काठमाडौं– हिमालयन बैंक लिमिलेट र नेपाल इन्भेष्टमेन्ट बैंक बीचको मर्जर प्रक्रिया असफल भएको छ। हिमालयन बैंकको आज (शुक्रबार)को बार्षिक साधारणसभाले इन्भेष्टमेन्ट बैंक सँगको मर्जर प्रस्ताव अस्वीकृत गरेसँगै मर्जर प्रक्रिया असफल भएको हो।
बिशेष प्रस्ताव स्वीकृत गर्नलाई चाहिने ७५ प्रतिशत मत प्राप्त नभएकाले इन्भेष्टमेन्ट बैंकसँगको मर्जर विफल भएको हिमालयन बैंकका एक उच्च तहका अधिकारीले जानकारी दिएका छन्।
विशेष प्रस्ताव स्वीकृत हुनलाई कम्तीमा ७५ प्रतिशत सेयरधनीले उक्त प्रस्ताव स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ।
उक्त भोट प्राप्त नहुँदा मर्जर प्रक्रिया असफल भएको ती अधिकारीले बताए।
यी दुई बैंकबीच ३० वैशाख २०७८ मा मर्जरको प्रारम्भिक सहमति भएको थियो। त्यसपछि दुवै बैंकले मर्जरका लागि राष्ट्र बैंकमा निवेदन दिएका थिए। राष्ट्र बैंकले २०७८ जेठमा मर्जरको सैद्धान्तिक स्वीकृति दिएको थियो।
तर, हिमालय बैंकका सेयरधनीले मर्जर प्रस्ताव अस्वीकार गरेपछि यो प्रक्रिया असफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।