काठमाडौं– मोबाइल कम्पनी भिभोले भी सिरिजको पछिल्लो संस्करण भिभो भी२३ई छिट्टै सार्वजनिक गर्ने भएको छ। यो स्मार्टफोनमा स्टेलर क्यामरा सिस्टम रहने आकलन गरिएको छ।
केही लीक भएका विवरणहरुका अनुसार यसको फ्रन्ट क्यामराले उपभोक्तामा रहँदै आएको क्यामरा इनोभेशन यात्राप्रतिको विश्वासलाई फेरि एक पटक सुनिश्चित गर्नेछ।
उपकरणले ५० मेगापिक्सेलको अटोफोकस पोर्ट्रेट सेल्फी सुविधालाई समर्थन गर्नेछ। जसले उच्च गुणस्तरको स्पष्ट र उज्यालो तस्वीरहरू उत्पादन गर्नेछ।
विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँचयोग्य होस् भन्ने उद्देश्यले निरन्तर रुपमा काम गर्दै आइरहेको छ।
ब्रान्डको भी सिरिज स्मार्टफोनहरु वास्तविक प्राविधिक परिवर्तनको उदाहरणका रुपमा रहँदै आएका छन्।
भिभो गहन बजार अनुसन्धान गर्ने, उपभोक्ताको स्मार्टफोनको आवश्यकता केलाउने तथा सबैका लागि उपयोगी हुने फोन बनाउने अभिभारा आफैंले निर्वाह गर्दै आएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।