काठमाडौं– फिल्म क्षेत्रकै प्रतिष्ठित ‘अस्कर अवार्ड’ यसपटक पुरानै शैलीमा हुने भएको छ।
२७ मार्चमा हुने ९४औं एकेडेमी अवार्ड कार्यक्रममा फेरि उद्घोषक देखिने भएका छन्। २०१८ पछि यसपटक नै अस्कर अवार्ड पुरानै शैलीमा हुने भएको छ।
सञ्चारमाध्यमकाअनुसार ‘हुलु ओरिजिनल्स’ र ‘एबीसी इन्टरटेनमेन्ट’का अध्यक्ष क्रेग एर्विचले अस्करमा उद्घोषक हुने घोषणा गरेका छन्। तर, हालसम्म उद्घोषकको हुनेछ भन्ने बारेमा भने खुलाइएको छैन।
अस्कर अवार्ड २०१८ यता उद्घोषक बिनै चलिरहेको थियो। जिमी किमेलले सन् २०१७ र २०१८ को कार्यक्रमलाई होस्ट गरेका थए। सन् २०१९ मा एकेडेमीले पहिलोपटक केविन हार्टलाई उद्घोषकको रुपमा छानेको थियो। तर, हार्टले पछि एकेडेमीकै साथ छाड्नुपर्ने अवस्था आयो।
उनको वर्षौं पुरानो समलैंगिकतासम्बन्धी ट्वीटको विषयलाई लिएर विवाद भएपछि उनले कार्यक्रमको उद्घोषणसँगै एकेडेमी अवार्डको समितिबाटै हट्ने निर्णय गरेका थिए। त्यसयता अस्कर अवार्ड विना उद्घोषक हुँदै आएको थियो।
२०१९ मा जस्तै २०२० मा पनि कार्यक्रमविना उद्घोषक भएको थियो। तर, २०२ को कार्यक्रममा धेरैले रुचि देखाएनन्। २०२१ को कार्यक्रम भर्चुअल रुपमा भएको थियो। जसमा पनि उद्घोषकको उपस्थिति थिएन्। यसबीच एकेडेमी अवार्डले आफ्ना आधाभन्दा धेरै दर्शक गुमाउनु परेको थियो।
आफ्ना अधिकांश दर्शकले नयाँ शैली र उद्घोषक विनाको कार्यक्रममा रुचि नदेखाएको दबाबबीच समितिले ९४औं अवार्ड समारोहमार्फत् उद्घोषकको पुनरागमन गराउन लागेको छ।
मार्च २७ मा हुने अवार्डका लागि फेब्रुअरी ८ मा छनोटमा परेका फिल्महरुको सूची सार्वजनिक गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।