फाइल तस्बिर।
काठमाडौं– नेकपा (एमाले)का नेता भीम रावलले ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा गरेको घटनामा मुद्दा सामसुम पार्न खोजिएको हो कि भन्ने आशंका गरेका छन्।
प्रहरीले अनुसन्धान पूरा गरेर सरकारी वकिललाई बुझाएको मुद्दाको फाइल प्रहरीलाई नै फिर्ता गरिएको भन्दै रावलले आशंका व्यक्त गरेका हुन्।
‘प्रहरीले अनुसन्धान पूरा गरिसकेर सरकारी वकिललाई बुझाएको बालुवाटार, ललिता निवाससम्बन्धी मुद्दा प्रहरीलाई नै फिर्ता गर्नुको पछि कतै मुद्दा फासफुस गर्ने चाल त छैन?’, रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अनुसन्धान नपुगेको भन्ने सरकार र सरकारी वकिलले के–केमा नपुगेको हो, खुलस्त गर्नुपर्छ। अन्यथा, सरकार अपराधको मतियार ठहरिन्छ।’
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दर्ताका लागि अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो। तर, सरकारी वलिक कार्यालयले थप अनुसन्धानका लागि भन्दै उक्त सीआईबीलाई नै फिर्ता पठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।