• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

जित महत्त्वपूर्ण छ, तर म सन्तुष्ट छैन : मुख्य प्रशिक्षक अल्मुताइरी

64x64
नेपाल लाइभ शनिबार, माघ १५, २०७८  २०:१६
1140x725
फाइल तस्बिर

काठमाडौं- नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफ्नो टोलीले जित निकाले पनि आफू सन्तुष्ट हुन नसकेको बताएका छन्।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलपछि पत्रकार सम्मेलनमा उनले तीन वटा अवसर पाउँदा एउटा मात्र गोल भएको बताए। ‘साफपछिको नेपाली खेलाडीहरुले मुटुबाट खेले। जित महत्त्वपूर्ण छ, तर म सन्तुष्ट छैन,’ उनले भने।

फरवार्ड विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको हो। यो नेपालले एक दशकपछि मैत्रीपूर्ण खेलमा जित निकालेको हो। नेपालले सन् २०११ देखि कुनै पनि मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा जित निकाल्न सकेको थिएन।

नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो। प्रतिबन्ध र चोटबाट करिब तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेको विमल पहिलो खेलमै गोल गर्न सफल भए। उनले सन् २०१८ मा भएको साफ च्याम्पियनसिपपछि पहिलो गोल गरेका हुन्। यससँगै विमलको राष्ट्रिय टोलीमा गोल संख्या ९ पुगेको छ।

मुख्य प्रशिक्षक अल्मुताइरीले विमलबाट आफूले अझ धेरै अपेक्षा गरेको बताए। ‘विमलले आशा गरेअनुसार खेल्न सकेनन्। गोल गरे, खुसी छु। तर, उनी धेरै महत्त्वपूर्ण छन्। त्यसैले उनीबाट धेरै अपेक्षा गरेको छु,’ उनले भने,‘मेरो पहिलो जागिर भनेको खेलाडीलाई जोगाउने हो। हामी एउटा खेलाडीमा मात्र केन्द्रित हुँदैनौं। विमल कम्फर्टेबल भएर अर्को म्याचमा केन्द्रित हुनेछन्। उसले गोल गर्‍यो तर डर छ यो गोलले उसलाई फेरि पछि नपारोस्।’

मुख्य प्रशिक्षक अल्मुताइरीले मंगलबार हुने मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा केही खेलाडी परिवर्तन गर्ने बताएका छन्। शनिबारको खेलमा प्रशिक्षक अल्मुताइरीले अन्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरजज्यू ठकुरी, सुमन लामा, देवेन्द्र तामाङ, दिनेश राजवंशी र किरणकुमार लिम्बू जस्ता पहिलो रोजाइका खेलाडीलाई मैदान उतारेका थिए।

दोस्रो हाफमा जगजित श्रेष्ठ, मनिष डाँगी, सुदीप गुरुङलगायतका खेलाडीलाई मैदान प्रवेश गराएर आक्रामक खेल खेल्ने प्रयास गरेका थिए। सातदोबाटो युथ क्लबका मिडफिल्डर सुदीपले शनिबार मोरिससविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सुदीप ८५औं मिनेटमा सुरजज्यू ठकुरीको स्थानमा मैदानमा प्रवेश गरेका थिए। सातदोबाटो युथबाट जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका सुदीप पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका थिए। पहिलोपटक नै उनी राष्ट्रिय टोलीमा डेब्यू गर्न सफल भए।

यस्तै, एन्फा एकेडेमीका आकाश थापा मगरले पनि राष्ट्रिय टोलीमा डेब्यू गरेका छन्। आकाशले ९०औं मिनेटमा तेज तामाङको स्थान लिएका थिए। सातदोबाटो युथ क्लबबाट शीर्ष डिभिजनको लिग खेलेका आकाशलाई प्रशिक्षक अल्मुताइरीले डेब्यू गराएका हुन्।

नेपालको यू-१५, यू-१८, यू-१९ टोलीबाट खेलिसकेका आकाशले एन्फा एकेडेमीपछि यू-१८ ललित स्मृति भने एपीएफ क्लबबाट खेलेका थिए। मुख्य प्रशिक्षक अल्मुताइरीले देवेन्द्रले केही गल्ती गरे पनि धेरैबाट जोगाएको प्ररतिकृया दिए। ‘एसिया कप र विश्वकप छनोट २०२६ हाम्रो लागि महत्वपूर्ण हो। सबै खेलेका खेलाडीबारे भन्छु हरेकले मिस्टेकबाट सिक्छन्,’ उनले भने,‘देवेन्द्रले केही गल्ती गरे र धेरैबाट जोगाए पनि।’

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

दशरथ रंगशालामा नेपाल भर्सेस मरिसस भिडन्त [तस्बिरहरू]

मरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालले राम्रो खेलेको प्रतिक्रिया दिए। उनले आफूहरुको केही गल्तीको फाइदा नेपालले उठाएको स्वीकार गरे।

‘टफ म्याच भयो। नेपालले राम्रो खेल्यो। हाम्रो खेलाडीले राम्रो खेले। तर, हामी विपक्षी पर्खेर बस्यौं। हामीले नेपाललाई गोल गर्ने अवसर दियौं,’ उनले भने, ‘हामीले गोलको केही अवसर सिर्जना गरेका थियौं। तर, नेपालको गोलकिपरले राम्रो बचाउ गरे, हामीले गोल गर्न सकेनौं।’

उनका अनुसार यदि दोस्रो हाफको सुरुमा आफ्ना खेलाडीले गोल गरेको भए खेलको नतिजा फरक हुन सक्थ्यो। 'हामीले अढाइ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेका हौं। यसका लागि ४५ दिनको तयारी गरेका थियो। सायद राम्रो खेल खेल्यौं आज। पहिलो टोलीमा चार खेलाडी थिएनन्। त्यसले पनि केही असर गर्‍यो,’ फ्रान्कोइसले भने।

४७औं मिनेटमा मरिससका फर्नाडो ज्याकसनले गोलको अवसर गुमाएका थिए। उनको प्रहारलाई गोलरक्षक किरणले ड्राइभ गर्दै सहजै बचाए। मरिससका चार खेलाडीलाई कोरोना संक्रमण भएको छ। उनीहरु हाल आइसोलेसनमा रहेका छन्। उनीहरु मंगलबार हुने दोस्रो खेलमा मैदान उत्रिने छन्।

‘आजको खेलमा महत्वपूर्ण चार जना खेलाडीबिनै उत्रिएका थियौं। आगामी खेलमा उनीहरुलाई मैदानमा उतार्दा अझ खेल राम्रो हुनेछ,’ उनले भने,‘उनीहरुको उपस्थितिले खेल फरक पार्न सक्नेछ।’

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी
सम्बन्धित सामग्री
रोनाल्डोले छाडे पोर्चुगलको क्याम्प पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेपछि उनको अन्तर्राष्ट्रिय फुटबल करिअरबारे फेरि... बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित लिओनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि पहिलोपटक मैदानमा उत्रिएको अर्जेन्टिनाले बोलिभियामाथि सहज जित निकालेको... बिहीबार, असोज १५, २०८३
चेकविरुद्ध इङ्ल्यान्डको जित इङ्ल्यान्डले नेसन्स लिगमा चेक गणतन्त्रलाई २–० ले पराजित गरेको छ। प्रागमा भएको खेलमा घरेलु टोली २३औं मिनेटमै पाभेल शुल्च रातो कार्ड प... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्न: ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ बिहीबार, असोज १५, २०८३
‘ज्येष्ठ नागरिकलाई संरक्षणको मात्र होइन, ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ’: मन्त्री बादी बिहीबार, असोज १५, २०८३
हिमाल चढ्न ६९ देशका ६४८ आरोहीले लिए अनुमति बिहीबार, असोज १५, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्