काठमाडौं– ७१औं संस्करणको ‘गोल्डेन ग्लोब’ अवार्डमा ‘द पावर अफ द डग’ फिल्म उत्कृष्ट भएको छ। अमेरिकाको लस एन्जल्समा आइतबार भएको अवार्ड वितरण कार्यक्रममा ‘द पावर अफ डग’ उत्कृष्ट सिनेमा घोषणा भएको थियो।
उत्कृष्ट सिनेमाको छनोटमा ‘बेलफास्ट’, ‘कोडा’, ‘ड्युन’, ‘किङ रिचार्ड’ र ‘द पावर अफ द डग’ परेका थिए। यीमध्ये जेन च्याम्पियनको निर्देशनमा बनेको मनोवैज्ञानिक थ्रिलर फिल्म ‘द पावर अफ द डग’ले उत्कृष्ट सिनेमाको अवार्ड पाएको छ।
त्यस्तै, उत्कृष्ट अन्तराष्ट्रिय भाषाको फिल्मको अवार्ड ‘ड्राइभ माइ कार’ले पाएको छ। ‘कम्पार्टमेन्ट’, ‘ड्राइभ माइ कार’, ‘द ह्याड अफ गड’, ‘अ हिरो’ र ‘प्यारालाल मोदर्स’बीच भएको प्रतिस्पर्धामा जापानी फिल्म ‘ड्राइभ माइ कार’ले अवार्ड जितेको हो। फिल्मलाई र्युसुके हामागुचीले निर्देशन गरेका छन्।
त्यस्तै, उत्कृष्ट पटकथा ‘बेलफास्ट’का लागि किन्नेथ ब्रानग, उत्कृष्ट सांगीतिक तथा हास्य विधाको फिल्म अवार्ड ‘फेस्ट साइड स्टोरी’, उत्कृष्ट टेलिभिजन सिरिज अवार्ड ‘सक्सेसन’लगायतले पाएका छन्।
उत्कृष्ट अभिनेताको अवार्ड भने विल स्मिथले पाएका छन्। अमेरिकी अभिनेता स्मिथले रैनाल्डो माकर्स ग्रिन निर्देशित बायोग्राफिकल फिल्म ‘किङ रिचर्ड’का लागि अवार्ड पाएका हुन्। उत्कृष्ट अभिनेत्रीतर्फको अवार्ड भने ‘बिइङ द रिचाडोज’का लागि किनोल किड्म्यानले पाएकी छिन्।
बढ्दो कोरोना महामारीका कारण अवार्ड कार्यक्रमलाई दर्शकको सहभागिता बिना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।