पाकिस्तानी नागरिकबाट बरामद भएको विदेशी मुद्रा
काठमाडौं– अवैध विदेशी मुद्रासहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
फ्लाइ दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका पाकिस्तानी नागरिक ३४ वर्षीय हाफिज अत्तिक-उर-रहमान पक्राउ परेका हुन्।
शुक्रबार साँझ ५ बजेतिर अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका उनलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थ सुरक्षा कार्यालयले जानकारी दिएको छ।
प्रहरीले उनको साथबाट साउदी रियाल ४७ हजार १५०, यूएई दिराम ४००, ओमानी रियाल ५.५, तथा भारतीय रुपैयाँ १०० बरामद गरेको छ।
विदेशी मुद्रासहित पक्राउ परेका उनलाई आइतबार राजस्व अनुसन्धान विभाग पुल्चोक बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।