काठमाडौं– निर्वाचन आयोगले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादीका नेताले नेकपा एमालेमाथि कटाक्ष गरेका छन्।
नेकपा एकीकृत समाजवादीका तर्फबाट बैठकमा सहभागी रामकुमार भट्टराईले एमाले नेता विष्णु रिमाललाई लक्षित गर्दै कटाक्ष गरेका हुन्।
निर्वाचन आयोगको छलफलमा अन्य दलका नेताहरुले निर्वाचनसम्बन्धी थप कानुनहरु आवश्यक रहकाले त्यस्ता कानुनहरु बनाउनुपर्ने विषय उठाएका थिए।
कानुन निर्माणको प्रसंग उठेपछि एकीकृत समाजवादीका नेता भट्टराईले एमाले नेता रिमाललाई लक्षित गर्दै 'नेकपा एमालेले संसद् अवरोध गरिरहेको छ, अनि कसरी कानुन बन्छ?' भन्दै टिप्पणी गरे।
भट्टराईको टिप्पणीप्रति एमाले नेता रिमालले कुनै जवाफ दिएनन्।
नेकपा एमाले विभाजन गरी गठन भएको नेकपा एकीकृत समाजवादीका सांसदहरु संसद् बैठकमा सहभागी हुनु 'अवैधानिक' भन्दै एमालेले संसद अवरोध गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।