वीरगञ्ज- बाराको महागढीमाई नगरपालिका-१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ।
स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भइ अचानक आगलगी हुँदा करिब पाँच लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।