फाइल तस्बिर
काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा कोभिड-१९ संक्रमण, शितलहरको अवस्था र सरकारले गरिब तथा अशक्तलाई तराईमा शितलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा, दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका छन्।
शनिबार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्य, डडेलधुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका हुन्।
त्यस्तै मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग पनि टेलिफोन वार्ता गरे।
त्यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगाना, रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैशी, म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जीवि राना, लमजुङकका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र पर्वतका प्रमुख जिल्ला अधिकारी पर्वतदेवी पाण्डे खत्रीसँग टेलिफोनमार्फत् जिल्लामा कोभिड-१९ संक्रमणको अवस्था, खोप लगाएकाको संख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिए।
गृहमन्त्री खाणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिडको अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शितलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणको कार्यबारे जानकारी लिएका हुन्।
सरकारले गत मंसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शितलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। उक्त निर्देशन कार्यान्वयनको अवस्थाबारे मन्त्री खाणले जानकारी लिएक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।