काठमाडौं- इन्डियन प्रियिमर लिग (आईपीएल)का दुई नयाँ टोली अहमदाबाद र लखनउले खेलाडी अनुबन्धनका लागि अनुमति पाएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार दुई टोलीलाई खेलाडी अनुबन्धनको अनुमति दिएको हो।
बीसीसीआईको यो अनुमतिसँगै अहमदाबाद र लखनउले बढीमा तीनजना खेलाडीहरुलाई अनुबन्धन गर्न पाउने छन्। ती तीन खेलाडीमध्ये एकजना विदेशी खेलाडी राख्न पाउने छन्।
यद्यपि, यी दुई टोलीलेले ती तीन खेलाडी जनवरी २२ तारिखसम्म अनुबन्धन गरिसक्नु पर्नेछ।
उनीहरुले बाँकी खेलाडी फेब्रुअरी १२ र १३ तारिखमा बैंगलोरमा हुने मेगा अक्सनबाट अनुबन्धन गर्न पाउने छन्।
अहिले दुवै नयाँ आईपीएल टोलीले आफ्ना तीन खेलाडी छनोट गर्नुपर्नेछ, जसलाई उनीहरू आफ्नो टोलीमा राख्न चाहन्छन्। उही समयमा, आठ पुराना आईपीएल टोलीहरूले अधिकतम चार खेलाडीहरू राखेका छन् र नोभेम्बरमा नै आईपीएल गभर्निङ काउन्सिलमा उक्त नामसूची बुझाइसकेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनउले केएल राहुललाई भित्र्याउने लगभग पक्का भएको छ। टोलीले उनैलाई कप्तानी भूमिका दिनेगरी प्रक्रिया अगाडि बढाएको छ।
उनी यसअघि पञ्जाब किंग्सबाट खेलेका थिए। तर, पञ्जाबले मयंक अग्रवाल र अर्शदीप सिंह अर्थात् दुई खेलाडीलाई मात्रै राखेको छ। जसमध्ये एक अनक्याप गरिएको छ।
उनीसँगै रवि बिश्नोई, क्रिस गेल र निकोलस पूरन पञ्जाबको टोलीबाट बाहिरिएका थिए।
यता, अहमदाबादले भने हार्दिक पाण्ड्यालाई भित्र्याउने प्रयास गरिरहेको छ। हार्दिक यश अगाडि मुम्बई इन्डियन्सबाट खेल्दै आएका थिए। उनलाई टोलीले रिटेन गरेको थिएन।
यता, मुम्बईले रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव र किरोन पोलार्डलाई रिटेन गरेको थियो।
रोहित र बुमराहलाई रिटेन्सनमा राख्नु स्वाभाविक थियो भने तेस्रो स्थानका लागि सूर्यकुमार र इशान किशनबीचको निर्णय गर्न सजिलो थिएन। सूर्यकुमारले इशानलाई पछि पार्दै रिटेन भएका थिए। यस्तै, पोलार्डलाई मुम्बईले बिगतको प्रदर्शन हेरर रिटेन गरेको थियो।
यता, इशान किशन, ट्रेन्ट बोल्ट र राहुल चाहर बाहिरिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।