फाइल तस्बिर
काठमाडौं- अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गुह्येश्वरीबाट थापाथली पुलसम्मको बागमती किनारका दायाँबायाँ बनेका अनधिकृत अस्थायी एवं स्थायी संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ।
नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन समितिको आयोजना उपप्रमुख अमित रञ्जितले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि पनि यस्ता संरचना हटाउन पटक-पटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनः सूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ।
तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफैं भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइनेछ। समितिले यसअघि गोकर्णबाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।