फाइल तस्बिर
महेन्द्रनगर– कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति २२ किलो १५० ग्राम चरेस बरामद गरिएको छ।
भारतीय नम्बर प्लेट युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट बेवारिसे अवस्थामा चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।
इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ। ‘चरेसबारे विस्तृतमा अनुसन्धान हुँदैछ,’ उनले भने,’ ‘अनुसन्धानबाट सबै कुरा बाहिर आउँछ।’ पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट दिनहुँजसो लागूऔषधसहित युवकहरु पक्राउ पर्दै आएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।