• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर १२, २०८२ Fri, Nov 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
शनिबार सिनेमा

पुरुष यौनाङ्गको विपक्षमा जब १६ वर्षीया किशोरीले विद्रोह गर्छिन्

64x64
युवराज भट्टराई शनिबार, माघ ८, २०७८  ११:०५
1140x725

काठमाडौं– टासी ग्यालसेन भुटानी निर्देशक हुन्। पत्रकारिताबाट आफ्नो करिअर सुरु गरेका उनले केही समय फिल्म निर्माण कम्पनीमा काम गरेपछि फिल्म बनाउन सुरु गरेका थिए। पहिलो फिल्म ‘अ फर्गटन स्टोरी’बाट निर्देशन यात्रा थालेका उनले त्यसपछि ‘रेड ट्राइलोजी'को निर्देशन सुरु गरेका थिए। जसअन्तर्गतको पहिलो फिल्म ‘गर्ल विथ द रेड स्काई’मा एड्स रोगबाट ग्रसित युवतीको कथा प्रस्तुत छ भने दोस्रो फिल्म ‘द रेड डोर’मा मृत्यु र पुनर्जन्मको कथालाई प्रस्तुत गरिएको छ।

ट्राइलोजीको तेस्रो फिल्म ‘द रेड फाल्लस’ भने अघिल्ला दुई फिल्मभन्दा नितान्त फरक छ। पहिलेका दुई फिल्म लघु चलचित्र थिए। यो फिल्म फिचर फिल्म हो। ग्यालसेनले डेब्यू गरेको यो फिल्मले उनलाई विश्वभरका भुसान फिल्म फेस्टिभलसँगै अन्य थुप्रै प्रतिष्ठित फिल्म महोत्सवहरुमा स्थान दिलायो। जसको परिणामस्वरुप ग्लालसेन भुटानका नयाँ पुस्ताका निर्देशकहरुमा कलात्मक अपनत्व बोकेका निर्देशकको रुपमा परिचित हुन पुगे।

यो लेख उनको पछिल्लो र ‘रेड ट्राइलोजी’को तेस्रो फिल्म ‘द रेड फाल्लस’बारे रहेको छ।

मध्य भुटानको ग्रामीण उपत्यका फोब्जिकामा साङ्‍गे आफ्नो विदुर बुबासँग बस्छिन्। १६ वर्षकी उनी विद्यालय त जान्छिन्। तर, आफ्नो उमेरका अरुभन्दा उनको पढाइ निकै ढिलो छ। उनका बुबा एपी अत्सारा चर्चित शिल्पकार हुन्। वार्षिक रुपमा गाउँमा हुने त्सेचुपर्वमा उनी २० वर्षदेखि अत्सारा (लाखेजस्तै मुखुण्डो लगाएर प्रस्तुत हुने व्यक्ति)को रुपमा प्रस्तुत हुँदै आएका छन्।

साङ्‍गे र उनका बुबाको जीवन ठीक विपरीत छ। वयस्क अवस्थाकी साङ्‍गे आफ्नो अन्तर्मन र बाहिरी वातावरणबीचमा आफूलाई खोजिरहेकी हुन्छिन्। अर्कातिर, उनका बुबा आफूले दुई दशकदेखि निरन्तर बचाइरहेको अत्सारा बन्ने परम्पराबाट छुट्कारा पाउन चाहन्छन्। अब उनी छोरी वा अरु कसैलाई यो भूमिकामा राख्ने सोचमा हुन्छन्। 

अत्साराको अर्को विशेषता उनको शिल्प कला हो। जसमा मुख्यगरी उनी काठको ‘फाल्लस (पुरुष यौनाङ्‍ग)’ बनाउनमा पारङ्‍गत हुन्छन्। फोब्जिकाको स्थानीय परम्पराअनुसार फाल्लसलाई घर वा कुनै ठाउँमा हुने पूजाआजामा झुण्ड्याएमा नराम्रा आत्माहरुले प्रवेश गर्न पाउँदैनन्।

सुस्त गतिमा कथा भन्ने फिल्मले १६ वर्षीया साङ्‍गेको मनोविज्ञानले देखेको समाजको कथा भन्छ। एकातिर बुबाले अपनाएको पेसा र उनले बनाउने शिल्पकलालाई लिएर साङ्‍गेमाथि व्यंग्य हुन्छन्। पुरुषहरुको प्रभूत्व रहेको सामाजिक प्रणालीमा महिलाको मनोविज्ञानलाई चित्रण गर्ने दृश्यहरु छन्। उनी बुबाको पेसाप्रतिभन्दा बढी समाजमा भएको पितृसत्तात्मक प्रणालीप्रति बढी दुःखित हुन्छिन्। 

Ncell 2
Ncell 2

आफ्नो अन्तर्मन र यथार्थबीचको द्वन्द्वात्मक अवस्थाबाट गुज्रिरहेकी साङ्‍गे गाउँकै पासासँग प्रेम सम्बन्धमा हुन्छिन्। यस्तो प्रेम सम्बन्ध, जसमा पनि समाजको पुरुषप्रधान सोच र प्रणाली हाबी भएको हुन्छ। आफ्नी श्रीमती र सन्तान हुँदाहुँदै पनि पासा साङ्‍गेसँगको सम्बन्धमा हुन्छ। 

एकातिर समाजको अवस्था। अर्कातिर उनी वरिपरिका पुरुषले उनीप्रति गर्ने व्यवहारका कारण आफू कमजोर भएको मनोविज्ञानबाट गुज्रिरहन्छिन् साङ्‍गे। उनी आफ्नो कल्पनामा ती कुराहरु देख्छिन्, जुन उनी हुन चाहन्छिन्। तर, कल्पनामा पनि उनलाई पुरुषप्रधान प्रणाली र पितृसत्तात्मक समाजको स्थापित मान्यताले छाड्दैन्। उनलाई यथार्थमा पनि बुबाले गर्ने पेसाका कारण जिस्काइन्छ। विद्यालयका कालोपाटीमा लिङ्‍गको चित्र कोरेर उनीमाथि व्यंग्य गरिन्छ। कल्पनामा पनि अत्साराको भेषमा हातमा रातो रंग लेखिएका काठका लिङ्‍ग आकारका शिल्पहरु बोकेका आकृतिले उनलाई पछ्याइरहन्छन्।

फिल्मले यही अवस्थाबीच साङ्‍गेले कसरी त्यो प्रणालीसँग जुध्छिन् भन्ने भाष्यलाई स्थापित गरेको छ। रुढिवादी परम्पराको उपजको रुपमा रहेको सामाजिक प्रणाली र आफूभित्रको अवचेतन चाहनाले उनलाई मार्गनिर्देशन गरिरहेका हुन्छन्। जसले उनलाई यो प्रणालीविरुद्धमा कदम चाल्न र आफू अरुले भनेजस्तो कमजोर नभएको प्रस्तुत गर्न सघाउँछन्।

पितृसत्तात्मक प्रणालीको विपक्षमा
भुटानका ग्रामीण भेगहरुमा पुरुष यौनाङ्‍ग (लिङ्‍ग)लाई सम्मान र ईश्वरसँग जोडेर हेरिन्छ। अंग्रेजी शब्द ‘फाल्लस’को अर्थ उत्तेजित अवस्थाको लिङ्‍ग हुन्छ। यो शब्दलाई मुख्यगरी पुरुष दमन र पितृसत्तात्मक प्रणालीको शक्तिलाई बुझाउन प्रयोग गरिन्छ। फिल्मको नाममै यो शब्दको प्रयोग गरेर निर्देशक ग्यालसेनले पितृसत्ताले गर्ने शासनलाई प्रस्तुत गर्न खोजेका छन्।

साढे एक घण्टाको फिल्ममा साङ्‍गेबाहेक सबै मुख्य पात्र पुरुष छन्। फिल्मको नामजस्तै यी पुरुष पात्रहरुले समाजमा स्थापित पितृसत्तात्मक प्रणालीलाई वकालत गरेका छन्। जसको दमन वा मारमा साङ्‍गे परेकी हुन्छिन्।

बुद्ध धर्ममा एउटा व्यक्तिको जन्मपछि उसले ज्ञान प्राप्त गर्ने विश्वास गरिन्छ। तर, यथार्थ धर्मको मान्यताभन्दा ठीक विपरीत हुन्छ। मानिस हुर्कंदै जाँदा आफूसँगै अन्यलाई नष्ट गर्ने सोचले ग्रसित हुन्छ। एक अर्कालाई मार्नेदेखि बलात्कार गर्नेसम्मका विषयलाई समाजले स्थापित गरिरहेको हुन्छ। ‘द रेड फाल्लस’ यही सोचको विपक्षमा छ। यहाँ अमानवीयतालाई पितृसत्तासँग जोडेर हेरिएको छ।

फिल्मको नाममा समावेश गरिएको उत्तेजित लिङ्‍ग र शिल्पकलामार्फत् उत्पादित काठको लिङ्‍गले मानवतालाई जिस्काइरहन्छ। समाजमा स्थापित पितृसत्तात्मक प्रणालीको वकालत गरिरहन्छ। र, एउटी युवतीको माध्यमबाट यी कुराहरुले कसरी मानवता र विश्वलाई ग्रसित बनाइरहेको छ भन्ने प्रस्तुत गरेको छ।

भुटानका ग्रामीण भेगमा लिङ्‍गलाई खराब आत्मा भगाउन प्रयोग गरिने चलनदेखि लिङ्‍गले महिलामाथि गर्ने शासनको विषयमा फिल्मले बोलेको छ। नयाँ घरको पूजा गर्दा होस् वा कुनै शुभ कार्यमा होस्। जसरी काठका लिङ्‍गहरुको प्रयोगबाट समृद्धि र सुख, शान्ति आउने सोच स्थापित भएको छ, त्यसले पुरुष प्रभूत्व रहेको प्रणालीलाई झन् वकालत गरिरहेको हुन्छ।

यी सबैबीच फिल्ममा साङ्‍गे भने आफू वरिपरिको यथार्थसँग जुधिरहेकी हुन्छिन्। पासा, जोसँग उनी सम्बन्धमा हुन्छिन्, त्यसमा स्पष्टता हुँदैन। पासाले साङ्‍गेलाई आफ्नो पुरुषत्वकै आधारमा प्राप्त गर्न खोजिरहेको हुन्छ। ‘थिम्पु गएर काम गर्ने र आफूले पाल्ने’देखि घरमा श्रीमती हुँदाहुँदै साङ्‍गेलाई श्रीमती बनाउने पासाको सोच हुन्छ। जब सोच अनुकूल हुँदैन, पासा आफ्नो पुरुषार्थकै प्रयोग गर्छ। साङ्‍गेको बलात्कार गरी उसलाई आफ्नो बनाउन खोज्छ।

फिल्मभर साङ्‍गे एउटा महिलाले पुरुष प्रभूत्व रहेको समाजमा कसरी जीवन बाँच्छिन्, त्यसरी नै बाँचेकी छिन्। अन्योल मनसायबीच यी सबैबाट भाग्ने सोच पनि नआएको होइन उनलाई। तर, त्यो सोचविपरीत यथार्थबाट भाग्नुको सट्टा उनी विद्रोहको बाटो रोज्छिन्। फिल्मको क्लाइमेक्समा मात्रै उनी यी सबैसँग विद्रोह गर्छिन्। विद्यालयमा उनलाई कमजोर भन्ने शिक्षक र बुबा, निरीह ठान्ने पासा र नबुझ्ने समाजको विपरीत विद्रोह गर्छिन्। पासामाथि आक्रमणदेखि घरमा बुबाले तयार पारेका काठका ‘फाल्लस’हरुलाई टुक्रा-टुक्रा पार्नेसम्म गर्छिन्।

काठका लिङ्‍गहरु टुक्रिनुले समाजका स्थापित पितृसत्तात्मक प्रभूत्वविरुद्धको क्रान्तिलाई विम्बात्मक रुपमा देखाइएको छ। 

बौद्ध दर्शन र कर्मको प्रतिफल
फिल्मका मुख्य पात्रहरु दुई धारका छन्। साङ्‍गे र उनका बुबा परम्परा र धर्मको विषयलाई लिएर अघि बढिरहेका छन्। मान्यताअनुसार उनीहरु सन्त हुन्। अर्कातिर, मासु व्यापारी पासा र उसको परिवार ठीक विपरीत छ। उनीहरुलाई खराब आत्मा (प्रेत आत्मा)सँग जोडेर हेरिन्छ।

भुटानमा धार्मिक हिसाबले थेरावादअन्तर्गतको बौद्ध धर्म मान्नेहरु धेरै छन्। जसअनुसारको दर्शनमा उनीहरु कर्ममाथि विश्वास गर्छन्। निर्देशक ग्यालसेनले ‘रेड ट्राइलोजी’को पहिलो फिल्म ‘गर्ल विथ अ रेड स्काई’मा पनि कर्मको विषयलाई समावेश गरेका थिए। ‘द रेड फाल्लस’मा यो थप विस्तृत रुपमा छ।

थेरावादअन्तर्गत कुनै पनि किसिमको जीवजन्तुको हत्या गर्नेलाई आरोपी र पापको भागिदार मानिन्छ। तर, कतैबाट किनेर वा कसैले दिएर मासु खानेलाई त्यो पापको भागिदार मानिँदैन। पापको भागिदार त्यही हुन्छ, जसले हत्या गर्छ।

कसाईं समुदायको पासा आफूले हत्या गरिरहेको हुन्छ। उसको पुर्खा नै यही पेसामा हुन्छ। अर्कातिर, साङ्‍गेको बलात्कार उसले गरेको अर्को कर्म हुन्छ। यी सबैको परिणामस्वरुप ऊ कर्मअनुसारको फल भोग्न पुग्छ। साङ्‍गेले आफ्नो बलात्कार भएको भोलिपल्ट उसलाई निर्मम रुपमा आक्रमण गर्छिन्। 

ठीक विपरीत साङ्‍गे र उनका बुबा सन्तहरुको रुपमा रहेका हुन्छ्न्। उनीहरु आफूले गरेको कर्मको प्रतिफलको रुपमा सम्मान पाइरहेका हुन्छन्। तर, उनीहरु जुन परम्पराअनुसार सन्त र ईश्वर नजिक भएको ठान्छन्, त्यो साङ्‍गेका लागि भने असहनीय हुन्छ। महिलालाई वस्तुकरण र पुरुष लिङ्‍गलाई शक्तिको रुपमा प्रस्तुत गर्ने धार्मिक मान्यताको विपरीत गएर उनी उभिन्छिन्। बुबाले बनाएका सम्पूर्ण काठका लिङ्‍गहरुलाई टुक्रा-टुक्रा बनाउनु यसैको परिणाम हुन्छ।

आफ्नो सामुन्ने पासासँग भागेर उसकै शासनमा बाँकी जीवन बिताउने वा बुबाकै बाटोमा हिँडेर जीवनभर काठका लिङ्‍गहरु खिप्दै खराब आत्माहरु भगाएर सुख, शान्ति ल्याउन तिनीहरु बाँड्दै हिँड्ने भन्ने दुई विकल्पबीच साङ्‍गे कुनै छान्दिनन्। उनी दुवैको विपरीत जान्छिन्। स्वतन्त्रताको पक्षमा जान्छिन्। 

०००

फिल्ममा समाजमा रहेको मूल्य, मान्यता, महिलामाथिको दमनलगायतका विषयलाई निर्देशक ग्यालसेनले प्रत्यक्ष रुपमा नभनेर दृश्यहरुमार्फत् बताएका छन्। ग्रामीण भेगमा परम्परा र आधुनिकताबीचको विरोधाभाष पनि यसरी नै सांकेतिक रुपमा प्रस्तुत हुन्छ। सुस्त गतिमा बग्ने फिल्मको कथा मुलधारका व्यावसायिक फिल्म हेर्नेका लागि पट्यारलाग्दो हुनसक्छ। तर, कलात्मक फिल्म मन पराउनेका लागि ‘द रेड फाल्लस’ सुन्दर अनुभव हुन्छ।

फोब्जिकाका हरिया परिदृश्यहरु, टाँगिएका लुङता र धर्ज्युसँगै पहाडी भेगको दृश्यले फिल्ममा भुटानको स्थानीय स्वाद दिलाउँछ। नेपाली दर्शकका लागि फिल्मको कथा मात्रै नभएर यी दृश्यहरु पनि आफ्नो ठाउँका जस्तो लाग्छन्। निर्देशक ग्यालसेनले कथालाई तहगतरुपमा प्रस्तुत गरेका छन्। जसले फिल्मका पात्रहरुलाई क्रमबद्ध बनाउनेसँगै कथालाई अघि बढाउन सघाउँछ। आघातग्रस्त साङ्‍गेको कथा र उसले यो प्रणालीमा भोग्नु परेको स्वअस्तित्वको अभावले निम्त्याएको परिस्थितिलाई फिल्ममा देखाइएको छ।

फिल्मका सबै कलाकार नयाँ हुन्। निर्देशकले नयाँ कलाकारको काँचो अनुभवलाई निखारेर प्रस्तुत गरेका छन्। साङ्गे‍को भूमिकामा छिरिङ उदेन, एपी अत्साराको भूमिकामा दोर्जी ग्यालसेन र पासाको भूमिकामा सिङ्‍गेले अभिनय गरेका छन्।

प्रकाशित मिति: शनिबार, माघ ८, २०७८  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
बसिरको उत्कृष्ट ब्याटिङमा कर्णालीमाथि विराटनगरको रोमाञ्जक जित शुक्रबार, मंसिर १२, २०८२
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
पूर्वएआईजी पोखरेल रास्वपा प्रवेश, भने-‘रविमाथि भएको अन्यायविरुद्ध लड्न आएको हुँ’ शुक्रबार, मंसिर १२, २०८२
प्रियाङ्कको अर्धशतकमा कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य शुक्रबार, मंसिर १२, २०८२
पूर्व एआईजी पोखरेल रास्वपा प्रवेश शुक्रबार, मंसिर १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आधिकारिक पत्र नआएसम्म वार्तामा नबस्ने विशेष महाधिवेशन पक्षधरको निर्णय शुक्रबार, मंसिर १२, २०८२
आजदेखि एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, के के छन् विशेषता ? बिहीबार, मंसिर ११, २०८२
ट्रम्पद्वारा ‘तेस्रो विश्व’ आप्रवासन स्थगित गर्ने घोषणा शुक्रबार, मंसिर १२, २०८२
विधा भण्डारीको सन्देश : मलाई नेतृत्वले रोके पनि तपाईँहरूसँगै हुनेछु बिहीबार, मंसिर ११, २०८२
एनपीएल- पहिलो जीत हात पार्ने दाउमा जनकपुर र पोखरा बिहीबार, मंसिर ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त सोमबार, मंसिर ८, २०८२
आलोचनासँगै प्रधानमन्त्रीको सचिवालय २० बाट घटाएर अब जम्मा ६ जनामा सीमित बुधबार, मंसिर १०, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्