काठमाडौं- अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न खेलमा नेपालले १-० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो।
नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन्। उनले खेलको ५५औं मिनेटमा मरिससका तीन जना डिफेन्डरलाई छक्याउँदै गोल गरे।
नेपालका लागि विजयी गोल गरेका विमलले 'म्यान अफ दि म्याच' अवार्ड पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।