काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहान धोबिखोला करिडोरको अनुगमन गरेकी छन्।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका विकास प्राधिकरण र अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले अनुगमन परेको हो।
टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्था लगायतको अवलोकन गरेको छ। उक्त क्षेत्रको अवलोकन गर्ने क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिइन्।
अनुगमनका क्रममा मन्त्री झाँक्रीले भनिन्, 'करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्। म केहीदिनमा पुनः अनुगमनमा आउँछु।'
मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताएका छन्। बिहान साढे ६ बजे बबरमहलबाट सुरु भएको अनुगमन बूढानीलकण्ठ पुगेर टुगिंएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।