्न १० वटा समूह अन्तर्गत एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।