काठमाडौं- नेकपा (एमाले) रुकुम पश्चिम जिल्लाको अध्यक्षमा नन्दराम देवकोटा चयन भएका छन्। ३ दिनसम्म चलेको एमालेको आठाैं जिल्ला अधिवेशनबाट देवकोटाको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो।
कार्यसमिति उपाध्यक्ष मनवीर घर्ती, सचिव ससिराम नेपाली, उपसचिव गणेश सुनार र रचना मल्ल निर्वाचित भएका छन्।
यता, जुम्लाको अध्यक्षमा शान्तिलाल महत सर्वसहमति निर्वाचित भएका छन्। उनको कार्यसमितिमा उपाध्यक्ष सुरत शाही, सचिव धनकृष्ण पाण्डे, उपसचिव प्रेम बुढा र उपसचिव मानबहादुर रोकाया निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।