• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन १५, २०८२ Fri, Feb 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

सुदिनको दोस्रो इनिङ्स : फर्किए संगीतमा, सञ्चारमा पनि आउँदै

64x64
नेपाल लाइभ सोमबार, पुस २६, २०७८  ०७:०४
1140x725

काठमाडौं– पछिल्लो तीन वर्ष यता सुदिन पोखरेल अर्थात् ‘डिए ६९’ ले हरेक साल एउटा म्युजिक भिडियो सार्वजनिक गरिरहेका छन्। सन् २०१९ मा उनले ‘जोश’ नामक गीतको भिडियो निकालेका थिए, जसले उनलाई साढे सात वर्षको विश्रामपछि संगीतमा फर्काएको थियो। ‘जोश’मा सुदिनले संगीत क्षेत्र कसरी गलत व्यक्तिहरूको हातमा पुगेको छ भन्ने विषयलाई गीत बनाएका छन्।

उनले सन् २०२० मा ‘समृद्धि’ र ‘मृत्यु’ गीतको भिडियो निकाले। सन् २०२१ को अन्त्यतिर अर्को गीत ‘ज्वाला’को भिडियो युट्युबमा सार्वजनिक गरेका छन्। 

सुदिन ‘म यस्तो छु’, ‘पहिलो माया’, ‘सि इज द बम’जस्ता चर्चित गीतका गायक हुन्। उनी अहिले आफ्नो सांगीतिक करिअरको दोस्रो इनिङ्समा छन्। पछिल्लो तीन वर्षदेखि उनले देखाएको सक्रियताले उनको मिहिनेतलाई पुष्टि गर्छ।

संगीतमा ‘कमब्याक’ गर्नुअघि सुदिनले एउटा प्रयोग गरेका थिए। एक दिन उनले आफ्नो गीत ‘म प्रेममा’ (जुन ‘सि इज द बम’बाट चर्चित छ)’ को एउटा हरफ गाएर सामाजिक सञ्जालमा अपलोड गरेका थिए। त्यसमा पाएको प्रतिक्रियाहरूले उनलाई आश्चर्यमा पार्‍यो।

अहिलेको सांगीतिक क्षेत्रको उनको अनुभव यसअघिभन्दा फरक छ। त्यसबेला भन्दा अहिले शब्द, संगीत र प्रविधिले गीतलाई फरक बनाउन थालेको उनी बताउँछन्। ‘पहिलेजस्तै मेरो गीत हिट हुन्छ कि हुँदैन भन्ने दबाब अहिले छैन,’ सुदिन भन्छन्, ‘त्यति बेला अल्बम बेच्नका लागि दबाब र प्रतिस्पर्धा हुन्थ्यो। तर, अहिले बेच्ने होइन भ्युज ल्याउने प्रतिस्पर्धा हुन्छ।’

उनले पछिल्ला म्युजिक भिडियोमा राम्रो संख्यामा ‘भ्युज’ पाएका छन्। सर्वाधिक हेरिएको ‘मृत्यु’मा हालसम्म एक लाख ४२ हजारभन्दा धेरै भ्युज छन्। सुदिनका लागि यी भिडियोमा आएका कमेन्टले झन् धेरै महत्व राख्छन्। उनी सबै प्रतिक्रियाहरू पढिरहेको बताउँछन्।

उनको संगीतलाई लिएर मात्रै प्रतिक्रियाहरू आएका छैनन्। मान्छले अझै पनि उनको त्यो पुरानो आवाजलाई सम्झिरहेको बुझेका छन्। सँगै स्रोता/दर्शकहरू उनको पुनरागमनलाई लिएर उत्साहित र खुसी भएको पनि पाएका छन्। 

नयाँ पुस्ता भने उनको बारेमा अज्ञातजस्तै छ। ‘केहीले त ‘यो मान्छे को हो?’ भनेर पनि कमेन्टमा लेखेका छन्,’ सुदिन भन्छन्। उनको दोस्रो इनिङ्स्का लागि यो एउटा चुनौती पनि हो। नयाँ पुस्तामाझमा आफ्नो संगीत पुर्‍याउनुलाई उनले चुनौतीको रूपमा लिएका छन्।

Ncell 2
Ncell 2

नेपालमा हिपहप संगीत फस्टाइरहेको छ। सुदिनलाई लाग्छ– अहिलेका नयाँ गायकहरू उनीभन्दा धेरै कुरामा उत्कृष्ट छन्। उनी नयाँ गायकहरू बालेन, युनिक पोयट, भिटेन, लाहुरेलगायतलाई सुन्ने गर्छन्। 

हिपहप नेपालमा प्रवेश गर्दै गर्दा यो क्षेत्रमा आएका सुदिन र्‍याप संगीतमा परिवर्तन भइरहेको परिदृश्यसँग सामना गर्ने कदम चालिरहेका छन्। अहिले कलाकारलाई आफ्नो काम देखाउन र विज्ञापन गर्न थुप्रै माध्यम छन्। उनी आफ्ना काममा यी माध्यमहरूको फाइदाजनक प्रयोग गर्न पनि सिकिरहेका छन्। सँगै उनी प्रविधिले संगीत निर्माणमा मारेको फड्कोलाई लिएर अच्चमित छन्। उति बेला एउटा गीतमा आवश्यक संगीत (बिट) निर्माण गर्न एक दिनभन्दा बढि समय लाग्ने उनी सम्झिन्छन्।

‘अहिले यदि मैले मेरो आवाज रेकर्ड गरेर प्रोड्युसरहरुलाई पठाएँ भने उनीहरुले मलाई थुप्रै बिटहरु पठाउँछन्,’ सुदिन भन्छन्, ‘धेरैमध्ये एउटा छान्न निकै मुस्किल पर्छ।’

यो पुनरागमनमा सुदिनले गीतको लेखनमा आएको परिवर्तनलाई पनि देखेका छन्। आफ्ना गीतका शब्द अहिले परिष्कृत र परिपक्व भएको उनले अनुभव गरेका छन्। विगतमा जस्तो अहिले उनलाई युवतीलाई फकाउन श्रृङ्गारिक शब्द लेख्न अहसज लाग्छ। जीवन र आफ्नो संघर्षमा केन्द्रित रहेर गीत कोर्छन्। उनले नयाँ गीत ‘जोश’मा भनेका छन्–
जिन्दगीको परिभाषा बुझ्दै थिएँ
परिवारको आकांक्षालाई पूरा गर्दै थिएँ
जिउँदै थिएँ जिन्दगी मोक्षको खोजीमा
मागका सूचीहरू भरिएको गोजीमा

योसँगै सुदिन आफूसँग क्षमता हुँदाहुँदै पनि छाँयामा परेका कलाकारलाई लिएर चिन्तित छन्। भन्छन्, ‘हाम्रो संगीत क्षेत्रमा राम्रो क्षमता र काम भएका कलाकारहरु छन्, तर उनीहरू छाँयामा बाँचिरहेका छन्। उनीहरुको काम राम्रो छ। तर, सुन्न आवश्यक नपर्ने मौलिकता विनाका कुराहरुले हावी भएर गीत छाँयामा पारिरहेका छन्।’

सुदिनको कमब्याकपछिको नयाँ शैलीले संगीत क्षेत्रका कम्पनीहरुको विरुद्धमा पनि संघर्ष गरिरहेको छ। ती कम्पनीले सुदिनलाई आफ्नै पुराना गीतहरु व्यक्तिगत युट्युब च्यानलमा राख्न दिएका छैनन्। त्यतिबेला भएको सम्झौताअनुसार अब ती गीत आफूले राख्न पाउने उनको दाबी छ। यो विषय समाधानका लागि लागिरहेको उनले बताए। 

सुदिनको चाहना र्‍याप संगीत नेपालमा मुलधारमा आएको हेर्ने हो। उनी र्‍याप संगीतलाई व्यावसायिक पनि बनाउनु पर्ने बताउँछन्। र्‍याप गीत विवाहदेखि अन्य कार्यक्रममा सबैतिर बजाउनु पर्ने उनको भनाइ छ। गायकले आफ्नो संगीतबाट पैसा कमाउनु पर्ने र त्यसैबाट बाँच्ने अवस्था सिर्जना हुनुपर्ने उनी बताउँछन्।

आफूले सम्झनलायक कमब्याक गरे पनि उनीसँगैका थुप्रै कलाकार अहिले गुमनाम छन्। सुदिन उनीहरुसँग पनि काम गर्ने चाहना राख्छन्। उनीहरूको पनि कमब्याक हेर्ने रहेर छ। यसका लागि पुराना साथीहरूलाई सम्पर्क गरेर प्रेरित गरिरहन्छन्। 

पहिलो इनिङ्समा सुदिनको गायनसँगै अर्को परिचय पनि थियो। साप्ताहिक कार्यक्रम ‘स्कोरबोर्ड’का प्रस्तोतासँगै खलकुदका समाचार प्रस्तुत गर्ने सञ्चारकर्मी। तर, उनका लागि खेलकुदको कार्यक्रमले त्यति प्रगति गर्न सकेन, जति उनले आशा गरेका थिए। 

त्यस बेला देशमा राजनीतिक उतारचढावहरू भइरहेका थिए। आम मानिसको रुचि खेल र खेलाडीमा भन्दा पनि बढी राजनीतिमा थियो। सुदिनलाई अहिले खेलकुद केन्द्रित भएको कुनै पनि निश्चित कार्यक्रम नहुनुमा दुःख लाग्छ। उनी ठान्छन्, सञ्चारमाध्यमले अहिले पनि खेलकुदलाई मुख्य क्षेत्रको रुपमा लिँदैन।

संगीतका अन्य थुप्रै योजनाबाहेक सुदिन आफूले चलाउने कार्यक्रम ‘स्कोरबोर्ड’को ‘रिलोडेड’ संस्करण ल्याएर सञ्चारमा पनि कमब्याक गर्ने योजनामा छन्। उक्त कार्यक्रम फेब्रुअरीमा ल्याउन मिहिनेत गरिरहेका छन्। 

सुदिन कुराकानीको अन्त्य दुई ठूला र राम्रा समाचार बताएर गरे। पहिलो, उनी छिट्टै ‘खेलाडी’ बोलको गीत निकाल्दै छन्, जुन उनको ‘ड्रिम प्रोजेक्ट’ हो। दोस्रो, उनको सांगीतिक समूह ‘द युनिटी’ छिट्टै पुनर्जिवित हुँदै छ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप: जिम्बाब्वेविरुद्ध भारत ७२ रनले विजयी बिहीबार, फागुन १४, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
टी–२० विश्वकप इतिहासमा सर्वाधिक स्कोर बनाउनबाट ४ रनले चुक्यो भारत, जिम्बाब्वेलाई २५७ रनको लक्ष्य बिहीबार, फागुन १४, २०८२
१६५ वटै क्षेत्रमा पुर्‍याइयो निर्वाचन सामग्री बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २५ निर्णय बुधबार, फागुन १३, २०८२
पूर्वमुख्यमन्त्री शर्मा सांसदबाट पदमुक्त बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनको मुखमा देउवा सिंगापुर पुग्दा आरजु भारतमा बिहीबार, फागुन १४, २०८२
झापा ५ मा नेकपाले ओलीलाई सघाउने हल्लाका बीच रञ्जित तामाङलाई प्रचण्डको फोन : जितेर आउनुस् मन्त्री बनाउँछु बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्