काठमाडौं– नेकपा (एमाले) संखुुवासभाको अध्यक्षमा जितबहादुर घिमिरे चयन भएका छन्। सोमबारदेखि मानेभञ्याङको कृषि बजारमा जारी आठौं जिल्ला अधिवेशनको बन्दसत्रले बुधबार घिमिरेको नेतृत्वमा सर्वसम्मत ९८ जनाको जिल्ला कमिटी चयन गरेको हो। अघिल्लो कार्यसमितिका अध्यक्ष रहेका घिमिरे पुनः अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।
जिल्ला कमिटी उपाध्यक्षमा कृष्ण तामाङ सचिवमा खड्ग राई, उपसचिवमा ओङ्दाबे भोटे र भरत खड्कासहित ९८ सदस्यीय जिल्ला कमिटी गठन भएको छ। उपसचिव खड्का नेकपा (माओवादी) केन्द्रबाट केही दिनअघि एमालेमा प्रवेश गरेका हुन्। बुधबार साँझ नेतृत्वको घोषणा गरिएको हो।
नवनिर्वाचित पदाधिकारीलाई बुधबार साँझ नै पद तथा गोपनीयताको शपथ गराइएको निर्वाचन समितिका प्रमुख भविश्वर गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।