काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टेस्ट बलिङ वरियतातर्फ न्यूजिल्यान्डका काइल जेमिसन ८ स्थान माथि उक्लिएका छन्।
यसअघि वरियताको ११औं स्थानमा रहेका जेमिसन बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियताको तेस्रो स्थानमा उक्लिएका हुन्।
यता, अस्ट्रेलियाका प्याट कमिन्स वरियताको शीर्ष स्थानमा छन्। भारतीय बलर रविचन्द्रन आश्विन दोस्रो स्थानमा यथावत छन् भने चौथो स्थानमा पाकिस्तानका साहिन शाह अफ्रिदी रहेका छन्।
पाँचौ स्थानमा दक्षिण अफ्रिकाका कगिसो रबाडा छन् भने छैटौं स्थानमा इङ्ग्लान्डका जेम्स एन्डरसन, सातौंमा न्यूजिल्यान्ड टिम साउदी, आठौंमा जोस हेजलवुड, नवौं स्थानमा निल वाग्नर र १०औं स्थानमा पाकिस्तानका हसन अली छन् ।
टेस्टको ब्याटिङ वरियतामा न्यूजिल्यान्डका कप्तान केन विलियम्सन एक स्थान खस्किएका छन्। यसअघि वरियताको तेस्रो स्थानमा रहेका विलियम्सन नयाँ वरियताको चौथो स्थानमा झरेका हुन् ।
टेस्टको ब्याटिङतर्फ वरियताको शीर्षस्थानमा अस्ट्रेलियाका मार्नुस लाबुसेन यथावत् छन्। यस्तै, दोस्रो स्थानमा इङ्ग्ल्यान्डका कप्तान जोए रुट दोस्रो स्थानमा कायम छन् ।
अस्ट्रेलियाका स्टिभ स्मिथ तेस्रो स्थानमा उक्लिएका छन्। वरियताको पाँचौ स्थानमा भारतीय ब्याटर रोहित शर्मा, छैटौं स्थानमा श्रीलंकाका दिमुथ करुणारत्ने र सातौं स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर छन्।
आठौं स्थानमा पाकिस्तानी कप्तान बाबर आजम, नवौं स्थानमा भारतीय कप्तान विराट कोहली र १०औं स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेन इल्गर छन्। इल्गर यसअघि वरियताको १४औं स्थानमा थिए ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्षस्थानमा छन्। भारतका रवीचन्द्र आश्विन दोस्रो र भारतकै रवीन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।