प्रतिकात्मक तस्बिर
काठमाडौं– काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवाहक माइक्रो बस (हाइस)मा सवार १ यात्रुलाई कास्की प्रहरीले १ किलो सुनसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनार छन्। प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको हो।
काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसबाट प्रहरीले सुनारलाई पक्राउ गरेको हो।
वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको पोखरा महानगरपालिका-३० पावर हाउसचोकमा हाइसलाई चेकजाँच गर्दा सुनार १ किलो परिमाणको सुनको विस्कुटसहित पक्राउ परेका हुन्। पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।