काठमाडौं– प्रहरीले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ५ बाट ९ किलो ७६७ ग्राम अवैध चाँदीका गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले करीब ७ लाख ८३ हजार २ ९८ रुपैयाँ बराबरको चाँदीको गरगहना र नगद १ लाख १२ हजार ६ सय रुपैयाँसहित सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका– ५ शिवालय टोल बस्ने ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेको हो।
प्रहरीले प्रदेश नम्बर १–०२–०४५ प ८२७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई राखेको अवस्थामा उक्त गहनासहित निजलाई पक्राउ गरेको हो। अभियुक्तलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।