• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सम्झनामा एसएलसी

64x64
नेपाल लाइभ बिहीबार, असार १४, २०७५  ०१:४०
1140x725

मैले राम्ररी नपढेको भए पनि मेरो परिवार वा  म बाँचेको 8लाई  कुनै ठूलो चोट पुग्ने थिएन। किनकि केटाकेटी अवस्थामै लाहुर पसेका मेरा बा ले जीवनभरि सन्चो-बिसन्चो घरपरिवारलाई बताउन  एकसरो चिठी पनि छिमेकीलाई लेखाएर बिताउनुभयो। बा लाई बैंकबाट आफ्नो पैसा झिक्न फाराम अर्कालाई भराउनु पनि सामान्य नै लाग्यो।

यता मेरी आमा पनि औपचारिक शिक्षाबिना घर-गृहस्थी पार लाउने काममा सधैं फर्स्ट डिभिजन मार्नुहुन्थ्यो। सामान्य खेती-किसानीबाट ६-६ सन्तानको शिक्षा-दीक्षा, भरनपोषण, व्रतबन्ध-विवाह गरेर पनि हामीलाई घामपानीबाट जोगाउन एकतले पक्की घर समेत बनाउन भ्याउनुभएको थियो।

मभन्दा माथिका दिदी-दाजुहरुले पढाइको खेलामा गोल हान्न सक्नुभएन। त्यतिबेलाको माहोलमा गाउँघरमा 'म्याट्रिक' पास हुने विद्यार्थी कमै भेटिन्थे। छोराहरुको अलिकति पखुरा लागेपछि लाहुरतिर हानिन्थे। कतिले राम्रै अवसर पाएर आफ्नो भविष्य बनाउँथे त कतिले सधैं अर्काको गुलामी गरेरै लाहुरमै जीवन गुजार्थे। जे-जस्तो भए पनि पैसा नदेखेको घरले तिनै छोराहरुको पसिनाको कमाइ धेरथोर पाउँथ्यो।

अर्कोतिर, छोरीहरु छिटै विवाह गरी घरजमतिर लाग्नुपर्थ्यो। परिवारको दु:ख-सुखको ठूलो हिस्सा तिनै छोरीले नै पार लगाइदिनुपर्थ्यो। जस्तो: मेरा बा ले परदेशबाट महिनाको ६ सय भए पनि घरलाई पठाउनुहुन्थ्यो, त्यही पैसाले  आमाले जेनतेन घर सम्हाल्नुहुन्थ्यो। यसरी नै चल्थ्यो अरुहरुको पनि जिन्दगी। त्यस माहोलमा  सुखको असली रुप के हो भन्ने कसैलाई मतलब थिएन। आफ्नो काम गर्‍यो, दु:ख गरेर खाई-नखाई भए पनि जीवन गुजार्‍यो। मीठो-मसिनो त परको कुरा, पेटभरि खान पाउनु नै ठूलो कुरा थियो। त्यतिमै खुसी हुनुपर्थ्यो, मान्नुपर्थ्यो।   

मलाई बा-आमाले पढ्नुपर्छ भनेर कहिल्यै दबाव दिनुभएन। बा त सधैंको परदेशी। कहिले ६ महिनामा, कहिले वर्ष दिनमा घर आउनुहुन्थ्यो, १५ दिनको बिदा लिएर। आधी बिदा त भारतको आसामबाट आउँदा-जाँदा बाटोमै सकिन्थ्यो, आउन तीन दिन र जान तीन दिन।

हामीसँग सात दिन बसेर बा फेरि लाहुर फर्कनुहुन्थ्यो। मलाई बा को माया र बा हुनुको मजा बाले ल्याइदिने मिठाई र सिङ्गो नरिवलमा मिल्थ्यो। बा गएपछि पनि नरिवलको टुक्रा भाँचेर आमाले मलाई दिइराख्नुहुन्थ्यो। त्यसले पनि बा मेरो सम्झनामा बसिराख्नुहुन्थ्यो।

हामी घरमा सधैं आमासँग मात्रै भयौं। आमाकै जोडबलले दाइ-दिदीले पढनुहुन्थ्यो। नत्र पढ्ने रुचि खासै थिएन। आमालाई बा ले पठाउने चिठी दाइ-दिदीहरुले पढेर सुनाउनुहुन्थ्यो। चिठी पढाउन र लेखेर पठाउन छिमेकी गुहार्नु नपरेकोमा आमा त्यसैमा खुसी हुनुहुन्थ्यो। कहिलेकाहीँ दाइ-दिदी कक्षामा फेल हुँदा भने निरास भएर भन्नुहुन्थ्यो, 'तिमीहरु पनि हामी जस्तै हुने भयौ, औंठाछाप।'

मेरो हकमा भने अर्कै भैदियो। मलाई पढाइमा विशेष रस लाग्थ्यो। म गाउँकै स्कुलमा पढ्थेँ।

Ncell 2
Ncell 2
nimb
nimb

पाँच कक्षासम्म पढाइ हुने त्यो स्कुलमा पक्की छतसहितका तीन वटा कोठा थिए। बाँकी दुई कोठामा छत थिएन। बजेट आएपछि ढलान गर्ने भन्दाभन्दै कैयौ वर्षसम्म उस्तै थियो। एक कक्षाका हामी त्यही ढलान नभएको कोठामा पढ्थ्यौं। बस्नलाई डेस्क-बेन्च थिएनन्। बस्नलाई हामी बोरा बोकेर जान्थ्यौं। पानी आउँदा हामी ढलान भएतिर बरण्डामा सर्थ्यौं।

जाडो महिनामा पूरै कक्षा चौरमै पढाइ हुन्थ्यो। आमाले मलाई बस्नलाई राम्रो बोरा दिनुहुन्थ्यो, चामलको। त्यो बोरा पट्याएर झोलामा किताबसँगै राख्न पनि सजिलो हुन्थ्यो। कहिलेकाहीँ त म स्कुलबाट फर्कनेबित्तिकै बोरालाई पट्याएर खाटको खुट्टामुनि राखिदिन्थे। त्यसले गर्दा अर्को दिन स्कुल जाँदा त्यो बोरा राम्ररी पट्टिएर झोलामा सजिलै अटाउँथ्यो।

मैले शिशु कक्षा पढिनँ। हाम्रो पहाड गाउँ स्याङ्जामा स्कुल थिएन। सानो भएकाले टाढाको स्कुल मलाई पठाउनुभएन आमाले। पछि हामी तराई झर्‍यौं। म ६ वर्षमा एक कक्षा भर्ना भएको थिएँ, रुपन्देहीको श्री बरवालिया प्राथमिक विद्यालयमा।

एक कक्षादेखि नै म पढ्नमा राम्रो थिएँ। आमाले मलाई राम्रो स्लेट र राम्रो खाले चक किनिदिनुहुन्थ्यो। कक्षामा चकले स्लेटमा नै लेखेर पढिन्थ्यो। एक कक्षामा म प्रथम भएँ, स्कुल प्रथम पनि। कक्षामा प्रथम भए बापत मैले राम्रो कापी र पेन्सिल पुरस्कार पाएँ। स्कुल प्रथम भएकोमा चाहिँ मोटो नोटबुक पाएको थिएँ। त्यही नोटबुक पाउन अर्को वर्ष पनि मिहिनेत गरेँ। दुई कक्षामा पनि म कक्षासँगै स्कुल प्रथम भएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसरी पहिला पुरस्कारको लोभले राम्ररी पढेँ। पछि-पछि त मलाई पढाइको लत बस्यो। त्यसले पनि म कक्षामा कहिल्यै दोस्रो भइनँ। मेरो पढाइलाई चाहिने कापी-कलम मैले पाउने पुरस्कारबाटै पूर्ति हुन्थ्यो।

पछि सात कक्षासम्म भयो हाम्रो स्कुल। सात कक्षा पास भएपछि म रुपन्देहीकै अर्को स्कुल श्री गौतमबुद्ध माविमा आठ कक्षा भर्ना भएँ। त्यो सरकारी स्कुल पाँच किलोमिटर जति टाढा  थियो। गाउँमा हुनेखानेहरुका छोराछोरीहरु बोर्डिङ स्कुल पढ्न जान्थे। तिनीहरुलाई ल्याउन-पुर्‍याउन हाम्रो गाउँमै स्कुलबस आउँथ्यो। त्यो सरकारी स्कुलमा पढ्न जानेहरु प्राय: पैदल हिँडेर जान्थे।

मलाई आमाले पुरानो साइकल किनिदिनुभएको थियो। स्कुल जाँदा साइकलको चेन फुस्किरहन्थ्यो। घरिघरि चेन मिलाउँदैमा हैरान भइन्थ्यो। तैपनि तराईको गर्मीमा घामले सेकिएर हिँड्नुभन्दा त त्यही साइकल नै ठीक थियो।   

हामी त्यस स्कुलमा नयाँ थियौं। गाउँको स्कुलबाट म प्रथम भएर आएको थिएँ। त्यस स्कुलमा सात कक्षाबाट प्रथम, दोस्रो र तृतीय हुनेहरु पनि थिए। म तिनीहरुका लागि कडा चुनौती भएर आएको थिएँ। मलाई पढ्नुमा बेग्लै मजा मिल्थ्यो।

स्कुल छुट्टी भएर घर पुगेपछि मेरो काम हुन्थ्यो, गाई-भैंसी चराउने। मैले कोदालो खन्ने, घाँस काट्ने, खेतीबाली रोप्ने वा काट्ने गर्नुपर्दैनथ्यो। ती काम दाइ, दिदी र भाउजूले गर्नुहुन्थ्यो। घरको सबैभन्दा सानो भएकाले पनि ती काम मैले गर्नुपर्दैनथ्यो। मेरो काम खालि पढ्नु र छुट्टीमा गाई भैंसी चराए हुन्थ्यो।

म फुटबल खेल्न पनि एकदम मन पराउँथेँ। तराईका समथर खेतमा गाई-भैंसी चराउँदा चराउँदै हामी फुटबल खेल्थ्यौं। पहिले-पहिले मोजाको भकुण्डो बनाएर खेल्थ्यौं। पछि-पछि पैसा जम्मा गरेर सस्तो फुटबल किनेर खेल्यौं।

साँझमा घरमा खाना खाएपछि आमा सुत्नुहुन्थ्यो। दाइ-दिदी पल्लो टोलमा टेलिभिजन हेर्न जानुहुन्थ्यो। त्यतिबेला गाउँमा एक-दुई घरमा सादा टेलिभिजन हुन्थ्यो। टेलिभिजन कि त धनी घरानामा हुन्थे कि दाइजोमा ल्याइएका हुन्थे। त्यसबेला हिन्दी धारावाहिकको निकै चर्चा गर्नुहुन्थ्यो दिदी-दाइले।

मेरो काम चाहिँ खाना खाएपछि पढ्ने हुन्थ्यो। मध्यरातसम्म पढ्थेँ। कोठामा गर्मी हुन्थ्यो। बिजुलीबाट चल्ने पंखा हामीसँग थिएन। त्यसैले धेरैजसो घरको छतमा बत्ती लगेर पढ्ने गर्थेँ। हामी गर्मीमा पक्कीघरको छतमा नै बिस्तरा लगाएर सुत्थ्यौं। छतमा सुत्दा लामखुट्टेको टोकाइ पनि कम हुन्थ्यो।

मध्यरातसम्मको मेरो त्यतिबेलाको दैनिक पढाइबारे हाम्रो छिमेकमा सधैं चर्चा हुन्थ्यो। मलाई आफ्नो पढाइ अति नै प्यारो थियो। फलस्वरुप म नयाँ स्कुलमा कक्षा आठमा पनि प्रथम नै भएँ। मेरो पढाइको लगन झन् बढ्दै गयो। नौ र दस कक्षामा पनि मेरो प्रथम हुने क्रम जारी रह्यो।

एसएलसी परीक्षाको तयारीको बेला थियो। कक्षाका सबै विद्यार्थी कोचिङ र ट्युसन पढन थाले। मैले एकदिन कोचिङ क्लास पढ्ने विषयमा सरलाई सोधेँ। सरले भन्नुभयो, 'तिमीले पढ्नुपर्दैन। तिमीलाई सबै आउँछ।'

तर, मेरो मनमा एलएलसीमा राम्रो नम्बर ल्याउनुपर्छ भन्ने कुरा बसिरहेको थियो। त्यसैले केही साथीसँग मिलेर हामीले नयाँ शिक्षकको खोजी गर्‍यौं। हामीलाई गणित र ऐच्छिक गणित ट्युसन पढ्नु थियो। बुटवलको एउटा राम्रो बोर्डिङ स्कुल पढाउने सर भेटिनुभयो। चार बजेपछि हामीले उहाँसँगै दुई महिना ट्युसन पढ्यौं। उहाँले कुनै हालतमा पनि प्रश्नको उत्तर दिनेगरी तरिका सिकाउनुभयो। आफूले जानेको ज्ञान त छँदैथियो।

एसएलसी परीक्षा दिएँ। राम्रै भयो। परीक्षाको रिजल्ट आउँदा मेरो स्कुलका सरहरु दंग हुनुहुन्थ्यो। किनकि मैले स्कुलको त्यसबेलासम्मकै इतिहासमा सर्वाधिक अंक ल्याएको रहेछु।

म पनि फुरुंग थिएँ। सबैभन्दा बढी खुसी त आमा हुनुभयो। मैले त्यही अवसरमा गाउँभरि मिठाई बाँडेँ। मलाई बधाई दिने र अबीर मालाले रङ्याउन पूरा गाउँ उठ्यो। त्यो देख्दा आमा मभन्दा बढी खुसीको रङमा रङ्गिनुभयो।

एसएलसीपछि मलाई विज्ञान विषय पढ्नु थियो। गाउँमा एक जना पढेलेखेकामध्येका मास्टर दाइकै सल्लाहमा पाल्पा तानसेनको त्रिभुवन बहुमुखी क्याम्पसमा विज्ञान विषयमा भर्ना भएँ।

पढ्दै जाँदा पछि-पछि अप्ठ्यारा बाटोहरु थाहा हुँदै गयो। आइएससीमा समेत मैले प्रथम स्थान हासिल गरेँ। त्यसले मलाई झन् आत्मविश्वास दिलायो। बा-आमाले मेरो खर्चको जोहो मिलाउदै जानुभयो। मैले पढि नै राखेँ।

आमाले पढाइमा मेरो आत्मविश्वासको सधैं प्रशंसा गर्नुहुन्थ्यो। उहाँले मलाई पढाइको महत्त्व बताउन थाल्नुभएको थियो। आमाको मनमा पढाइप्रतिको महत्त्व कति थियो भन्ने कुरा त मैले पछि थाहा पाएँ।

म १२ कक्षा सकेर काठमाडौं आउँदा बाले एक वर्षमा कमाएर ल्याएको १५ हजार रुपैयाँ अलिकति पनि घर खर्च नराखी मलाई दिँदै आमाले भन्नुभएको थियो, 'ला, यो पैसा। राम्ररी पढाइको तयारी गर्नू। पैसा त पछि आइहाल्छ नि। पहिला पैसा आउने बाटो बनाउनुपर्छ। एक वर्षको तेरो बा को कमाइ जति त तैले एकै महिनामा कमाउँछस् पछि।'

त्यो घटना मेरो लागि अगाडि बढ्ने एउटा खुड्किलो बन्यो। त्यही पैसाले डाक्टरी पढ्न इन्ट्रान्स कक्षा भर्ना भएँ।

मैले एसएलसी दिँदा जसरी पढ्थेँ, उसैगरी लगावका साथ पढि नै राखेँ। एसएलसी पढ्दा पछि के बन्छु भन्ने मलाई थाहा थिएन। आइएससी दिँदा म के बन्छु भनेर मैले भन्न सक्दिनथेँ। तर, मैले एसएलसी वा आइएससीमा धेरै राम्रो गर्नुछ भन्थेँ।

आफूले टेकेको खुड्किलो पहिला राम्ररी पार गर्नुपर्छ। त्यही विश्वासले म आखिर सामान्य परिवारबाट पनि सरकारी छात्रवृत्तिमा नाम निकालेर डाक्टर भएँ।

फर्केर हेर्दा एसएलसी त पहिलो खुड्किलो रहेछ। यात्राको सुरुवात पो रहेछ।  

- तिलोत्तमा -१७ , रुपन्देही।  

प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  ०१:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्