• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
शनिबार सिनेमा

पुरुष यौनाङ्गको विपक्षमा जब १६ वर्षीया किशोरीले विद्रोह गर्छिन्

64x64
युवराज भट्टराई शनिबार, माघ ८, २०७८  ११:०५
1140x725

काठमाडौं– टासी ग्यालसेन भुटानी निर्देशक हुन्। पत्रकारिताबाट आफ्नो करिअर सुरु गरेका उनले केही समय फिल्म निर्माण कम्पनीमा काम गरेपछि फिल्म बनाउन सुरु गरेका थिए। पहिलो फिल्म ‘अ फर्गटन स्टोरी’बाट निर्देशन यात्रा थालेका उनले त्यसपछि ‘रेड ट्राइलोजी'को निर्देशन सुरु गरेका थिए। जसअन्तर्गतको पहिलो फिल्म ‘गर्ल विथ द रेड स्काई’मा एड्स रोगबाट ग्रसित युवतीको कथा प्रस्तुत छ भने दोस्रो फिल्म ‘द रेड डोर’मा मृत्यु र पुनर्जन्मको कथालाई प्रस्तुत गरिएको छ।

ट्राइलोजीको तेस्रो फिल्म ‘द रेड फाल्लस’ भने अघिल्ला दुई फिल्मभन्दा नितान्त फरक छ। पहिलेका दुई फिल्म लघु चलचित्र थिए। यो फिल्म फिचर फिल्म हो। ग्यालसेनले डेब्यू गरेको यो फिल्मले उनलाई विश्वभरका भुसान फिल्म फेस्टिभलसँगै अन्य थुप्रै प्रतिष्ठित फिल्म महोत्सवहरुमा स्थान दिलायो। जसको परिणामस्वरुप ग्लालसेन भुटानका नयाँ पुस्ताका निर्देशकहरुमा कलात्मक अपनत्व बोकेका निर्देशकको रुपमा परिचित हुन पुगे।

यो लेख उनको पछिल्लो र ‘रेड ट्राइलोजी’को तेस्रो फिल्म ‘द रेड फाल्लस’बारे रहेको छ।

मध्य भुटानको ग्रामीण उपत्यका फोब्जिकामा साङ्‍गे आफ्नो विदुर बुबासँग बस्छिन्। १६ वर्षकी उनी विद्यालय त जान्छिन्। तर, आफ्नो उमेरका अरुभन्दा उनको पढाइ निकै ढिलो छ। उनका बुबा एपी अत्सारा चर्चित शिल्पकार हुन्। वार्षिक रुपमा गाउँमा हुने त्सेचुपर्वमा उनी २० वर्षदेखि अत्सारा (लाखेजस्तै मुखुण्डो लगाएर प्रस्तुत हुने व्यक्ति)को रुपमा प्रस्तुत हुँदै आएका छन्।

साङ्‍गे र उनका बुबाको जीवन ठीक विपरीत छ। वयस्क अवस्थाकी साङ्‍गे आफ्नो अन्तर्मन र बाहिरी वातावरणबीचमा आफूलाई खोजिरहेकी हुन्छिन्। अर्कातिर, उनका बुबा आफूले दुई दशकदेखि निरन्तर बचाइरहेको अत्सारा बन्ने परम्पराबाट छुट्कारा पाउन चाहन्छन्। अब उनी छोरी वा अरु कसैलाई यो भूमिकामा राख्ने सोचमा हुन्छन्। 

अत्साराको अर्को विशेषता उनको शिल्प कला हो। जसमा मुख्यगरी उनी काठको ‘फाल्लस (पुरुष यौनाङ्‍ग)’ बनाउनमा पारङ्‍गत हुन्छन्। फोब्जिकाको स्थानीय परम्पराअनुसार फाल्लसलाई घर वा कुनै ठाउँमा हुने पूजाआजामा झुण्ड्याएमा नराम्रा आत्माहरुले प्रवेश गर्न पाउँदैनन्।

सुस्त गतिमा कथा भन्ने फिल्मले १६ वर्षीया साङ्‍गेको मनोविज्ञानले देखेको समाजको कथा भन्छ। एकातिर बुबाले अपनाएको पेसा र उनले बनाउने शिल्पकलालाई लिएर साङ्‍गेमाथि व्यंग्य हुन्छन्। पुरुषहरुको प्रभूत्व रहेको सामाजिक प्रणालीमा महिलाको मनोविज्ञानलाई चित्रण गर्ने दृश्यहरु छन्। उनी बुबाको पेसाप्रतिभन्दा बढी समाजमा भएको पितृसत्तात्मक प्रणालीप्रति बढी दुःखित हुन्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो अन्तर्मन र यथार्थबीचको द्वन्द्वात्मक अवस्थाबाट गुज्रिरहेकी साङ्‍गे गाउँकै पासासँग प्रेम सम्बन्धमा हुन्छिन्। यस्तो प्रेम सम्बन्ध, जसमा पनि समाजको पुरुषप्रधान सोच र प्रणाली हाबी भएको हुन्छ। आफ्नी श्रीमती र सन्तान हुँदाहुँदै पनि पासा साङ्‍गेसँगको सम्बन्धमा हुन्छ। 

एकातिर समाजको अवस्था। अर्कातिर उनी वरिपरिका पुरुषले उनीप्रति गर्ने व्यवहारका कारण आफू कमजोर भएको मनोविज्ञानबाट गुज्रिरहन्छिन् साङ्‍गे। उनी आफ्नो कल्पनामा ती कुराहरु देख्छिन्, जुन उनी हुन चाहन्छिन्। तर, कल्पनामा पनि उनलाई पुरुषप्रधान प्रणाली र पितृसत्तात्मक समाजको स्थापित मान्यताले छाड्दैन्। उनलाई यथार्थमा पनि बुबाले गर्ने पेसाका कारण जिस्काइन्छ। विद्यालयका कालोपाटीमा लिङ्‍गको चित्र कोरेर उनीमाथि व्यंग्य गरिन्छ। कल्पनामा पनि अत्साराको भेषमा हातमा रातो रंग लेखिएका काठका लिङ्‍ग आकारका शिल्पहरु बोकेका आकृतिले उनलाई पछ्याइरहन्छन्।

फिल्मले यही अवस्थाबीच साङ्‍गेले कसरी त्यो प्रणालीसँग जुध्छिन् भन्ने भाष्यलाई स्थापित गरेको छ। रुढिवादी परम्पराको उपजको रुपमा रहेको सामाजिक प्रणाली र आफूभित्रको अवचेतन चाहनाले उनलाई मार्गनिर्देशन गरिरहेका हुन्छन्। जसले उनलाई यो प्रणालीविरुद्धमा कदम चाल्न र आफू अरुले भनेजस्तो कमजोर नभएको प्रस्तुत गर्न सघाउँछन्।

पितृसत्तात्मक प्रणालीको विपक्षमा
भुटानका ग्रामीण भेगहरुमा पुरुष यौनाङ्‍ग (लिङ्‍ग)लाई सम्मान र ईश्वरसँग जोडेर हेरिन्छ। अंग्रेजी शब्द ‘फाल्लस’को अर्थ उत्तेजित अवस्थाको लिङ्‍ग हुन्छ। यो शब्दलाई मुख्यगरी पुरुष दमन र पितृसत्तात्मक प्रणालीको शक्तिलाई बुझाउन प्रयोग गरिन्छ। फिल्मको नाममै यो शब्दको प्रयोग गरेर निर्देशक ग्यालसेनले पितृसत्ताले गर्ने शासनलाई प्रस्तुत गर्न खोजेका छन्।

Xtrem

Xtrem

साढे एक घण्टाको फिल्ममा साङ्‍गेबाहेक सबै मुख्य पात्र पुरुष छन्। फिल्मको नामजस्तै यी पुरुष पात्रहरुले समाजमा स्थापित पितृसत्तात्मक प्रणालीलाई वकालत गरेका छन्। जसको दमन वा मारमा साङ्‍गे परेकी हुन्छिन्।

बुद्ध धर्ममा एउटा व्यक्तिको जन्मपछि उसले ज्ञान प्राप्त गर्ने विश्वास गरिन्छ। तर, यथार्थ धर्मको मान्यताभन्दा ठीक विपरीत हुन्छ। मानिस हुर्कंदै जाँदा आफूसँगै अन्यलाई नष्ट गर्ने सोचले ग्रसित हुन्छ। एक अर्कालाई मार्नेदेखि बलात्कार गर्नेसम्मका विषयलाई समाजले स्थापित गरिरहेको हुन्छ। ‘द रेड फाल्लस’ यही सोचको विपक्षमा छ। यहाँ अमानवीयतालाई पितृसत्तासँग जोडेर हेरिएको छ।

फिल्मको नाममा समावेश गरिएको उत्तेजित लिङ्‍ग र शिल्पकलामार्फत् उत्पादित काठको लिङ्‍गले मानवतालाई जिस्काइरहन्छ। समाजमा स्थापित पितृसत्तात्मक प्रणालीको वकालत गरिरहन्छ। र, एउटी युवतीको माध्यमबाट यी कुराहरुले कसरी मानवता र विश्वलाई ग्रसित बनाइरहेको छ भन्ने प्रस्तुत गरेको छ।

भुटानका ग्रामीण भेगमा लिङ्‍गलाई खराब आत्मा भगाउन प्रयोग गरिने चलनदेखि लिङ्‍गले महिलामाथि गर्ने शासनको विषयमा फिल्मले बोलेको छ। नयाँ घरको पूजा गर्दा होस् वा कुनै शुभ कार्यमा होस्। जसरी काठका लिङ्‍गहरुको प्रयोगबाट समृद्धि र सुख, शान्ति आउने सोच स्थापित भएको छ, त्यसले पुरुष प्रभूत्व रहेको प्रणालीलाई झन् वकालत गरिरहेको हुन्छ।

यी सबैबीच फिल्ममा साङ्‍गे भने आफू वरिपरिको यथार्थसँग जुधिरहेकी हुन्छिन्। पासा, जोसँग उनी सम्बन्धमा हुन्छिन्, त्यसमा स्पष्टता हुँदैन। पासाले साङ्‍गेलाई आफ्नो पुरुषत्वकै आधारमा प्राप्त गर्न खोजिरहेको हुन्छ। ‘थिम्पु गएर काम गर्ने र आफूले पाल्ने’देखि घरमा श्रीमती हुँदाहुँदै साङ्‍गेलाई श्रीमती बनाउने पासाको सोच हुन्छ। जब सोच अनुकूल हुँदैन, पासा आफ्नो पुरुषार्थकै प्रयोग गर्छ। साङ्‍गेको बलात्कार गरी उसलाई आफ्नो बनाउन खोज्छ।

फिल्मभर साङ्‍गे एउटा महिलाले पुरुष प्रभूत्व रहेको समाजमा कसरी जीवन बाँच्छिन्, त्यसरी नै बाँचेकी छिन्। अन्योल मनसायबीच यी सबैबाट भाग्ने सोच पनि नआएको होइन उनलाई। तर, त्यो सोचविपरीत यथार्थबाट भाग्नुको सट्टा उनी विद्रोहको बाटो रोज्छिन्। फिल्मको क्लाइमेक्समा मात्रै उनी यी सबैसँग विद्रोह गर्छिन्। विद्यालयमा उनलाई कमजोर भन्ने शिक्षक र बुबा, निरीह ठान्ने पासा र नबुझ्ने समाजको विपरीत विद्रोह गर्छिन्। पासामाथि आक्रमणदेखि घरमा बुबाले तयार पारेका काठका ‘फाल्लस’हरुलाई टुक्रा-टुक्रा पार्नेसम्म गर्छिन्।

काठका लिङ्‍गहरु टुक्रिनुले समाजका स्थापित पितृसत्तात्मक प्रभूत्वविरुद्धको क्रान्तिलाई विम्बात्मक रुपमा देखाइएको छ। 

बौद्ध दर्शन र कर्मको प्रतिफल
फिल्मका मुख्य पात्रहरु दुई धारका छन्। साङ्‍गे र उनका बुबा परम्परा र धर्मको विषयलाई लिएर अघि बढिरहेका छन्। मान्यताअनुसार उनीहरु सन्त हुन्। अर्कातिर, मासु व्यापारी पासा र उसको परिवार ठीक विपरीत छ। उनीहरुलाई खराब आत्मा (प्रेत आत्मा)सँग जोडेर हेरिन्छ।

भुटानमा धार्मिक हिसाबले थेरावादअन्तर्गतको बौद्ध धर्म मान्नेहरु धेरै छन्। जसअनुसारको दर्शनमा उनीहरु कर्ममाथि विश्वास गर्छन्। निर्देशक ग्यालसेनले ‘रेड ट्राइलोजी’को पहिलो फिल्म ‘गर्ल विथ अ रेड स्काई’मा पनि कर्मको विषयलाई समावेश गरेका थिए। ‘द रेड फाल्लस’मा यो थप विस्तृत रुपमा छ।

थेरावादअन्तर्गत कुनै पनि किसिमको जीवजन्तुको हत्या गर्नेलाई आरोपी र पापको भागिदार मानिन्छ। तर, कतैबाट किनेर वा कसैले दिएर मासु खानेलाई त्यो पापको भागिदार मानिँदैन। पापको भागिदार त्यही हुन्छ, जसले हत्या गर्छ।

कसाईं समुदायको पासा आफूले हत्या गरिरहेको हुन्छ। उसको पुर्खा नै यही पेसामा हुन्छ। अर्कातिर, साङ्‍गेको बलात्कार उसले गरेको अर्को कर्म हुन्छ। यी सबैको परिणामस्वरुप ऊ कर्मअनुसारको फल भोग्न पुग्छ। साङ्‍गेले आफ्नो बलात्कार भएको भोलिपल्ट उसलाई निर्मम रुपमा आक्रमण गर्छिन्। 

ठीक विपरीत साङ्‍गे र उनका बुबा सन्तहरुको रुपमा रहेका हुन्छ्न्। उनीहरु आफूले गरेको कर्मको प्रतिफलको रुपमा सम्मान पाइरहेका हुन्छन्। तर, उनीहरु जुन परम्पराअनुसार सन्त र ईश्वर नजिक भएको ठान्छन्, त्यो साङ्‍गेका लागि भने असहनीय हुन्छ। महिलालाई वस्तुकरण र पुरुष लिङ्‍गलाई शक्तिको रुपमा प्रस्तुत गर्ने धार्मिक मान्यताको विपरीत गएर उनी उभिन्छिन्। बुबाले बनाएका सम्पूर्ण काठका लिङ्‍गहरुलाई टुक्रा-टुक्रा बनाउनु यसैको परिणाम हुन्छ।

आफ्नो सामुन्ने पासासँग भागेर उसकै शासनमा बाँकी जीवन बिताउने वा बुबाकै बाटोमा हिँडेर जीवनभर काठका लिङ्‍गहरु खिप्दै खराब आत्माहरु भगाएर सुख, शान्ति ल्याउन तिनीहरु बाँड्दै हिँड्ने भन्ने दुई विकल्पबीच साङ्‍गे कुनै छान्दिनन्। उनी दुवैको विपरीत जान्छिन्। स्वतन्त्रताको पक्षमा जान्छिन्। 

०००

फिल्ममा समाजमा रहेको मूल्य, मान्यता, महिलामाथिको दमनलगायतका विषयलाई निर्देशक ग्यालसेनले प्रत्यक्ष रुपमा नभनेर दृश्यहरुमार्फत् बताएका छन्। ग्रामीण भेगमा परम्परा र आधुनिकताबीचको विरोधाभाष पनि यसरी नै सांकेतिक रुपमा प्रस्तुत हुन्छ। सुस्त गतिमा बग्ने फिल्मको कथा मुलधारका व्यावसायिक फिल्म हेर्नेका लागि पट्यारलाग्दो हुनसक्छ। तर, कलात्मक फिल्म मन पराउनेका लागि ‘द रेड फाल्लस’ सुन्दर अनुभव हुन्छ।

फोब्जिकाका हरिया परिदृश्यहरु, टाँगिएका लुङता र धर्ज्युसँगै पहाडी भेगको दृश्यले फिल्ममा भुटानको स्थानीय स्वाद दिलाउँछ। नेपाली दर्शकका लागि फिल्मको कथा मात्रै नभएर यी दृश्यहरु पनि आफ्नो ठाउँका जस्तो लाग्छन्। निर्देशक ग्यालसेनले कथालाई तहगतरुपमा प्रस्तुत गरेका छन्। जसले फिल्मका पात्रहरुलाई क्रमबद्ध बनाउनेसँगै कथालाई अघि बढाउन सघाउँछ। आघातग्रस्त साङ्‍गेको कथा र उसले यो प्रणालीमा भोग्नु परेको स्वअस्तित्वको अभावले निम्त्याएको परिस्थितिलाई फिल्ममा देखाइएको छ।

फिल्मका सबै कलाकार नयाँ हुन्। निर्देशकले नयाँ कलाकारको काँचो अनुभवलाई निखारेर प्रस्तुत गरेका छन्। साङ्गे‍को भूमिकामा छिरिङ उदेन, एपी अत्साराको भूमिकामा दोर्जी ग्यालसेन र पासाको भूमिकामा सिङ्‍गेले अभिनय गरेका छन्।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन अभिनेता नाना पाटेकरको निधनको खबर सुनेपछि नेपाली अभिनेता विजय बरालले आफू स्तब्ध भएको बताएका छन्। बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा भारतीय चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता... बिहीबार, असोज २२, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान सुरेश श्यामलाल गुप्ताका अनुसार मुश्ताक खानलाई पाँच वर्षअघि फोक्सोको क्यान्सर भएको थियो। उपचारपछि उनी निको भएका थिए। तर करिब दुई साता... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्