• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुदिनको दोस्रो इनिङ्स : फर्किए संगीतमा, सञ्चारमा पनि आउँदै

64x64
नेपाल लाइभ सोमबार, पुस २६, २०७८  ०७:०४
1140x725

काठमाडौं– पछिल्लो तीन वर्ष यता सुदिन पोखरेल अर्थात् ‘डिए ६९’ ले हरेक साल एउटा म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन्। सन् २०१९ मा उनले ‘जोश’ नामक गीतको भिडियो निकालेका थिए, जसले उनलाई साढे सात वर्षको विश्रामपछि संगीतमा फर्काएको थियो। ‘जोश’मा सुदिनले संगीत क्षेत्र कसरी गलत व्यक्तिहरूको हातमा पुगेको छ भन्ने विषयलाई गीत बनाएका छन्।

उनले सन् २०२० मा ‘समृद्धि’ र ‘मृत्यु’ गीतको भिडियो निकाले। सन् २०२१ को अन्त्यतिर अर्को गीत ‘ज्वाला’को भिडियो युट्युबमा सार्वजनिक गरेका छन्। 

सुदिन ‘म यस्तो छु’, ‘पहिलो माया’, ‘सि इज द बम’जस्ता चर्चित गीतका गायक हुन्। उनी अहिले आफ्नो सांगीतिक करिअरको दोस्रो इनिङ्समा छन्। पछिल्लो तीन वर्षदेखि उनले देखाएको सक्रियताले उनको मिहिनेतलाई पुष्टि गर्छ।

संगीतमा ‘कमब्याक’ गर्नुअघि सुदिनले एउटा प्रयोग गरेका थिए। एक दिन उनले आफ्नो गीत ‘म प्रेममा’ (जुन ‘सि इज द बम’बाट चर्चित छ)’ को एउटा हरफ गाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसमा पाएको प्रतिक्रियाहरूले उनलाई आश्चर्यमा पार्‍यो।

अहिलेको सांगीतिक क्षेत्रको उनको अनुभव यसअघिभन्दा फरक छ। त्यसबेला भन्दा अहिले शब्द, संगीत र प्रविधिले गीतलाई फरक बनाउन थालेको उनी बताउँछन्। ‘पहिलेजस्तै मेरो गीत हिट हुन्छ कि हुँदैन भन्ने दबाब अहिले छैन,’ सुदिन भन्छन्, ‘त्यति बेला अल्बम बेच्नका लागि दबाब र प्रतिस्पर्धा हुन्थ्यो। तर, अहिले बेच्ने होइन भ्युज ल्याउने प्रतिस्पर्धा हुन्छ।’

उनले पछिल्ला म्युजिक भिडियोमा राम्रो संख्यामा ‘भ्युज’ पाएका छन्। सर्वाधिक हेरिएको ‘मृत्यु’मा हालसम्म एक लाख ४२ हजारभन्दा धेरै भ्युज छन्। सुदिनका लागि यी भिडियोमा आएका कमेन्टले झन् धेरै महत्व राख्छन्। उनी सबै प्रतिक्रियाहरू पढिरहेको बताउँछन्।

उनको संगीतलाई लिएर मात्रै प्रतिक्रियाहरू आएका छैनन्। मान्छले अझै पनि उनको त्यो पुरानो आवाजलाई सम्झिरहेको बुझेका छन्। सँगै स्रोता/दर्शकहरू उनको पुनरागमनलाई लिएर उत्साहित र खुसी भएको पनि पाएका छन्। 

नयाँ पुस्ता भने उनको बारेमा अज्ञातजस्तै छ। ‘केहीले त ‘यो मान्छे को हो?’ भनेर पनि कमेन्टमा लेखेका छन्,’ सुदिन भन्छन्। उनको दोस्रो इनिङ्स्का लागि यो एउटा चुनौती पनि हो। नयाँ पुस्तामाझमा आफ्नो संगीत पुर्‍याउनुलाई उनले चुनौतीको रूपमा लिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालमा हिपहप संगीत फस्टाइरहेको छ। सुदिनलाई लाग्छ– अहिलेका नयाँ गायकहरू उनीभन्दा धेरै कुरामा उत्कृष्ट छन्। उनी नयाँ गायकहरू बालेन, युनिक पोयट, भिटेन, लाहुरेलगायतलाई सुन्ने गर्छन्। 

हिपहप नेपालमा प्रवेश गर्दै गर्दा यो क्षेत्रमा आएका सुदिन र्‍याप संगीतमा परिवर्तन भइरहेको परिदृश्यसँग सामना गर्ने कदम चालिरहेका छन्। अहिले कलाकारलाई आफ्नो काम देखाउन र विज्ञापन गर्न थुप्रै माध्यम छन्। उनी आफ्ना काममा यी माध्यमहरूको फाइदाजनक प्रयोग गर्न पनि सिकिरहेका छन्। सँगै उनी प्रविधिले संगीत निर्माणमा मारेको फड्कोलाई लिएर अच्चमित छन्। उति बेला एउटा गीतमा आवश्यक संगीत (बिट) निर्माण गर्न एक दिनभन्दा बढि समय लाग्ने उनी सम्झिन्छन्।

‘अहिले यदि मैले मेरो आवाज रेकर्ड गरेर प्रोड्युसरहरुलाई पठाएँ भने उनीहरुले मलाई थुप्रै बिटहरु पठाउँछन्,’ सुदिन भन्छन्, ‘धेरैमध्ये एउटा छान्न निकै मुस्किल पर्छ।’

यो पुनरागमनमा सुदिनले गीतको लेखनमा आएको परिवर्तनलाई पनि देखेका छन्। आफ्ना गीतका शब्द अहिले परिष्कृत र परिपक्व भएको उनले अनुभव गरेका छन्। विगतमा जस्तो अहिले उनलाई युवतीलाई फकाउन श्रृङ्गारिक शब्द लेख्न अहसज लाग्छ। जीवन र आफ्नो संघर्षमा केन्द्रित रहेर गीत कोर्छन्। उनले नयाँ गीत ‘जोश’मा भनेका छन्–
जिन्दगीको परिभाषा बुझ्दै थिएँ
परिवारको आकांक्षालाई पूरा गर्दै थिएँ
जिउँदै थिएँ जिन्दगी मोक्षको खोजीमा
मागका सूचीहरू भरिएको गोजीमा

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

योसँगै सुदिन आफूसँग क्षमता हुँदाहुँदै पनि छाँयामा परेका कलाकारलाई लिएर चिन्तित छन्। भन्छन्, ‘हाम्रो संगीत क्षेत्रमा राम्रो क्षमता र काम भएका कलाकारहरु छन्, तर उनीहरू छाँयामा बाँचिरहेका छन्। उनीहरुको काम राम्रो छ। तर, सुन्न आवश्यक नपर्ने मौलिकता विनाका कुराहरुले हावी भएर गीत छाँयामा पारिरहेका छन्।’

सुदिनको कमब्याकपछिको नयाँ शैलीले संगीत क्षेत्रका कम्पनीहरुको विरुद्धमा पनि संघर्ष गरिरहेको छ। ती कम्पनीले सुदिनलाई आफ्नै पुराना गीतहरु व्यक्तिगत युट्युब च्यानलमा राख्न दिएका छैनन्। त्यतिबेला भएको सम्झौताअनुसार अब ती गीत आफूले राख्न पाउने उनको दाबी छ। यो विषय समाधानका लागि लागिरहेको उनले बताए। 

सुदिनको चाहना र्‍याप संगीत नेपालमा मुलधारमा आएको हेर्ने हो। उनी र्‍याप संगीतलाई व्यावसायिक पनि बनाउनु पर्ने बताउँछन्। र्‍याप गीत विवाहदेखि अन्य कार्यक्रममा सबैतिर बजाउनु पर्ने उनको भनाइ छ। गायकले आफ्नो संगीतबाट पैसा कमाउनु पर्ने र त्यसैबाट बाँच्ने अवस्था सिर्जना हुनुपर्ने उनी बताउँछन्।

आफूले सम्झनलायक कमब्याक गरे पनि उनीसँगैका थुप्रै कलाकार अहिले गुमनाम छन्। सुदिन उनीहरुसँग पनि काम गर्ने चाहना राख्छन्। उनीहरूको पनि कमब्याक हेर्ने रहेर छ। यसका लागि पुराना साथीहरूलाई सम्पर्क गरेर प्रेरित गरिरहन्छन्। 

पहिलो इनिङ्समा सुदिनको गायनसँगै अर्को परिचय पनि थियो। साप्ताहिक कार्यक्रम ‘स्कोरबोर्ड’का प्रस्तोतासँगै खलकुदका समाचार प्रस्तुत गर्ने सञ्चारकर्मी। तर, उनका लागि खेलकुदको कार्यक्रमले त्यति प्रगति गर्न सकेन, जति उनले आशा गरेका थिए। 

त्यस बेला देशमा राजनीतिक उतारचढावहरू भइरहेका थिए। आम मानिसको रुचि खेल र खेलाडीमा भन्दा पनि बढी राजनीतिमा थियो। सुदिनलाई अहिले खेलकुद केन्द्रित भएको कुनै पनि निश्चित कार्यक्रम नहुनुमा दुःख लाग्छ। उनी ठान्छन्, सञ्चारमाध्यमले अहिले पनि खेलकुदलाई मुख्य क्षेत्रको रुपमा लिँदैन।

संगीतका अन्य थुप्रै योजनाबाहेक सुदिन आफूले चलाउने कार्यक्रम ‘स्कोरबोर्ड’को ‘रिलोडेड’ संस्करण ल्याएर सञ्चारमा पनि कमब्याक गर्ने योजनामा छन्। उक्त कार्यक्रम फेब्रुअरीमा ल्याउन मिहिनेत गरिरहेका छन्। 

सुदिन कुराकानीको अन्त्य दुई ठूला र राम्रा समाचार बताएर गरे। पहिलो, उनी छिट्टै ‘खेलाडी’ बोलको गीत निकाल्दै छन्, जुन उनको ‘ड्रिम प्रोजेक्ट’ हो। दोस्रो, उनको सांगीतिक समूह ‘द युनिटी’ छिट्टै पुनर्जिवित हुँदै छ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्